एकादेशमा कुनै देशको रानीले एक सुगा पालेकी थिइन् । सुगा हिमाल तिरबाट ल्याइएको थियो । दरवारको मूलढोकामा सुनको पिँजडामा त्यो सुगा राखिन्थ्यो र सुगालाई दाना–पानी हाल्ने भाँडो पनि सुनकै थियो । रानीले सुगालाई अत्यन्तै माया गर्थिन ।
सुगाको हेरचाहको रानीले २ जना कामदारलाई खटाएकी थिइन । उनले सुगाको तारिफहरु विदेशको रानीहरूसँग गाफिदा र माईत जादा पनि बखान गर्दथिन् । हरेक साझ विहान रानी स्वयं उपस्थित भएर “गोपी कृष्ण कहो पटु” घोकाइन्थो । यसरी दिन वित्दै गए पछि सुगाले त्यति कुरा मञ्जाले कण्ठ गरेछ र सधैं त्यहि बोल्ने गर्दथ्यो । राजदरवार र सुगा बीच अत्यन्त राम्रो सम्बन्ध स्थापित भएछ ।
सुगा त्यस घरको पारिवारिक सदस्य कै रुपमा रहेको थियो । दरकारका सबैले सुगालाई माया गर्दथें । सुगा पनि सबै दरवारियाहरूलाई इज्जत सम्मान गर्दथ्यो । एक दिन रानीले दाना पानी दिनलाई पिँजडाको ढोका खोल्दा सुगा उडेर गएछ र नजिकैको रुखका हाँगामा बसी धेरै बेर रोएछ र अत्यन्तै पीडा वोध गर्दै–रानीलाई भनेछ “बाल्यकालमा मेरो पारिवारबाट समेत नमिल्ने ठाउँमा बन्धक बनाएर ७ वर्ष राख्नु भयो ।
साँघुरो पिँजडामा त्यो सात वर्ष कसरी गुजारे होला, कहिल्लै समानुभूती गर्न सक्नु भयो, मलाई पनि त स्वतन्त्र भएर स्वनिर्णयमा हिँड्न मन लाग्थ्यो, के मेरो चाहना र भाव कुनै दिन बुझ्ने प्रयास गर्नु भो, दरवारका सदस्यहरू बीच पारिवारिक रमाइलो लिन मलाई अरुकै भाषा घोकाइन्थो जवरजस्ती “गोपी कृष्ण कहो पटु” भन्न सिकाइयो र यो सुनको चौघेरामा राख्दा मेरो हैन तपाइँको मात्र प्रतिष्ठा उच्च भएको थियो । जे मा राखे पनि म त केवल बन्दि थिए । ”
उद्गारित लघुकथाको सामान्जस्यता वर्तमान विश्व राजनीतिको जल्दोबल्दो इश्यू–गोर्खाल्याण्ड आन्दोलनसँग मेल खान्छ । जसमा चित्रित सुगाको रुपमा नेपाली भाषी र रानीको रुपमा पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीलाई तुलना गर्दा उत्युक्ति नहोला ।
मलाई मेरै भाषा बोल्न देउ भन्दा सो लाई अस्वीकार गर्ने पश्चिम बंगाल सरकारको नेतृत्व गर्ने बेनर्जी पनी उनै गोर्खेहरूको मतले नै विजय प्राप्त गरेकी थिइन । भाषा सम्प्रेषणको माध्यम मात्रै होइन । संस्कृतिको वाहक पनि हो तर संस्कृति र सम्प्रेषणको भाषा अलग अलग हुँदा, बोली चाली, खेत खलिहान र स्कुलको भाषा भिन्नभिन्नै हुँदा भाषा बीच विखण्डन पैदा हुन्छ ।
८८० वटा भाषा बोलिने भारतमा त्रिभााषा सूत्र र प्रशासनिक कामकाजमा चाहिँ ३१ वटा भाषालाई अधिकारिक भाषाको रुपमा मान्यता दिइएता पनि व्यवहारमा विखण्डन र द्वन्द्वका अनेक आयम देखिदै आएका छन् । गोर्खाली वा नेपाली भाषाको नाममा जारी द्वन्द्वमा पनि भाषा, जाति र संस्कृतिको आधारको छाया मात्रै देखिदैन, ती भाषा जाति र संस्कृतिका वाहक जनताका वर्गिय र लोकतान्त्रिक संघर्षको छाप पनि देखिन्छ ।
सन् १७८९ देखि १८१५ सम्म गोर्खा सम्राज्यको अधिनमा रहेको दार्जिलिङसँग नेपाल, भुटान र सिकिमको जटिल ऐतिहासिक सम्बन्ध छ । पहिले मूलतः सिक्किम अन्तरगत रहेको दार्जिलिङलाई लिजमा लिएर सन् १८३५ मा व्रिटिश सम्राज्यका जर्ज लायडाका उत्तराधिकारी डा. क्याम्बेलको अगुवाइमा “दार्जलिङ” को रुपमा बिकासको पार्दभाव गराएका तिए । डा. क्याम्बेल काठमाडौं वस्दा ताका नै खस नेपाली भाषा बोल्न सिकिसकेको थिए ।
गर्मी र आद्र्रताबाट बच्न र कोलकताबाट नजिकको शितल ठाउँमा स्यानिटोरियम बनाउन होचा–होचा पहाड भएको बस्तिको रुपमा दार्जलिङमा बस्ति विस्तार भएको कुरा इतिहास उल्लेख छ । दार्जलिङको विकास त्यसरी भएता पनि हाल पहाडको एक अत्यन्तै सुन्दर टापु जहाँ अत्यन्तै मनमोहक चिया बगान र नेपाली पहाडी संस्कृतिले छपक्कै छोपेको सुन्दर माला भएकोले हुन सक्छ सबैमा आँखा बढी त्यसमा गएको हुन सक्छ ।
त्यहाँ बस्ने नेपाली प्राय त्यतिवेला अधिकांश सर्वहारा वर्गका थिए । नेपाली समुदाय भित्र एक वर्ग माथि अर्को वर्गको अत्याचार र शोषण थिएन । बसाईसराई भएर आएका हुनाले त्यहाँ जातपातको भेदभाव पनि थिएन त्यहाँ सबै जनताहरू अरुद्वारा शासित थिए । सबै नै शोशित–पीडित, शासित श्रमजिवि भएकाले त्यहाँ ‘म’ भन्ने भावना थिएन । सबै ‘हामी’ नै भन्दथे यसकै विस्तारकै क्रममा आफूभित्र भाषिक, सामाजिक सांस्कृतिक विविधता बोकेको नेपाली समुदायमा एकत्व र जातिएताको भावना प्रखर एवं शसक्त भएको हो । त्यहाँका नेपाली समुदायमा भोट–बर्मेली परिवारको आफ्नै बोली बोलिने समुदायको बाहुल्यता थियो । जसलाई मतवाली भनिन्थ्यो । पूराना लाप्चे (लेप्चा) र भूटिया सँगै मूलतः राई, लिम्बु तामाङ, मगर, गुरुङ, नेवार जस्ता मंगोलियन नेपालीहरूको जनसंख्या अत्याधिक थियो । भने अल्पसंख्यक बाहुन, क्षेत्री र दलितहरू पनि बस्दथे, सबै मुग्लानबाट बसाइसराइ गरेर आएका हुनाले लेनदेन, व्यवहार, कार्यक्रम तथा विहेबटुल सरावरी नै थियो ।
बसाइसराई र श्रम सराईको कारण खस नेपाली भाषा दार्जलिङको बहुभाषी पहिचानको प्रतिकको रुपमा खडा भएको हो । नेपाली भाषाको आधारमा विविध नरल, वंश, भाषा धर्म र संस्कृतिको मानिसहरूलाई एउटै सूत्रमा बाँध्नका लागि कल्पना गरिएको समुदाय नै नेपाली पहिचान अर्थात नेपाली राष्ट्रवाद हो ।
बसाईसराई श्रम सराईमा गएका नयाँ देशका बासिन्दा र नागरिक भई सकेका नेपालीका लागि नेपाली राष्ट्रवाद उपयोगी शास्त्र तथा शस्त्र बनेको छ । सम्मानजनक समृद्ध जीवनको लागि उनीहरू नेपाली राष्ट्रवादको शास्त्र र शस्त्र बोकेर बंगाल राष्ट्रवाद विरुद्ध जुल्दै आइरहेका छन् ।
गोर्खाजनहरूको अत्याधिक सहयोगबाट नै उनले त्यस प्रदेशको मुख्यमन्त्री पद हत्याउन सफल भएको हो । मुख्यमन्त्री भएको पहिलो भाषणमा उनले पहिलो काम गोर्खाभाषीको समस्या समाधान गर्ने आफ्नो पहिलो काम हुने बताएता पनि उनको आगमनको रोल लघुकथाको रानी कै रुपमा पदापर्ण भएको थियो ।
उनीसँग नेपाली भाषी ले पटक–पटक गरेको वात केवल झारा टार्ने र निष्कर्ष बिहीन नै रहेको जुन वार्तापनि आलटाल मात्र गरिरहने गरेकोमा पछिल्लो समय त अत्यन्तै कडा रुपमा प्रस्तुत भई आफ्नो भाषा बोल्न पाउनु पर्ने माग राखी शान्तिपूर्ण आन्दोलनमा वर्वरताका साथ गोली चलाउने, विना सूचना खानतलासी, लाठीचार्ज, दमन, अत्याचार, सूचनाको पहुँचबाट वञ्चित गराइएको र गोर्खा समर्पित समुदायप्रति अत्यन्तै रुखो व्यवहार प्रदर्शन गरिरहेको छ ।
गोर्खालीको मागलाई आलटाल मात्र गरिएको बंगाल सरकार एकाएक अहिले यस्तो उग्र रुपमा पुग्नुलाई विश्लेषणहरूले लिएका छन् । केन्द्रिय सरकारकै ‘ग्राण्ड डिजाइन’ मा दार्जिलिङमा त्यो हतकण्डा भएको हो भन्ने प्रष्ट भइसकेको छ । पङ्तिकार ५–६ वर्ष पहिला दार्जलिङ्ग पुग्दा भित्तामा लेखिएको नारा अहिले पनि झल्झल्ती याद आउँछ जहाँ राष्ट्र (भारत) को लागि ज्यान दिन्छौं तर बंगालको गुलामी स्वीकार्दैनौं भनेर लेखिएको थियो ।
यसबाट प्रष्ट हुन्छ कि, गोर्खाल्याण्ड बासी नेपाली भाषीहरू आफ्नो मातृभूमि (भारत) प्रति अत्यन्तै आभारी छन् तर बंगाल सरकारले लादेको जवरजस्ती नीति उनीहरू स्वीकार्न तयार छैनन् भन्दा सारा नेपाली भाषी वैरी देख्ने बंगाल सरकारले जातिय द्वन्द्वको बीउ छरिरहेको छ ।
फलतः दार्जिलिङ तराइ (सिलुगुडी) झरेका गोर्खाल्याण्ड लेखेको गाडीमा बंगालीहरूले तोडफोड गरेको, आसाम, गुहावटी लगायत औल भूमिमा पहाडी ूलका मानिसहरूलाई भिन्न व्यवहार गरेको, कुटपिट, लुटपाट, हत्या हिंसाको घटनामा बढोत्तरी भइरहेकोले यो अड्काल काट्न सकिन्छ , पश्चिम बंगाल तथा सिक्किम लगायतका राज्यमा नेपाली भाषीहरू असुरक्षित छन् र यस समस्याको मुख्य दोष दिल्ली दरवारको हो ।
नेपाली भाषाको धरोहर भानुभक्त आचार्यको शालिकहरूको बीचमा प्रतिष्ठान गरी नेपाली भाषालाई आफ्नो काम काज र मातृभाषा बनाइएको दार्जलिङमा यतिवेला भाषाकै विषयलाई लिएर ठूलो आन्दोलन जारी छ । आन्दोलन नेपाली जनआन्दोलन २०६२–२०६३ जत्तिकै शसक्त रहेको कुरा टेलिभिजन च्यानलहरूले प्रशारण गरिरहेका छन् ।
यस आन्दोलनमा हालै प्रहरीको गोली लागि ३ जना नेपाली भाषीले सहादत प्राप्त गरिसकेका छन् भने सयौं घाइते भइसकेका छन् । यद्यपी आन्दोलन अझ बढी शसक्त बन्दै गइरएको छ । हिजो नेपाली–नेपाल भिडाएर राजनैतिक कुटील चाल चल्ने बंगाल सरकार एक्लिएको छ ।
साना साना विचार समूह र शक्तिमा आवद्ध भारतीय गोर्खा परिसंघ, गोर्खा जनमूक्ति मोर्चा, अखिल भारतीय गोर्खा लिग, हिल कांग्रेस, राष्ट्रिय गोर्खा मूक्ति मोर्चा, डुवर्स युनाइटेड डेभलपमेन्ट फाउण्डसन, जनआन्दोलन पार्टी, क्रान्तिकारी माक्र्सवादी, कम्यूनिष्ट पार्टी लगायतका नेपाली भाषासँग सम्बद्ध सबै संगठनहरू एकतावद्ध भई अबको वार्ता बंगालसँग नभई केन्द्र सरकारसँग मात्रै गर्ने भनी अझ उग्र रुपमा उभिएका छन् ।
यतिबेला लाखौं नेपालीभाषी जनता सडकमा आएका छन् । पूरै भारतको ध्यान यतिखेर दार्जलिङले तानेको छ । आन्दोलन बढ्ने खतरा देखेर राज्य सरकारले दार्जलिङमा इन्टरनेट सेवा बन्द गरिदिएको छ । विश्व प्रजातन्त्रको मसिहा मान्ने भारत सरकारले इन्टरनेट सेवा दार्जलिङमा बन्द गरिदिएको छ ।
केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले वार्ताको लागि आह्वान गरेता पनि बेनर्जी सरकारले दमनको कार्याकलाप नरोकेको र वातावरण सिर्जना नगरेकोले गोर्खाहरूले वार्ता अस्विकार गरिदिएका छन् । समस्याको उठान भाषाबाटै भएको हो । यस अगाडि दार्जलिङमा पढ्ने विद्यार्थीहरूले नेपाली भाषा मै शिक्षा दिक्षा लिइरहेका थिए तर अचानक राज्य सरकारले अव उप्रान्त दार्जलिङमा पनि बंगाली भाषामा नै पठन–पाठन गर्नुपर्ने नीति लिए पछि आन्दोलनले उग्र रुप लिएको हो ।
भाषाबाट उठेको आन्दोलन अव गोर्खाल्याण्डको प्राप्तिसम्म नपूगि नटुङ्गिने उनीहरूले बताएका छन् । भारतको संविधान मै स्पष्ट रुपमा नेपाली भाषालाई अनुसूची ९ मा समेटिएको अवस्थामा संविधान प्रदत अधिकार माग गरी आफ्नै भाषामा पढ्न देऊ न भन्दा राज्यबाट जे जसरी दमन भइरहेको छ त्यसलाई अन्याय नभनेर के भन्ने त भन्ने सारा नेपालीहरूले प्रश्न तेस्राइ रहेका छन् ।
केन्द्रमा रहेको भाजपा सरकार हिन्दी भाषालाई सरकारी स्कुलमा अनिवार्य लागु गराउनु उद्यत भएसँगै पश्चिम बंगालको तृणमूल काँग्रेस सरकार बंगाली भाषालाई विद्यालयहरूममा अनिवार्य सम्पर्क भाषाको रुपमा थोपार्न उद्दत छ ।
पश्चिम बंगालमा बंगाली, र हिन्दीसँग सँगै नेपाली, उर्दु, कामनापूरी, सन्याली एवं उडिया भाषा बढी बोलिने र कामकाजी भाषाको रुपमा प्रयोग गरिँदै आएको छ । तर त्रिभाषा सूत्रको लोकतान्त्रिक अभ्यासबाट पछि हट्ने क्रममा बंगालीलाई आफ्नो–आफ्नो मातृभाषासँगै दास्रो अनिवार्य रुपमा पढ्नै पर्ने भाषा बनाइएको घोषणा हुनासाथ नेपाली भाषी गोर्खाहरूले प्रतिरोधको रुपमा सुरुवात थालेका हुन र आन्दोलनको उग्रता लिएका हुन् ।
एकातिर दार्जलिङ रत्तरञ्जीत छ भने अर्का तिर हामी नेपालमा बस्ने सम्पूर्ण नेपालीहरू मुकदर्शक भएर वसिरहेका छौं । नेपाली कला, भाषा र संस्कृतिको नमूना हेर्नु प¥यो भने हामी यहाँ होइन उतै पारी जादा मात्र देख्न पाउछौं । नेपाली भाषा आन्दोलको प्रमूख धरोहर दार्जलिङलाई मान्न सकिन्छ । पारषमणी प्रधान, सूर्यविक्रम ज्ञवाली तथा धरणीधर कोइराला लगायतले नेपालीभाषा साहित्यलाई अगाडि बढाए, गोपाल योञ्जन, अम्मर गुरुङ, अरुणा लामा, पारिजात, प्रशान्त तामाङले गीत संगीत मार्फत् भाषाको सम्मान गरे ।
निरुता सिंह, तुलसी घिमिरे, उत्तम प्रधान, रञ्जीत गजमेर लगायतले कलालाई अगाडि बढाए, अगमसिंह गिरी, इन्द्र बहादुर राई, लिल बहादुर क्षेत्री लगायतको साहित्यमा गुण तथा नेपाललाई सारोगारो पर्दा दिलोज्यान दिई यहाँको समस्या समाधानमा नेपालभाषी भारतीयहरूले खेलेको भूमिका हामीले विर्सनु हुँदैन किनकि उनीहरू अन्य कुरामा नभई हाम्रो भाषालाई नै सुरक्षित बनाउनका लागि मरिमेटेका छन् ।
यस समस्याको सम्बोधन गराउन नेपाल सरकारले एक कदम पनि अगाडि पाइला नचालेको देख्दा लाग्छ । हामी जनताको तहमा पनि कुनै प्रभावकारी कदम चाल्न सकिएको छैन् । सीमा सुवेदीको वेफ्वाँकको प्रतिकृया दिने हामी नेपालीहरू सिमाना नेपाली दाजुभाई मारिदै गरेको अवस्थामा चुक्कसम्म पनि आवाज उठेको सुनिदैन ।
एउटी काम नभएकी सीमाले नेपालीहरू लाई अपशब्द गर्दा दुख्ने मन भाषा बचाउमा प्रहरीले गोली ठोक्दा किन चुप लागेर बसेका होलान् । यसलाई अतिरञ्जित बनाउनु पर्छ भन्ने पक्कै होइन तर सकारात्मक दवाव दिन सके पनि हाम्रो भाषा बच्न सक्थ्यो भन्ने हो । नेपाल सरकारको आफ्नो कुटनीति वाध्यता होला यस सन्दर्भमा तर आफ्नो भाषा बचाउन गरेको प्रयासलाई सर्वसाधारणको हैसियतले उच्च प्रशंसनीय मान्दछु । तर भारतमा बस्ने नेपाली दाजुभाईहरूले यो बुझ्नु पर्दछ कि यस अगाडि भएको सम्पूर्ण आन्दोलन पनि नेपाली–नेपाली फुटाएर विफल भएको हो ।
वर्गवादको मात्रै वकालत गर्नेलाई झक्झकाउनु नै त्यहाँ भाषाकै कारण हुने पिछडापन, अपमान, गरिबी र उत्पिडनसँग जोडिएको वर्गिय समस्यालाई हेर्ने कोशिस गरिएको छ । गोर्खाल्याण्ड आन्दोलन त्यसैको एक दृष्टान्त हो । जसले गोर्खाली १ नेपाली भाषाको आधारमा प्रदेशको माग गरिरहेको छ ।
जुन हिन्दु–हिन्दी राष्ट्रवाद जस्तै शासक बन्दै गइरहेको वर्तमान परिेप्रेक्षमा आन्दोलनलाई निस्तेज पार्न तृणमूल कांग्रेस सरकारले गरेको हथ्कण्डाबाट दार्जलिङ लगायत नेपालीभाषीहरू अत्यन्तै विद्रोही भएका छन् र अव भाषामा मात्रै सिमित नरही गोर्खाल्याण्ड प्राप्ति नभए लडिरहने भएका छन् र आन्दोलन प्रभावकारी बनाई नेपाली भाषा सुरक्षित गराउन सफलता मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु ।