प्रदेश नम्वर एकको केन्द्रविन्दु इटहरी अहिले प्रादेशिक राजधानीको कुराले तातेको छ ।
चिया पसल देखि भट्टी पसलहरुमा समेत प्रदेशको राजधानीको विषयले ठाउँ पाउँनु स्वभावीक पनि हो । अहिले इटहरीका वासीन्दा मात्र हैन प्रदेश नम्वर एकका अधिकांस युवा तथा सजक अगुवाहरु इटहरीलाई प्रदेश नम्वर एकको राजधानी बनाउँनु पर्छ भन्ने तर्कमा अडिक छन । प्रदेश नं १ को राजधानीको विषय अहिले बहषमा छ । सामाजिक सञ्जालमा तर्क र विर्तकहरु पनि त्यती छन । हालसम्म प्रदेश नं १ को संभावित राजधानीको रुपमा धनकुटा, इटहरी र विराटनगरलाई हेरिएको छ । राजधानीको सवाल राजधानीमा मात्र सीमित छैन । यो राजनीतिक र आर्थिक स्वार्थसँग जोडिएको सवाल हो ।
राजधानीको विषयलाई लिएर विभिन्न शहरका अगुवाहरु जस लिन र भोट पाउँनको लागी मात्र राजधानीको विषयलाई मुद्धा बनाईरहेको जस्तो देखिन्छ । धरान,विराटनगर,धनकुटा लगायतका शहरहरुको आ-आफ्नै तर्क होला तर इटहरी यी शहरहरु पनि धेरै उपयुक्त शहर हो भन्दा अन्यथा नहोला । इटहरीलाई प्रदेशको राजधानी बनाउँन लाग्न धरान,विराटनगर र धनकुटा बाधक बन्नु हुन्न । पूर्वी पहाडी जिल्ला सँगै तराईको जिल्लाहरुलाई समेत सहज बाटोघाटोको उपयुक्त शहर इटहरीलाई सरकारले प्रदेशको राजधानी बनाउँन ढिलाई गर्नु हुन्न । हामीले परिकल्पना गरेको नयाँ नेपाल निमार्ण तब मात्र साकार हुनसक्छ त्यस कारण पनि इटहरीलाई राजधानी वनाउन आवश्यक छ ।
यातायातको दृष्टिकोणबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणहुँदै जुनसुकै ठाउँका लागि र जुनसुकै ठाउँबाट इटहरी सहज छ । जनताको सुविधाको दृष्टिकोणले इटहरी कयौ गुना उपयुक्त शहर हो । इटहरी पूर्वकै उदयमान शहर हो । छिमेकी ठूला शहर भन्दा कयौ गुना भविष्य वोकेको शहर इटहरीलाई राजधानी वनाउँन अन्य शहरहरुले पनि सहयोग गर्नु पर्ने वेला आएको छ । इटहरी राजधानी हुनुका दर्जनौ आधार वोकेर प्रादेशिक राजधानीको लागी दावी गरीरहेको छ । इटहरीमा राजधानीका ठुला ठुला भबन सहितका थुपै जग्गा भएको सरकारी कार्यलयहरु छन । प्रादेशिक राजधानीलाई मन्त्रलाय बस्न पुग्ने ठाउँहरु इटहरीमा प्रशस्त छ ।
प्रादेशिक राजधानीको लागी इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, इटहरीकै जुटविकास चौकमा रहेको जुट अनुसन्धान केन्द्र, र इटहरीकै झुम्कामा रहेको कृषि तालिम केन्द्र उपयुक्त ठाउँ हुन । यी कार्यलयहरुलाई सरकारले प्रादेशिक राजधानी वनाउँन पहल गरोस। प्रदेश सरकारले आर्थिक भार तत्काल थेग्न सक्ने अवस्था नभएको वेला ठुला ठुला भवनहरु निर्माण गर्ने असम्भव छ त्यस कारण पनि निमार्णधिन भवनहरुलाई मन्त्रालय वनाउँन सकिन्छ । त्यस्ता भवनहरु इटहरी उपमहानगरमा प्रशस्त छन ।
राष्टिय नेताहरु केपी ओली, विजय गच्छदारले इटहरी राजधानी हुनु पर्छ भन्दा थोरै स्वार्थ वोकेका स्थानीय नेताहरु इटहरीलाई राजधानी वनाउँन नदिन चलखेलमा उत्रिएका छन । त्यो इटहरीवासी र प्रदेश नम्वर एकका जनताका लागी दुःखत कुरा हो । इटहरीलाई राष्ट्रिय नेताहरुले राजधानी वनाउँन चाहे पनि केहि राजनिति र क्षेत्रीय स्वार्थको कारण इटहरीलाई राजधानी वनाउँन नदिन होर्मकहरु सुरु भएको छ त्यो इटहरीको लागी मात्र हैन स्वयम ती नेताको लागी पनि घातक हुन सक्छ । इटहरी प्रदेश नम्वर एकको राजधानी भए भने ग्रामिण क्षेत्रका जनता र पायक नपर्ने जिल्लाहरुले दुःख अवश्य पाउँने छन । त्यो वातावरण वनाउँन नदिन पहल गर्ने आवश्यक छ ।
मैले वारम्वार भन्दै आएको छु प्रदेश एकको राजधानी इटहरी अत्यन्तै उपयुक्त शहर हो । मेरो मात्र पहलले इटहरीलाई राजधानी वनाउँन सक्ने अवस्था छैन तसर्थ इटहरीका आम राजनितिक दल सँगै सबै निकायले इटहरीलाई प्रदेशको राजधानी वनाउँन आ आफ्नो ठाउँबाट पहल गरौ । प्रादेशिक राजधानी इटहरी हुदाँ यातायातको दृष्टि कोणले प्रदेश नम्वर एकको जनतालाई निकै सहज हुन्छ । पूर्व ,पश्चिम,उत्तर दक्षिण हुदै जुन सुकै ठाउँवाट यहाँ आउँनु एक नम्वर प्रदेशका जनताका लागी इटहरी केन्द्र बिन्दु पर्छ । धरान, विराटनगर, धनकुटा, इलाम लगायतका स्थान सम्म जान इटहरी इटहरी नआई धरै पाईन्न ।
पूर्वबाट इटहरी हुँदै दैनिक सयौ यात्रुवाहक बसले काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, महेन्द्रनगर,इलाम,धनकुटा ,तेह्थुम ,वसन्तपुर लगायत स्थानमा यात्रु ओसारपसार गर्छन् । इटहरीमा नेपाली सेनाको पृतना मुख्यालय र इटहरीसँगै जोडिएको पकलीमा सशस्त्र प्रहरीको क्षेत्रीयस्तरको बाहिनी रहेको छ । यी दुई सुरक्षा निकायका कारण इटहरी आफैमा सुरक्षीत छ । इटहरीमा ठुला सुरक्षा निकायको कार्यलय पनि प्रदेश नम्वर एकको राजधानीको लागी गौरभको विषय हो । पूर्वी पृतनामा र सशस्त्र प्रहरीकै कारण इटहरी तथा आसपासका क्षेत्र समेत सुरक्षीत छ र सुरक्षाको दृष्टिकोणले पनि इटहरी राजधानीको लागी उपयुक्त शहर हो ।
सबै दृष्टिकाणले उपयुक्त शहर इटहरीलाई राजधानी बन्नबाट रोक्ने प्रयास माथिल्लो तहमा वस्ने नेताहरुले गर्नु हुन्न ।