तरहरा/ सुनसरीको इटहरीमा वृहत चित्रकला तथा मुर्ति प्रर्दशनी हेर्नेहरुको घुईचो लाग्न थालेको छ । गत सोमवारबाट सुरु भएको प्रदर्शनी अहिले पूर्वी नेपालका विद्यार्थी देखि कलाकारहरुको लागी अत्यन्तै फलदायक बनेको छ ।
ललितकला प्रद्या प्रतिष्ठान लोक कला विभागको आयोजना र इटहरी म्याट्रिक्सको सहयोगमा सुरु भएको प्रर्दशनी हेर्ने आउँनेको संख्या दिनानु दिन बढ्रदै गएको छ । तिन दिनमा करीव ११ हजार भन्दा बढिले प्रर्दशनीमा सहभागीता जनाएको इटहरी म्याट्रिक्सका सस्थापक अध्यक्ष विक्रम श्रीले वताए । उनले भने यो इटहरीको लागी मात्र हैन पूर्वी नेपालकै लागी उत्कृष्ट प्रर्दशनी भयो ।
एक सय भन्दा वढि कलाकारले चित्र तथा प्यान्टीङ पनि प्रदर्शनमा राखीएको छ । जनकपुर देखि झापा सम्मका कलाकारहरुले सहभागी जनाएका छन । २७ जना कलाकारले स्थलगत रुपमा प्यान्टीङ बनाएर प्रर्दशनी गर्ने गरेको अध्यक्ष श्रीको भनाई छ । कार्यक्रमको उद्घाटन कुलपती राजनी उपाध्यले गरेका थिए । इटहरीमा भएको कार्यक्रम निकै उत्साह जनक भएको भन्दै कलाकारहरुमा उर्जा थपिएको उनको भनाई थियो ।