प्रिय, खोइ कहाँ बाट सुरु गरु तिम्रो बण्र्णनन् हरपल तिम्रो सुन्दर आँखाहरु मेरो नजर वरीपरी घुमिरहन्छ । हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनको भाबना हरु तिम्रो सामु मैले पस्कने कोशिस गदैछु । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबना हरु मिल्दै गए पछि थाहै नपाइ प्रेम वस्दोरहेछ ।
माया आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो प्रिय, त्यही मिलन बाट नै मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो जस्तो लाग्छ ।
प्रेमले त्याग खोज्छ, मेरी सपनाकी राजकुमारी, मलाई विश्वास छ कि तिमिले मैले भने जस्तो प्रेम हैन जोखो माया गरेकी छौ भन्ने मलाई लाग्छ । हुन त अहिले शहरबजारका तिमि हामी जस्ता युवायुवतीहरु प्रेमको नाममा आफ्नो यौवनको जवानी साट्छन रे । खै यस्तो सुन्दात मलाई पनि कता कता दुखेर आउँछ ।
वुढापाकाहरुले अहिलेका केटाकेटीहरु विग्रीए,सानैमा माया प्रेमको कुरा गर्छन भनेर हाम्रो पुस्तालाई आरोप लगाउँछन त्यो सुन्दा पनि मलाई नराम्रो लागेर आउँछ प्रिय । तिमीबिनाको संसार खै के संसार हो ? म त कल्पना गर्ने पनि सक्दिन । प्रिय संसारमा मिति भन्दा राम्री त मैले कोही देखेको छैन । हरपल आउने तिम्रो सम्झना लाई शब्द मा ब्यक्त गर्न असमर्थ भएको छु । जुन बस्तु नजिक हुन्छ वा सजिलै प्राप्त गर्नसकिन्छ त्यस बस्तु को महत्व कम हुदो रहेछ ।
शब्दका चाङ लगाएर तिम्रो सम्झनामा दुई चार शब्द कोदै छु । जिन्दगीमा लभ लेटर कहिले पनि लेखिएन आहिले सम्म । हुन त यो जमनामा प्रेम पत्रको अर्थ पनि रहेन । एसएमएस र च्याटको दुनिया उनी त्यो समाजिक सञ्जाल फेसबुको जमनामा मेरो यो पत्रको अर्थ तिमिलेृ बुझ्दैनौ होला ।
आज तिमिलाई मनमा उकुसमुकुस भएर गुम्सेको भावनाहरु म आँफुलाई सम्हाल्न कसैको सहारा लिने छैन किनकि सहारा त्यसको लिईन्छ जसले मेरो भावना बुझ्न सक्छ र जिवानुभुतिको आरोह अवरोह संगै तय गर्न संकल्प गर्नसक्छ र संयोग नै होला शायद मैले त्यो अहिलेसम्म तिमि बाहेक अरुमा देख्न सकिन ।
ए आज प्रेम दिवस साथीहरुले मलाई गरेको प्रश्न आज त प्रमीका सँग जाने होला नी ? यस्तो प्रश्नले मलाई कता कता केहि दिन देखि दुख्न थालेको छ । प्रिय तिम्रो कसम यो संसारमा तिमि वाहेक म संगको संसारमा कोहि आउँन सक्दैन । त्यसैले त तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा एक छिन कुरा गर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ ।
अव तिमी नै भन अव म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण जिबन सम्झेको छु र आफुले आफुलाई तिमि प्रति समर्पित गरेको छु । प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी सघर्ष जिन्दगीको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघंष लुकेको हुन्छ र दुख पनि । प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ ।
यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि प्रिय , आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।
प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु यो जमानामा पनि । तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ त्यसैले म तिमिलाई जुनी जुनी मायँ गछु आई लभ यू प्रिय ।