तेह्रथुम/ तेह्रथुमको माथिल्लो क्षेत्रमा वर्षा संगै हिमपात शुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र चित्रे, नुनथला, पटेकडाडा, तीनजुरे, मंगलवारे, गुफा, मिल्के लगायतका क्षेत्र हिउ हिउ परेर सेताम्मे भएका छन् ।
संखुवासभाको चौकी बजारमा पनि बाक्लो हिउ परेको स्थानीय उदय कुमार तामाङले बताए । बजार सहित आसपासका लेकाली वस्तीमा पानी संगै बाक्लो हिउ परेकाले स्थानीय घर वाहिर निस्कीन सकेका छैनन् ।
तिनजुरे मिल्के जलजले क्षेत्रमा पनि वाक्लो हिउ परेको छ । एक्कासी हिउ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा तामाङले बताए ।