एकाइसौं सताव्दी सँगै तीब्र रूपमा विकास हुदै आएको एउटा राम्रो र भरपर्दो संचार माध्यम हो इन्टरनेट । जसको माध्यमले आज यो फराकिलो विश्वलाइनै एकै ठाउमा जोड्न सफल भएको छ । एक ठाउँमा बसेर संसारको सवैभन्दा टाढाको विन्दु सम्म पुग्न सकिने वा घरैमा बसी बसी संसार घुम्न सकिने माध्यम इन्टरनेटले देश विदेशका घटना,सुन्दरता,मनोरञ्जन लगायत हरेक सुविधामा पौंच पुर्याइरहेको छ ।

यसैका माध्यमले कहिल्यै नसुनेका कुराहरू सुन्न ,कहिल्यै नदेखेका नयाँ नयाँ कुराहरू देख्न र कुनै स्थानको नयाँ नौलो खबर भए तत्काल सुन्न र देख्न सकिन्छ । देशविदेशमा रहेका मानिसहरू र त्यहाँको संस्कृति, रहन–सहन, आर्थिक वा राजनैतिक अवस्थाहरूको अध्ययन र जानकारी लिन पनि सकिन्छ । इन्टरनेट भित्रकै एउटा महत्वपूर्ण पाटो फेसवुक संजाल हो । हुन त ट्वीटर लगायतका अन्य सञ्जालहरू पनि थुपै्र छन् तर हाल धेरै मनिसले चलाउने सजिलो र प्रख्यात माध्यम बनेको छ फेसवुक । अहिले सामाजिक सञ्जाल फेसबुक शक्तिशाली सञ्चार माध्याम भन्दा कम छैन ।

कुनै प्रभावशाली मिडियालाई टक्कर दिने माध्यामको रुपमा फेसबुक रहदै आएको छ भन्दा फरक पदैन । तर अहिले अधिकांस युवाहरु फेसबुकको दुरुपयोग गदै आएका छन । मन पर्ने अरु मान्छेका फेस हेर्न पाइने, आफ्नो बिग्रेको फेसलाई सिंगारपटार गरेर राख्न मिल्ने, पिसाब गरेकोदेखि हिसाब गरेकोसम्मका कुरा बढाईचढाई वयान गर्न पाइने, हाइ हेलो भन्दै मन पर्नेसँग मनका कुरा साट्न प्रयोग हुनु पर्ने फेसबुकमा अहिले सकरात्मक भन्दा पनि नकरात्मक कुराहरु धेरै देख्न थालिएको छ ।

हातमा मोवाइल छ, साथमा कम्प्युटर । इन्टरनेट समेत भयो भने फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ । तर राम्रो सँग सामाजिक सञ्जालको प्रयोग पनि गर्न नजानेकाहरुले भने आफ्ना दुश्मनलाई ब्याङ्ग्य गर्ने माध्याम बनेको पक्का हो । फेसबुक चलाउने पनि कस्ता कस्ता । कोही कोही पुलिसले गुन्डा खोजे झैं सर्च गर्ने मात्र हुन्छन् । राम्रा राम्रा मान्छे को कहाँ छ भनेर धुईंपत्ताल खोज्ने, मन पर्ने बित्तिकै लाइक र कमेन्ट ठोक्ने । अनि अर्काथरी हुन्छन्, जहाँ गए पनि फेसबुक चलाइरहने, अपडेट गरिरहने ।

भात खाँदै, सुत्दै, उठ्दै, खोक्दै, हिँड्दै, भात पकाउँदै गरेको सम्म पोष्ट गर्छन । अझ चर्पी पसेर डाउनलोड गर्न बसिरहेको मान्छेले समेत आफू के गर्दैछु, त्यो पनि फेसबुकमा अपलोड गरौंला झैं गर्छ । अचम्मै छ बा फेसबुक लोकप्रिय भएर हो कि ब्यक्ति क्रेजि भएर हो ? अझ फेसबुक चलाउनेलाई लाइक कहाँ गर्नुपर्छ भन्ने कुरा पनि पत्तो छैन । लाइक भनेको मन पर्यो ।

कसैले फेसकुमा लेखेको हुन्छ–तनावमा, फलानोको मृत्यु भयो, फलानो साह्रै बिरामी भयो, उसलाई साह्रै आपत पर्यो । भन्यो भने पनि लाईक ठोक्नेको कमि हुदैन आज फलानोको मृत्यु भयो भन्दा हार्दिक सद्धाञ्जलीको ठाउँमा रिप लेख्न पनि नसक्नेहरु लाईक ठोक्छन यस्को मतलब साथीको आफन्त मरेको ठिक छ भनेको हैन र ? फेसबुक नचलाउने त कुनै पनि प्रदेशमा नपर्ने नागरिक जस्तो भईसक्यो अहिले शहर बजारमा ।

निकै नै लोकप्रिय बनेको फेसबुकमा दुरुपयोग बढ्दै गएको पाईन्छ । एउटा राम्रो माध्यम बनेको फेसवुकलाई यसरी दुरुपयाग हैन सदुपयोग गर्ने सिक्नु पर्छ । तर यो माध्याम अहिले सकरात्मक कुरामा भन्दा पनि नकरात्मक कुरामा प्रयोग हुदै आएको छ भन्दा फरक नपर्ला । अहिले राजनितिक होस या ब्यक्तिगत फेसवुकमा आउने टिप्पणी अन्धभक्त भएर आएका हुन्छन र फेसवुक प्रयोगकर्ताहरु तल्लो स्तर सम्म झरेर गाली गलौज सम्म गरेको देख्न पाईन्छ ।

फेसवुकमा स्वार्थका लागी मान्छे आफ्नो हैसियत भन्दा कतिसम्म तल झर्न सक्दो रहेछ भन्ने कुराको अनुमान पनि यसबाट लगाउन सकिन्छ । आफु को हुँ ,आफ्नो स्थान कहाँ छ र के का लागी म यति तल झर्दैछु भन्ने कुरा शायद उस्ले सोच्न भ्याएकै हुदैन । अहिले फेसवुकमा राम्रो कुरा भन्दा नराम्रो कुराले प्रथामिकता पाउँदा अधिकांस युवा जमातको सोचाई नकरात्मक हुन पुगेको छ भन्दा फरक नपर्ला । हजारौँ गुणहरूलाई एउटै वैगुणले खाईदिन्छ भने झैं कतै सानो गल्तिले भोलीको वास्तविक जीवनमा ठूलो असर पार्ने त होईन ? यो पनि मनन् योग्य कुरा जास्तो लाग्छ । एक दशक अघिसम्म एउटा चिठ्ठी पठाउन र पाउन महिनौंसम्म हुलाकी कुरेर वस्नुपथ्यो ।

तर, अहिले समय बदलिएको छ । सहर बजारमा मात्रै होइन, गाउँगाउँमा समेत इन्टरनेटको पहुँच पुगेको छ । अन्य सुविधाका लागि नभए पनि मोबाइलमै भए पनि फेसबुक एकाउन्ट खोलेर धेरै युवा र प्रौढहरु त्यसमा मस्त हुन थालेका छन् । को कहाँ के गरिरहेको छ ? कुनै घटनाको विषयमा कसैको धारणा के छ ? एक हिसाबमा फेसबुकले मानिसको दूरी घटाएको छ । हुनतः भनिन्छ नि, उपयोग गर्न जान्यो भने विषले पनि ओखतीको काम गर्छ ।

साईबर अपराध र कानुन

एकदमै सामान्य रुपमा भन्दा कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग भएर हुने जुनसुकै प्रकारका अपराधहरु साईवर अपराध हुन् । र यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन नै साईवर कानुन हो । कम्प्युटर तथा कम्प्युटर नेकर्वकको प्रयोग कहाँ बसेर गरिरहेको छ भन्ने कुरामा भर पर्छ ।

नेपालमा बढिरहेको साईवर अपराधलाई रोक्न विद्युतिय कारोबार ऐन २०६३ हो । ईमेल मार्फत जथाभाबी धम्की दिने ,सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल खोलेर बेईज्यत गर्ने पाईदैन ,सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घृर्णा वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने काम गरे १ लाख सम्म जरिवाना वा ५ बर्ष सम्म कैद वा दुवै सजायँ हुन्छ ।