कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच महिना नागेको छ । साथीको घरमा भनेर हिडेकी पन्त गत साउन ११ गते उखुघारीमा मृत भेटिन् । प्रहरीको संकास्पद क्रियाकलापले भोलीपल्टैबाट आन्दोलित भयो ।

आन्दोलनको आगो देशभर फैलियो । सरकारले समितिमाथि समिति खडा गरेर हत्याकाण्डको खोजबिन र छानविन गरेजस्तो गर्यो । तर ती समितिको दैनिक भत्ता पाक्यो तर परिणाम भने निस्किएन । किन की घट्नाको सवुत, प्रमाणमाथि तत्कालिन कञ्जनपुर प्रहरी प्रमुख गद्दार गरि सकेका थिए ।

बलात्कारमा संलग्न हुने अभियुक्त भन्दा घट्नाका सवूत प्रमाण नष्ट गर्ने प्रहरीलाई सरकारले काबर्खास्तीको नाटक गरेर जनताको आँखामा छारो हाल्ने काम गर्यो ।

निर्मला हत्याकाण्डाका दोषी राज्यले कानुनी दायरामा ल्याउन नसक्दा मुलुकमा झन दण्डहिनता बढेको छ । प्रहरी बलात्कारी खोज्दै अन्धाकारमा रुमालिएको कुहिरोको काग झै बेनको छ । राज्य निरही बन्दा पन्थ परिवार पीडाले प्रताडित भनेको छ ।

तर दुईतिहाई बहुमत भएको सरकार अभियुक्त समातेर पीडामा मलम लगाउने काममा चिन्तित बन्न सकेको छैन् । छोरीको विभत्स हत्याबाट विक्षिप्त बनेको पन्थ परिवार झनै पीडामा छ । एकातिर छोरी हत्याको पीडा अर्को तिर न्याय माग्नका लागि अनशन बस्नु पर्ने बाध्यता किमार्थ उज्यालो पक्ष मान्न सकिदैन् ।

सायद यज्ञ पन्तहरुको विडम्बना हो या नियती, हार गुहार गर्दै आफै मन्ने अवस्था आउदा पनि राज्य काममा तेल हालेर बस्नु न्याय संगत मान्न सकिदैन् ।

आफ्नो सन्तान हत्याको पीडा खेपी रहेका बेला राज्यले ती यज्ञबहादुरलाई पागल नै बनाउनु राज्यको कतिसम्म हेल्चक्राई र निरहीता हो कल्पना गर्न सकिदैन् । उनलाई यति बेला काठमाणडै ल्याइएको छ । उनको दिमागी गति ठीकै भए पनि मानसिक रुपमा उनी विक्षिप्त बनेका छन् ।

अस्वाभाविक गतिविधी उनले देखाउन थालेका छन् ।  गम्भीर विषय, बलात्कारीले त निर्मलालाई खोख्यो ।

तर जनताको न्यायको आशा र भरोसा राज्यले ती परिवारलाई पीडाको भुंग्रोमा धकेलिदिनु राम्रो होईन । पीडितको एक सुत्रिय माग जो छोरीको बलात्कारी र हत्यारा पत्ता लगाइ सजाय देउ भन्ने हो ।

त्यति गर्न राज्य सफल भएन । प्रमाण नष्ट गरि हत्यारा उम्काउन जिम्मेवार भूमिका निर्वाह गर्ने ती दुई प्रहरी अधिकृतलाई कानुनी कठघरामा नउभियाएर अपराधीलाई राज्यले संरक्षण गर्नु महाभुल हो ।
राज्यको निकम्मा’ चरित्र र सीमाहिन निरीहताको पराकाष्ठ अहिले उजागार भएको छ ।

सरकारको निरहिताको देशभर बलात्कबारीहरुले फाईदा उठाई रहेका छन् । निर्मला पन्त हत्याकाण्डामा सरकारको चरम उदासीनताले आम नागरिक विरक्तिएका मात्र छैनन्, राज्यसँगको विश्वासमा समेत प्रश्न तेर्सिएको छ । सरकार छ । देशमा कानुन छ ।

कानुन पालन र कार्यन्वयको लागि प्रभावकारी सुरक्षा सन्यत्र छ र अपराधकर्म गर्ने राज्यको नजरमा उम्कन सक्दैनन भन्ने विश्वास दिलाउन नसक्नु सरकारको गैरजिम्मेवारपन हो । पन्थको परिवारको पीडामा राज्यले मलम लगाउन सक्नु पर्दछ । जनताको आशा र भरोसोको यो सरकार बलात्कारी भन्दा चौगुना अत्याचारी हुनु हुदैन् ।

सरकारलाई चेतना होस् । निर्मलाको परिवारको आँशुले पोलोस ।