जनताले आशा र भरोसा गरेर दुई तिहाई बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुस्तताले जनतालाई निराश बनाएको छ । एकीकरण भएको ६ महिना पूरा भइसकेको छ ।
तीन महिनाभित्र एकीकरण प्रक्रिया टुंगो लगाउने गरि तत्कालिन एमाले र माओवादी केन्द्रमा आन्तरिक निर्देशनसमेत भएको थियो तर दुवै पार्टीले एकिकरणलाई टुङ्गोमा पुर्याउन सकेका छैनन् । उनीहरुको ढिलाईले सरकारका काम मात्र होईन पार्टीका हरेक काम चौपट्ट भएको छ ।
निकै व्यवस्थित र सांगठनिक ढाँचा चुस्त मानिएको एमाले एकिकरण अभियानसँगे सुृस्ताएको छ । पार्टीका गाउँस्तरमा गतिविधी शुन्य छन् । पार्टीका गतिविधी शुन्य हुदा पार्टी–पंक्ति आलोचना खेप्न बाध्य भएको छ ।
एकताले पार्टी व्यवस्थित र चुस्त बन्ने आम नागरिकको सोचाई हो तर नागरिकले सोचेजस्तो नेकपाले रफ्तारमा काम गर्न नसक्नु विडम्बना हो । दुईतिहाईको आड भएको सरकार उनीहरुसँग छ । झिनामसिना समस्या सुल्झाएर रफ्तारमा काम गर्ने हैसियत राख्ने सरकारको काम कछुवाको गतिमा हुनु नेकपा एकिकरणमा ढिला सुस्ती नै हो ।
नेकपाको संक्रामणकाली स्थितिले मुलुकमा अराजकता मौलाएको छ । स्थानीय तहले राम्रोसँग काम गर्न सकेको छैन् । स्थानीय तहका कामकारवाहीमा खबरदारी गर्ने तथा उनीहरुलाई काम गर्न लय देखाईदिने भरपर्दो दलहको नेतृत्व छैन् ।
लोकतन्त्रमा दल प्रधान हुन्छ । सरकारमा पनि पार्टीको भूमिका बढि हुन्छ । सररकारको नेतृत्व गरिरहेको पार्टी आफैँ कमजोर हुँदा सरकारको भूमिका, कामकारवाही प्रभावकारी हुने कल्पना गर्न सकिदैन् ।
६ महिनादेखि निष्क्रिय नेकपाका कारण जिल्ला, गाउँ र नगरमा अन्यौता छाएको छ । कार्यकर्ता लगामविनाको घोडा बनेका अवस्था छ । जिम्मेवारीविहीन बनेका नेता–कार्यकर्ता स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि डोजर मालिक र क्रसर सञ्चालक भएको आम गुनो आउन थालेको छ ।
पार्टीको निर्देशन र जिम्मेवारीबोधको अभावमा स्थानीय सरकार ‘कुहिरोको काग’ सावित भएको छ । झन प्रदेश सरकारहरु लथालिङ बनेको छ । प्रदेश नं. १ मा त नेकपाको एकिकरण अवरोधले यतिको समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन् ।
पार्टी एकीकरणको कोर्ष नै पार्टीले अव तत्काल पुरा गरेर बेरोजगार पार्टी कार्यकर्ताहरुलाई ततकाल काम दिनु पर्दछ । सरकारको नीति, निर्देशन र योजनालाई जनस्तरसम्म पु¥याउने दायित्व नेकपाको हो ।
सरकारविरुद्धको असन्तुष्टिको प्रतिरक्षा गर्ने जिम्मेवार पनि नेकपाको भएका कारण आफ्नो जिम्मेवारी पुरा गर्न चुक्नु हुदैन् । कार्यकर्ताहरुमा निराश आउने समयसम्म एकिकरण नटुङगाउनदा पार्टीलाई मात्र होईना सिंगो मुलुकलाई बेफाईदा भईरहेको प्रति नेकपाको नेतृत्व सचेत हुनु जरुरी छ ।
केन्द्रमा जुगाको लडाँइ गरेर जनतालाई दुःख दिने चरित्र अब नेकपाले देखाउनु हुदैन् । तत्काल एकिकरण सम्पन्न गरेर सबैलाई जिम्मेवार र उतरदायित्वबोध गराउनु बान्छानिय हुने छ ।