रङ्गेली / हाइब्रीड बीउका कारण रैथाने बीउ हराउदै गएको छ । धेरै उत्पादन हुने भन्दै हाइब्रीड (उन्नतजात) बीउमा किसान लोभिन थालेपछि रैथाने बीउ सङ्कटमा परेको हो ।
नेपालको अर्थतन्त्रमा एक चौथाइ योगदान कृषीको छ । कुल जनसङ्ख्याको दुई चौथाई कृषीमा आश्रीत छन् । कृषीमा संलग्न जनसङ्ख्याको आधारमा कृषी उत्पादन भने न्यून छ । प्रविधि, हावापानी, मलसँगै उत्पादन वृद्धिमा बीउको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उन्नत जातको बीउबाट परम्परागतको तुलनामा बढी उत्पादन हुने विज्ञहरू बताउँछन् । सरकारी क्षेत्रबाटै कृषी उत्पादन बढाउन अन्धाधुन्द हाब्रिड (वणशङ्कर) बीउको प्रयोगमा जोड दिइदैछ । नेपाली किसानले ९० प्रतिशत आयातित हाइब्रीड बीउ प्रयोग गरिरहेका छन् ।
सरकारी तवरबाट पनि रैथाने बीउको संरक्षणमा खासै चासो दिएको पाइदैन । जैविक मलको प्रयोग गरेर खेती गरिरहेका किसानलाई सरकाले उत्पादन बढाउने नाममा रासायनिक मल प्रयोग गर्न उक्साएको थियो । हाइब्रीड बीउ प्रयोगमा किसानहरू अनविज्ञ छन् । गत वर्ष हाइब्रीड मकै राम्रो फलेपछि रङ्गेली नगरपालीका–३ का शङ्कर साहले यसपाली त्यस्तै मकै लगाउने भएका छन् । गत वर्ष कुन कम्पनीको हाइब्रीड बीउ प्रयोग गरेको स्मरण नभए पनि चिल्लो दाना र ठूलो घोगा लागेको ¥यापिङ भएको बीउको प्याकेट ल्याएको बताए ।
हाइब्रीड बीउ रैथाने जातबाटै उत्पादन गरिएकाले रैथाने जातको बीउ संरक्षण गरिनु अनिवार्य भएको विज्ञहरू बताउँछन् । कृषी कार्यालयहरूले किसानलाई रैथानेको महŒव नबुझाउँदा किसान १० गुणा महँगोमा हाइब्रीड बीउ नै खरिद गर्ने गरेका छन् । नेपाली किसानले अत्याधिक प्रयोग गरिरहेको रञ्जित धान सूचिकृत छैन । बिबि ११ पनि सूचिकृत छैन । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौंले सूचिकृत बीउ आयात भए÷नभएको हेर्ने गरेको छ । सूचिकृत नभएका बीउको अनुगमन गर्ने अधिकार जिल्ला कृषी कार्यालयको बाली विकास शाखालाई थियो । सङ्घीय प्रणाली लागू भएसँगै त्यसको व्यवस्था हुन नसकेको प्रदेश १ कृषी निर्देशनालयका कृषी प्रसार अधिकृत प्रकाशकुमार डाँगीले बताए ।
जेनेटिक इन्जिनियरिङको प्रयोगबाट खोजे जस्तो गुण भएको अनुवंश (जीन) परिवर्तन गरी हाइब्रीड बीउ उत्पादन गर्न सकिन्छ । जिएमओ परिवर्तन गरिएका बीउ ल्याउन सरकारसँग स्वीकृति लिनुपर्ने हुन्छ । नेपालका बजारमा तरकारीदेखि धान, मकै, गहुँ सबैको हाइब्रीड बीउ खुल्ला सीमाका कारण निर्वाध आयत–निर्यात हुने गरेको छ । प्लान्ट क्वारेन्टाइ विराटनगरमा सूचिकृत बीउको आयातको स्वीकृतिका लागि कोही नआएको कार्यालयले जनाएको छ । सरकारले सूचिकृत गरेका बीउमात्र ल्याउन पाउने प्लान्ट क्वारेन्टाइन विराटनगरका बाली संरक्षण अधिकृत अरुण घिमिरे बताउँछन् । खुल्ला सिमानाका कारण निर्वाध रूपमा बीउ भित्रिरहेको उनले स्वीकारे । नेपालमा मुख्यगरी हाइब्रीड बीउ भारत, चीन, थाइल्याड, कोरिया, जापान लगायतका मुलुकबाट आयात हुने गरेको उनले बताए । जस्तो ‘क्यारेक्टर’ भएको जीन चाहिएको हो त्यहीअनुसार ल्याबमा जीन ‘ट्रान्सप्लान्ट’ गरेर नयाँ प्रजातिको हाइब्रीड बीउ निकाल्न सकिने सैलेजा आचार्य पोलिटेक्निककी कृषी प्रशिक्षक तथा आइएसी एजी डिप्लोमा कार्यक्रम दोस्रो वर्षकी संयोजक चम्पा खड्का बताउँछिन् । बिरुवा–बिरुवाबीच क्रस गरेर पनि नयाँ हाइब्रीड बीउ÷बिरुवा निकाल्न सकिने उनले बताइन् । हाइब्रीड बीउ पुनः प्रयोग गर्न नसकिने उनी बताउँछिन् । अर्गानिक खेतीमा भने रैथाने बीउ प्रयोग गर्न उनी सुझाव दिन्छिन् । हाइब्रीड बीउ उत्पादन नगर्ने तर विदेशबाट आयात गर्दा रैथाने जातको लोप हुने र भविश्यमा कृषी क्षेत्रले बीउका लागि विदेशकै मुख ताक्नुपर्ने अवस्था सिर्जना हुने खड्का बताउँछन् ।
पारिस्थितिक प्रणालीसँग मिल्दैन हाइब्रीड
हावा,पानी,रोग,किरा र तपाक्रम सँग रैथाने बिउ जुधेको हुन्छ । यस्ता बिउमा पौष्टिक तत्व पनि प्रयाप्त रहेको हुन्छ । त्यसैगरी रैथाने जातको बिउमा उम्रने क्षेमता पनि रहेको हुन्छ । हाइब्रिड बिउ रैथाने जातबाट विकास गरिने भए पनि नेपालमा किसानले प्रयोग गरेको हायब्रिड बिउ विदेशी हो । जसको विकास यहाँको हावा,पानीलाई हेरेर नगरिने विज्ञ बताउँछन् ।
प्रयोग सालामा अणुवंश परिवर्त गरिन निर्माण गरिएका हाइब्रिड बिरुवाहरुमा साना जिवहरु घुलमिल हुन सक्दैनन । साना जिवको जिवन चक्रमा परेको असरले पारिस्थितिक प्रणालीमै प्रभाव पर्ने देखिन्छ । हाइब्रिडबाट उम्रेका बोट÷विरुवामा ३० प्रजातिका साना जिवहरु घुलमिल हुन नसक्ने स्नातकोक्त क्यापस विराटनगर प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । पौष्टिक दृष्टिकोणले पनि रैथाने अब्बलहुने उनले बताए । रैथाने हावापनि सँग घुलमिल भएको हुनाले धेरै स्यहार र मलको प्रयोग गर्न नपर्ने हुन्छ । हाब्रिड अत्यन्तै सेन्सेटीभ हुने भएको विषदी र मलको प्रयोग अत्याधिक गर्नुपर्ने हुन्छ । जसको परिणाम माटोको उर्बराशक्ति ह्रास हुन जान्छ । राम्रो स्याहार गरेको खण्डमा रैथानी बिउको प्रयोगबाट पनि राम्रो उत्पादन लिन सकिने जानकारहरु बताउँछन् ।
रैथाने बीउ संरक्षणमा ध्यान
नेपालका किसानले हिउदे बालीमा प्रयोग गर्ने ९० प्रतिसत बिउ हाइब्रिड हो । यस्तो अवस्थामा रैथाने बिउको संरक्षण किसानले गर्नु पर्ने होकी सरकारले भन्ने कुरा पनि उठेको छ ।
किसानहरुले आफ्नो लगानी र श्रमबाट बढी भन्दा बढी फाइदा लिन चाहनु स्वभाविक भएको कृषी व्यवसाय प्रवद्धन सहयोग तथा तालीम केन्द्र सुनसरी झुम्काका प्रमुख डा राजेन्द्र उप्रेति बताउ छन् । झापा,मोरङ र सुनसरीको दक्षीणी भेगमा हिउदेबाली सतप्रतिसत हाब्रिट हुने र किसानले राम्रो उत्पादन पाउने गरेको उनले बताए । किसानले आफ्नो फाइदा हेर्ने हुदा रैथाने बिउको संरक्षण सरकारले गर्नु पर्ने बताए ।
२०६६ सालमा मकैको घोगामा दाना नलाग्दा देशै भरिका किसानले ठूलो क्षती व्यहोर्नु परेको थियो । यस्तो समस्या अझै पनि कतिपय किसानले भोगी रहेका छन् ।