जे जसले जे गरे पनि पनि मारमा पर्ने भनेको सर्वसाधरण नै हुन । सरकारले कुनै बस्तुको एक रुपैया मूल्य बढायो भने व्यापारीले सरकारको मूल्य बढेको बहानामा चौगुना बढाएर उपभोक्ताको ढाड सेक्छन् ।

यातायात व्यवसायी तेलको भाउ बढेको छ या पाईदैन भनेर यात्रुलाई नै ठगी गर्छन् । व्यावसायीहरुलाई बहाना मात्र चाहिन्छ, हरेक कुराको भाउ बढाइहाल्छन् । बवुरा उपभोक्ता सेवा लिनु नै छ । उनीहरुको बाध्यताका अगाडी कुनै कुराको प्रतिकार गर्न सक्दैनन् ।

सर्वसाधारण चुपचाप निरही भएर उनीहरुले भने अनुसारको मूल्य तिर्न बाध्य छन् । हरेक क्षेत्रमा बेथिति आउनुको मुख्य कारण राज्यको कमजोर निति नै हो । राज्यले प्रभावकारी थिति बसाल्न नसक्दा बजार अराजक बन्न पुगेको छ ।

उनीहरुलाई लगाम लगाउन राज्यले हैसियत नराख्दा जनता ‘जाँतोमा घुन पिसिए झै’ पिल्सिएका छन् । जनताले ठगी, अनियमितताबारे उजुरी गरे पनि प्रशासनले कुनै कारवाही गर्न नसक्दैन् । अर्थात उनीहरुलाई कारवाही गर्ने कानुन नै फिलतलो छ ।

एउटा उदाहरण कम्पनीबाट मिनरल वाटर प्रतिबोतल १० रुपैयाँ व्यासायीले खरित गर्छन् । उक्त पानी ती व्यवसायीहरुले २० रुपैयामा उपभोक्ताहरुलाई दिदै आएका छन् । १० रुपैयाँको पानी २० रुपैयामा बेच्दा न उपभोक्ताहरुले महगो भयो भनेर आपति जनाउका छन् न त नियमकारी निकायले बढि मूल्य भयो भनेर नियन्त्रण नै गरेको छ ।

यसरी बजारमा डब्बल मूल्यमा विभिन्न सामाग्रीहरु विक्रि वितरण भईरहेको छ । राजमार्गमा चलेका केही होटलहरुले ३० रुपैयाँ मुल्य पर्ने सामाग्री २ सयसम्म विक्रि गर्दै आएका छन् ।

महँगो किनबेच भइरहेकाे विषयमा सरोकारवाला निकाय बेखबर बन्दा उपभोक्ता मारमा परेका छन् । राज्यका निकाय चलायमान नहुदा बजार अराजक बनेको छ । उनीहरुले राज्यले बनाउको ऐन नियमलाई समेत मिचेर उपभोक्ता ठगी गर्न दिनु राज्यको कमजोरी हो ।

उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा व्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाउने प्रावधान छ । त्यो प्रावधानलाई टेकेर नसकैले उजुरी नै गरेका छन् । न राज्यले खबरदारी नै गरेको छ ।

पहिलो त उपभोक्ता आफै सचेत नहुदा कालाबजारीहरुले भाउ पाएका छन् । उनीहरुको मनोवल बढेको छ ।  लागत मूल्यमा २० प्रतिशतभन्दा बढी रकम लिए त्यसलाई सिधै कालोबजारी ऐन आर्कषित हुन्छ ।

तर, कारबाही गर्ने निकाय मौन हुँदा त्यसको प्रत्यक्ष फाइदा व्यापारीले लिँदै आएका छन् । अब पनि उभोक्ता गम्भीर नबन्ने हो भने बजार झन् अराजक बन्दै जाँदा सर्वसाधारणलाई जिविकोर्पान मै समस्या पर्ने छ ।

व्यवसायीहरुको ठगीका विरुद्धमा उपभोक्ता जागरुक हुनु जरुरी छ । राज्यलाई समेत आँखा देखाईदिने काम उपभोक्ताहरुले नै गर्नु पर्दछ । राज्यले केही गर्न नसके पनि ऐन कानुन बनाइए दिएको छ । त्यो कानुनलाई टेकेर आफु ठगीएको विरुद्ध आवाज उठाउन सक्नु पर्दछ ।

सचेतना आफैबाट शुरु गरेर कालोबजारी, भ्रष्टचारी, अनियमितता गर्नेलाई निरन्तर खबरदारी अब सर्वसाधारणले नै गर्नु पर्दछ । स्थानीय तहले पनि बेला बेलामा बजार अनुगमन गरेर अराजकता नियन्त्रणमा लिनु पर्दछ ।