जलश्रोतको दोश्रो धनी देश नेपालमा भएको जलश्रोतलाई उपयोग गर्न नसक्दा विदेशबाट विजुली आयत गरि खपत गर्नु परिरहेको छ । त्यो विदेशबाट खरिद गरि ल्याएको विजुली पनि प्रयाप्त मात्रमा पुग्न सकेको छैन् ।
आफुसँग श्रोत र साधान हुदा हुदै पनि उपयोग गर्न नसकेर भारतको शरणमा रहनु पर्ने एउटा विडम्बना हो भने अर्को भएको विद्युतलाई उचित सदुपयोग तथा भइरहेको दुरुपयोगलाई निगरानी गर्न नसक्दाको अर्को विडम्नाले नेपालीहरु विजुली विनाको तारा र पोल हेरे अन्धकारमा बस्नु परेको अवस्थाले गिज्याइरहेको छ ।
विजुलीमामा कहाँ नेर समस्या छ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आइसके पछि पहिचान भने भएको छ । तर विद्युतमा अनियमितता गर्ने व्यक्ति तथा संघ संस्था, उद्योगलाई कानुनी कारवाही गर्न नसक्दा उनीहरु विद्युत दुरुपयोग गर्ने काम छाडेका छैनन् ।
अझै पनि गाउँघरमा विजुली गैरकानुनी रुपमा उपयोग गरिहेको पाइन्छ । विद्युत चुहावट, गैरकानुनी रुपमा उपभोग गर्नेहरुलाई अनुगमन गर्न सरकारले सयन्त्र बनाएको भए पनि उनीहरुले प्रभावकारी काम नगर्दा चुहावट रोकिएको छैन ।
प्राधिकरणले अनुगमनमा खटाउको कर्मचारीहरुसमेत प्रलोभनमा परेर स्थानीयहरुसँग मिले झन चुहावट गर्न प्रोत्सोहान गर्ने गरेको समाचार मिडियाहरुमा बारम्वार आउने गरेको छ ।
अनुगमन गर्ने सयन्त्रमाथि नै अनुगमन र निगरानी गर्नु पर्ने अवस्था आए पछि त्यस सयन्त्रले काम राम्रो काम गर्ने आशा गर्न सकिदैंन् । अव प्राधिकरणले अनुगमनमा खटिएका कर्मचारीहरु माथि पनि निगरानी राख्नु पर्दछ ।
विद्युत चुहावट गर्ने व्यक्तिलाई पक्राउ गर्ने वा पहिचान गरेर कारवाही गर्ने कर्मचारीलाई प्रोत्सोहान गर्ने प्राधिकरणले योजना ल्याउनु पर्दछ । ताकी उनीहरुमा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई चरितार्थ नगरुन ।
प्राधिकरणले यस्ता विद्युत चुहावट गर्ने व्यक्तिलाई पहिचान गरि कडा कारवाही गर्ने काम गर्नु पर्दछ । कारवाहीमा परेका फेरी त्यही क्रम दोर्याउने प्रवृद्धिको अन्त्य हुने गरि प्राधिकरण जिम्मेवार हुनु पर्दछ ।
हाल भइरहेको चुहावट मात्र प्राधिकरणले पूर्ण रुपमा नियन्त्रण गर्न सक्ने हो भने नेपालमा आधा विजुलीको अभाव परिपूर्ती पर्न सकिने विज्ञहरुले सुझाव दिइसकेका छन् ।
अब प्राधिकरण चुहावट र गैरकानुनी रुपमा विद्युत उपभोग गर्नेमाथि आक्रमक भएर मैदानमा उत्रनु वाञ्छानिय हुने छ ।