नेपालका दुई ‘दादा’ ठेकेदार कम्पनि पप्पु कन्स्ट्रसन र कालिका कन्स्ट्रसनले गुणस्तरहिन काम गरेको प्रमाणित भई जरिवाना तिरेको खवर सार्वजनिक भएको छ । ठूला ठेक्कामा पँहुच पप्पुका संचालक हरिनारायण प्रसाद रौनियार र कालिकाका संचालक विक्रम पाण्डेमा मात्र देखियो । उनीहरुको पँहुच राज्यको माथिल्लो निकायमा सिधै थियो । दुबै प्रतिनिधी सभा सम्म पुगेका कारण उनीहरु ठेक्का पट्टाका ‘डन’ नै थिए । ठेक्का मिलाउने, पार्ने, दिने र लिने सबै ठाउँमा उनीहरुको पहुच थियो । यो पहुचले नतिजा खराव आयो । कमसल निर्माण भएको आरोपमा उनीहरु माथि कारवाही भयो ।
पाण्डेले ४ करोड र रौनियारले ५ करोड ५० लाख जरिवाना तिरि सकेका छन् । राज्य संयन्त्र नै ठेकेदारको हातमा हुदा यि कम्पनिले बनाएका पुल, पुलेसो, बाटो गुणस्तरहिन भएको कुरा सार्वजनिक भइ सकेको छ । राज्यको अनुगमन गर्ने निकाय नै विक्रि भइदिदा नेपालको विकासको दुगर्ति भएको कुरालाई नकार्न सकिदैंन् । पछिल्लो समय राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग निर्माणमा मापदण्ड विपरित काम भएको सार्वजनिक भएको छ । उदयपुरको सदरमुकाम खण्डमा हुदै गरेको निर्माण कार्य मापदण्ड विपरित भएपछि स्थानीयले खवरदारी गरेका छन् । राज्यका निकायसँग मिलेमतोमा काम गरे पनि जनताले उनीहरुको कमसल कामप्रति खवरदारी गरेर राम्रो काम गरेका छन् । आफ्नो क्षेत्रमा बन्दे गरेको संरचनाको गुणस्तरबारे चासो राख्नु सकरात्मक काम हो । यस्ता जनताको आँखामा छारो हाल्ने किसिमको टपरटुङ्या ठेकेदार कम्पनिका ेकाममा जनताको खवरदारी नितान्त आवश्यक हो ।
स्थानीयका अनुसार त्रियुगा नगरपालिका वडा नं ७ चुहाडे क्षेत्रमा आईतबार देखि सुरु गरेका सडक कालोपत्रेको काम चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र भएको छ । विगतमा स्थानीयसंग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकोमा स्थानीयको आँखाछल गर्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गर्नु दुभाग्य हो । सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम किमार्थ राम्रो मान्न सकिदै्न । राज्यका कर्मचारीको पनि यहाँ संलग्नता देखिएको छ । यस्ता सम्झौता विपरित काम गर्ने ठेकेदार कम्पनि र त्यस्ता कामलाई मलजल गर्ने सरकारी निकायका कर्मचारीहरुलाई राज्यले बेलैमा ठेगान नलगाउने हो भने निर्माण पछुताउनु भन्दा अर्को कुनै विकल्प हुने छैन् । यस्ता राष्ट्रिय गौरवका ठूला आयोजनाहरुमा गैरजिम्मेवार काम गर्ने ठेकेदार कम्पनिलाई सरकारले तत्काल कारवाही गर्नु पर्दछ । जनताको आँखामा छारो हाल्ने काम कदापी राम्रो होइन । कसैले खोजी नगर्दा आफ्नो जिम्मेवारी बोध नगर्ने यस्ता कम्पनिलाई सरकारले काम मात्र नदिन ेहोइन कम्पनि नै खारेजसम्म गर्न सक्नु पर्दछ ।