होइनबुधबार १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाइएको छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ मुख्य नारा बनाएर युरोप र अमेरिकाका मजदुरले गरेको सङ्घर्षको सम्झना र आफ्ना हकअधिकार सुनिश्चित गराउन दबाब दिन विश्वभर मे १ का दिन सबैले सम्बझने चलन छ । सरकारले यस दिन सार्वजनिक विदा पनि दिने गरेको छ । तर विडम्बना श्रमिक दिवस उल्लामय मनाइरहदा विमहान बेलुका श्रम गरेर छाक टार्नेहरु त्यो उल्लास र मनोरञ्जनमा रमाउन पाउदैंनन् ।

नेपालको संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरे पनि त्यसको कार्यन्वय शुन्य छ । संविधानले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हक प्रत्याभूत गरिएको छ । श्रम ऐन र सामाजिक सुरक्षा ऐन पनि नबनेको होइन तर यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बास्ताविक श्रमिकहरु समस्या मा छन् । सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको थियो । निकै तामझापका साथ शुरु गरिएको थियो । त्यसको कार्यन्वयन पक्ष के हुदैंछ भन्ने कुरा खोजीको विषय हुन सकेको छैन् ।

सरकार तथा मजदुरको हितमा काम गर्ने संघ संस्थाहरुले तामजामका साथ लाखौं खर्च गरेर उत्सव मनाउनु भन्दा पनि श्रमिकहरुले उनीहरुले काम गर्ने संस्थाहरुबाट सरकारले तोकेको सेवा सुविधा पाए वा माएन । श्रम ऐनन अनुसारको सेवासुविधा पाए नपाएको अनुगमन गर्नु उचित हुने छ । कतिपय श्रमिकहरुले न्यून ज्यालामा काम गर्न बाध्य पारिएको छ । उनी आफ्नो सेवा सुविधाबारे बोले जागिर जाने भयले पिनरही भएर न्युन ज्यालामा काम गर्न बाध्य छन् । त्यस्ता श्रमिकका लागि सरकारी निकायका कर्मचारी, सरकोकारवालाले ध्यान पु¥याउनु पर्दछ । एक दिन उत्सव मनाएर बर्षभरीको श्रमिकको पीडा सकिदैंन उनीहरुले ३सय ६४ दिन भोग्ने पीडामा मलम लगाउन सरोकारवालाहरुले योजना बनाउनु पर्दछ । श्रमिक दिवसमा उत्सव होइन, श्रमिकको अवस्था बुझौ, उनीहरुको सेवा सुविधाबारे खवरदारी गरौं । कार्यन्वय पक्षलाई प्रभावकारी बनाउन पहल गरौं । उनी मात्र श्रमिक दिवसको सार्थकता हुने छ ।