धरान । मेलान्ज फेसन स्टोरले आफ्ना ग्राहकका लागि दशमा दश अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत साउन २१ गतेबाट ग्राहकले १० हजारको खरिदमा १० हजार नै क्यास ब्याक पाउनेछन् । त्यस्तै पाँच हजारको खरिदमा २ हजार ५ सय र सो भन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको कम्पनीले जनाएको छ । 

सन् २०१७ को जनवरी महिनाबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ र यसका शाखा आउटलेटहरू काठमाडांैकै गल्फुटार र पेप्सिकोलामा पनि रहेको छ भने इटहरी, नेपालगञ्ज र धनगडीमा समेत छ ।

मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरूका लागि लुगाकपडा र अन्य फेसनका सामानहरू पाइन्छन् ।