पाँचथर । पाँचथर उद्योग बाणिज्य संघ शाखा यासोकको अध्यक्षमा गोपाल प्रसाद पोख्रेल सर्वसम्हत चयन भएका छन । शाखाको तेस्रो अधिवेशनबाट पोख्र्रेल निर्विरोध निर्वाचित भएका हुन । उनको अध्यक्षतामा १२ सदस्य समिति चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा यामबहादुर बोहोरा, उपाध्यक्षद्धोय उमा चाम्लिङ राई र दुर्गा प्रसाद बम्जन रहेका छन । त्यस्तै महासचिव रमेश बुढाथोकी, सचिव तिलक बहादुर खवास र कोषाध्यक्ष लक्ष्मण लक्की सम्बाहाम्फे गरी १२ सदस्य समिति चयन गरिएको शाखाले जनाएको छ । 

कोभिडको कारण लामो समयदेखि शाखाको अधिवेशन हुन सकेको थिएन । जसका कारण शाखाको गतिविधि प्रभावित हुदै आएको थियो । शाखाले व्यावसायिको हकहितको पक्षमा काम गर्ने गठित समितिका अध्यक्ष गोपाल प्रसाद पोख्रेलले बताए ।