बिर्तामोड । झापाको बिर्तामोडमा कार्ज स्पा सञ्चालनमा आएको छ । तीन जना युवा व्यवसायीको लगानीमा कार्ज स्पा सञ्चालनमा आएको हो ।

झापाका ब्यवसायी अजित खनाल, अर्जुन चापागाईं र दीपक सुवेदीले कार्ज स्पा सञ्चालनमा ल्याएका हुन् । स्पाको नायिका वर्षा राउतले उद्घाटन गरेकी छन् । कार्ज स्पामा कार तथा मोटरसाइकलको डिलाइटिङ गर्ने अन्तर्राष्ट्रिय स्तरको डिलाइटिङ स्टुडियो हो । यी तीन युवा व्यवसायीको एक करोड रुपैयाँ भन्दा बढीको लगानीमा कार्ज स्पा सञ्चालनमा आएको हो ।

भारतमा सन् २००७ देखि र नेपालमा सन् २०१९ देखि सञ्चालनमा रहेको कार्ज स्पाको काठमाडौंपछि इटहरी र बिर्तामोडमा शाखा सञ्चालन भइरहेका छन् । कार्ज स्पाको उद्घाटन गर्दै नायिका राउतले ग्राहकको रुपमा कार्ज स्पामा गएपछि सेवाबाट प्रभावित भएको बताइन् ।

गाडीमा घाम पानीका कारण हुने बाहिरी क्षतिबाट बचाउन, सुन्दर बनाउने काम कार्ज स्पाबाट हुने सञ्चालकहरुको भनाइ छ । यहाँ सेरामिक कोटिङको प्रयोग गरी गाडीलाई सधैं नयाँ र सुन्दर बनाइन्छ ।

विभिन्न प्रकारका कारहरु २७ हजारदेखि १ लाख ५ हजार रुपैयाँको प्याकेज ग्राहकले पाउन सक्छन् भने दुई पाङ्ग्रे १२ देखि १६ हजार रुपैयाँसम्ममा सेवा पाउने सञ्चालकहरुको भनाइ छ । मूल्य अनुसार २ वर्षे, ४ वर्षे र ७ वर्षे अवधिसम्म टिक्ने गरी सेरामिक कोटिङको काम हुने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा कार्ज स्पाका भारतका निर्देशकहरु अंकुर शामा र दीपम शामा, नेपालको केन्द्रीय कार्यालयबाट सीइओ तरुण आहुजा र स्वस्तिका राणा, इटहरीका सञ्चालक बहत्तर लिम्बू, उवासंघ बिर्तामोडका बरिष्ठ उपाध्यक्ष राजु न्योपाने, कोषाध्यक्ष दिपेन्द्र राउत, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, कमर्सका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, ५ का वडाध्यक्ष रोहित प्रसाईं, जनप्रतिनिधि उमेश राउत लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रणित पुडासैनीले गरेका थिए ।