उर्लाबारी । सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीको १२ औं साधारण सभा शुक्रबार संम्पन्न भएको छ ।

सो संस्थाका अध्यक्ष गोपालप्रसाद भट्टराईको अध्यक्षता तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उक्त सभाले संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा गरेका प्रगति एवं आर्थीक प्रतिवेदन अनुमोदन सगै“ संस्थाको कार्य क्षेत्रमा क्रियाशिल संचारकर्मीहरुलाई संम्मान गरेको थियो ।

यसरी संम्मानित हुनेहरुमा ब्लाष्ट दैनिक उर्लाबारीका संवाददाता मदनबाबु प्रसाई, अनमोलमणी साप्ताहिकका संम्पादक मिलन राउत र निष्कर्ष साप्ताहिका संम्पादक बिष्णु पौडे्ल रहेका छन । उनिहरुलाई जनही नगद ५ हजार  र संम्मान–पत्र प्रदान गरीएको थियो । सोही अवसरमा संस्थाका कार्य क्षेत्र उर्लाबारी, मधुमल्ला, दमक र पथरी सेवा केन्द्रमा उत्कृष्ट कारोवार गर्नुहुने वाल बचतकर्ता, असल ऋणी, व्यवसायी र कर्मचारीहरुलाई समेत पुरस्कृत गरीएको थियो ।

कार्यक्रमा प्रमुख अतिथी पोख्रेल सहित उर्लाबारी नगरपालिका वडा नं.–६ का वडाध्यक्ष चिन्तामणी पौड्ेल सहितका वक्ताले संस्थाले संस्थागत विकास र शेयर सदस्यको आर्थीक समृद्धिमा योगदान गरेकोमा प्रशंशा गर्दै अझ क्रियाशिल भई कार्य गर्न शुभकामना समेत प्रकट गरेका छन । संस्थाले सवै सेवा केन्द्रमा भाद्र २८ गते देखि नै साधारण सभा शुरु गरी शुक्रबार समापन गरेको कार्यकारी प्रमुख थरेन्द्रराज पौड्ेलले बताएले बताएका छन ।