धरान/एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबारबाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याएको छ । 

अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने जनाएको छ । यी प्याकहरू आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । यसको मतलव ग्राहकहरूले यी प्याकहरू आइतबारदेखि मङ्गलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाइँदै छ । 

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सञ्चालन गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउनेछन् ।