धरान/बोन्साई आगन्तुक भाषा हो । जसको नेपालीमा अर्थ हुन्छ ‘पुड्को रुख’ । जापानतिर बढी प्रख्यात छ । यस्तै सुनेका धरान–१६ का रामबहादुर तामाङले रैथाने प्रजातिका रुखलाई ‘बोन्साई’ बनाउन चार दशकदेखि प्रयासरत छन् । उनले यसैमा अन्वेषण गरिरहेका छन् । 

‘मेरोमा स्थानीय प्रजातिको रुखहरूलाई नै बोन्साइ बनाएको छु’ उनले भने, ‘बोन्साई भनेको कसैबाट सुने । अनि प्रयोग गरिरहेको छु ।’ यो चार दशकको अवधिमा अन्वेषण गर्दा रैथाने प्रजातिलाई बोन्साई बनाउन सबैभन्दा सहज काब्रा र स्वामीको रुख रहेको उनी बताउँछन् । त्यसो त उनले बर र पिपल, कामिनी, बगमबेलीको रुखलाई पनि बोन्साई बनाएका छन् ।

बोन्साई बनाउने उनको आफ्नै शैली छ, रैथाने शैली । बिरुवा उमार्न ढुङ्गा तथा इँटा प्रयोग गर्छन् । त्यहीँ ठाउँमा उम्रिएको रुखको जराहरूलाई बढ्न दिँदैनन् । बरु ढुङ्गामै बेरिदिन्छन् ।

बोन्साई अर्थात् पुड्को रुख बनाउन ४० को दशकमा उनले आफ्नै वडा क्षेत्रमा रहेका ठुल्ठूला रुखहरूमा उम्रिएका बर, पिपल, स्वामी, काब्रालाई प्रयोग गरे । फलतः उनी सफल पनि भए । २०४० सालमा बोन्साई बनाएको पिपलको रुख देखाउँदै तामाङले भने, ‘रुखहरूबाट पैसा दिएर कलेक्सन गरेँ । कतिपयले स्वामीको बिरुवा दिनुभयो । त्यसलाई पनि प्रयोग गरेँ ।’

बोन्साई बनाउने उनको आफ्नै शैली छ, रैथाने शैली । बिरुवा उमार्न ढुङ्गा तथा इँटा प्रयोग गर्छन् । त्यहीँ ठाउँमा उम्रिएको रुखको जराहरूलाई बढ्न दिँदैनन् । बरु ढुङ्गामै बेरिदिन्छन् । ‘आफ्नै किसिमबाट गर्दै गएँ, आजसम्म आएको छ’ उनले भने, ‘स्थानीय स्तरमा पाइने बिरुवालाई नै बोन्साई बनाएको छु ।’

bonsai_dharan_ram_researcher (2)

बोन्साई बनाएको बिरुवालाई उनले पहिलो पटक धरान–१३ मा प्रदर्शन गरेका थिए । साल, मिति भुले पनि तात्कालीन समयमा मनोजकुमार मेन्याङ्बो धरानका नगर प्रमुख थिए । प्रदर्शनमा राखेको बोन्साई मन परेका कारणले नगर प्रमुख मेन्याङ्बोले गाडीमा हालिसकेको स्मरण गर्छन् । ‘ठ्याक्कै गोमन सर्प फुलेको जस्तो थियो, मेयरले गाडीमा हालेको थियो; मैले यो देखाउन ल्याएको हो भनेँ’–उनी भन्छन् । त्यही बोन्साईलाई तीन वर्षयता ढुङ्गामा सारेका छन् ।

बोन्साईबारे कुनै तालिम नलिएका उनलाई पूर्व ब्रिटिस सेना गोपाल राईले त्यसबारे जानकारी दिएका छन् । त्यो जानकारीले उनलाई थप मद्दत मिलेको उनी बताउँछन् । राईकै कारणले केही बिरुवा बेच्न पनि सफल भएका छन् । उनले हालसम्म उनले १८ हजार रुपैयाँ बराबरको दुईवटा बिरुवा बेचेका छन् ।

धनकुटा पुख्र्यौली थलो भएका तामाङ गोठमा बस्दा मकैको ढोड बालेर क, खसम्म छिचोलेका छन् । तर, उनको बोन्साईप्रतिको ज्ञान भने अथाह छ । 

आफ्ना छोराछोरीभन्दा बढी माया गर्दै आएका उनलाई बोन्साईको व्यापारको सुनौलो दिन आउनेमा आशावादी छन् । ८० वर्षीय तामाङले भने, ‘कुनै न कुनै दिन जान्छ जस्तो लाग्छ । होटलहरूमा लान्छ भन्ने जानकारी पाएको थिएँ । कुनै दिन बिक्ला !’ 

जापानमा विकास भएको बोटानिकल प्रविधि नै बोन्साई हो । विभिन्न अनलाइनका अनुसार जापानमा एउटै बोन्साई १ दशमलव ३ मिलियन डलर (करिब १५ करोड रुपैयाँ) सम्म बिक्री भएको रेकर्ड छ । त्यसकारण पनि तामाङ आशावादी छन् । भन्छन्, ‘अब कत्तिको सक्सेस हुन्छ थाहा छैन तर हुन्छ नै जस्तो लाग्छ ।’

धनकुटा पुख्र्यौली थलो भएका तामाङ गोठमा बस्दा मकैको ढोड बालेर क, खसम्म छिचोलेका छन् । तर, उनको बोन्साईप्रतिको ज्ञान भने अथाह छ । ३३ को दशकदेखि छोराछोरीको लालनपालन गर्न फूलको नर्सरी गरेका उनी ५० को दशकबाट बोन्साईमा पूर्णकालीन भए । ४० को दशकबाट सुरु गरे पनि ज्ञान नभएका कारण एक दशक प्रयोगमै सीमित गरे ।

बिहान उठ्ने बित्तिकै आफूले हुर्काएका बोन्साई देख्दा आनन्द लाग्ने उनी बताउँछन् । ‘आनन्द लाग्छ, बिहान उठेपछि यसैमा ध्यान जान्छ । छोराछोरीभन्दा पनि बढी माया लाग्छ’ उनी भन्छन् ।