धरान । एलजीले वल्र्डकपलाई लक्षित गर्दै युक्यु सिरिजको युएचडी टिभी नेपाली बजारमा भिœयाएको छ ।

एलजीको आधिकारिक बिक्रेता सीजी इम्पेक्सले टिभी नेपाली बजारमा ल्याएको हो । युएचडीका ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च, ७५ इन्च र ८६ इन्चको टिभी नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

युएचडी टिभी श्रेणीमा नेपालकै नम्बर वान ब्रान्ड एलजी रहेको जनाइएको छ । यसमा फोर के डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टमलगायतका विशेषता रहेका छन् ।

त्यस्तै आई.पि.एस. प्यानल फोर के, एच.जी.आई.जी. मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम.) गेम अप्टिमाइजर, ए.आई ब्राइटनेस, ए.आई साउन्डका सुविधा रहेको बताइएको छ । एमेजोन एलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषता पनि रहेको कम्पनीले जनाएको छ ।

एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आईफोनबाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्ने जनाइएको छ । एलजीका सबै साइजका टिभीहरू सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।