धरान । धरान–९ स्थित सब्जीमन्डी चोकमा ‘चिल–पिल’ क्याफे एन्ड पब सञ्चालनमा आएको छ ।

क्याफे एन्ड पब सब्जीमन्डी स्थित ‘९९ शप’ अगाडिको घरमा दोस्रो र तेस्रो तल्लामा रहेको छ । भित्तामा बुद्ध, भैरवलगायतका आकर्षक चित्र र लाइटिङ सिष्टमले सजाइएको छ । यहाँ एकै पटक ६० जनाभन्दा बढी बसेर खान मिल्ने चिलपिलकी सञ्चालिका नन्दिका श्रेष्ठले बताइन् ।

उनका अनुसार चिलपिलमा विशेषगरी किमा नुडल्स र झोल मःमः, चिकन आइटम, बर्गर, पिज्जाजस्ता खानेकुरा उपलब्ध छन् । क्याफे एन्ड पबको माथिल्लो तलाबाट सब्जीमन्डी वरपरको दृश्यावलोकन गर्न सकिने भएकाले ग्राहकहरूले मन पराएको सञ्चालिका श्रेष्ठले बताइन् ।

सब्जीमन्डी आसपासमा खाजा पाइने अन्य रेष्टुरेन्ट तथा पसलहरू भए पनि नयाँ पुस्ताले समेत मन पराउने आधुनिक शैलीको क्याफे एन्ड पब नरहेकाले चिलपिल सञ्चालन गरेको सञ्चालिका श्रेष्ठको भनाइ छ । उनी भन्छिन्, ‘यो क्षेत्रमा अलि बढी भीडभाड छ । तर, यहाँ बजार आउनेहरूका लागि गफगाफ गर्दै खाजा खाने राम्रो स्थान भेटिएकाले यहीँ खोल्ने निर्णय गर्यौं ।’

सञ्चालनमा आउने बित्तिकै ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएकाले यहाँ अझै खानाका विभिन्न आइटम थप्दै जाने सोच बनाएको सञ्चालिका श्रेष्ठले बताइन् ।

drn-hotel123