विजयपुर । एजी एक्सप्रेस कार्गो एन्ड कुरियरले धरानमा सेवा सुरु गरेको छ ।

आइतबार धरान–९ स्थित पुतलीलाइनमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको हो । कार्यालयका उद्घाटन सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरे ।

कुरियरका सञ्चालक तुलसी उप्रेतीले चीन, कोरिया, जापान थाइल्यान्डमा समेत सेवा प्रदान गर्दै आएको बताए । उनले उद्योगलाई चाहिने कच्चा पदार्थ तथा तयारी सामग्री आयात तथा निर्यात र नेपाली मार्केटमा सहज र सरल रूपमा सेवा प्रदान गरिरहेको बताए ।

अम्बला ग्रुप हङ्कङबाट सञ्चालित एजी एक्सप्रेस कार्गो एन्ड कुरियर सेवा हङ्कङ, मकाउ, सिड्नी, चीन, न्युयोर्क र काठमाडौँमा कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।

सञ्चालक उप्रेतीले धरानसहित आसपासका क्षेत्रको उत्पादनहरू विश्व बजारमा बिक्री वितरण गर्न र विश्व बजारका सामग्रीहरू सहजरूपमा धरानमा उपलब्ध गराउने बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष विजय श्रेष्ठले धरानमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउँदै व्यवसायीहरू आउनु राम्रो भएको बताए । उनले धरानमा लगानी गर्ने व्यवसायीलाई स्वागत खुला हृदयले स्वागत गर्ने बताए । धरान–९ का वडाध्यक्ष रूपेश आचार्यले सहयोग गर्ने बताए । उनले स्वदेशी उत्पादन निर्यात गर्नसके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए ।

कार्यक्रममा नागरिक समाज इटहरी अध्यक्ष राजु केसी, होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली, नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष केशव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।