भद्रपुर । झापाको गौरीगञ्ज गाउँपालिका–६ को डौवाबारीमा नगेन्द्र ढकालको धानमा थ्रेसर लगाउँदै गर्दा आगलागी भएको छ । धानमा थ्रेसर लगाउने क्रममा आइतबार बिहान करिब ११ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट ढकालको पौन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको जिल्लाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले बताए । आगो निभाउन गौरादह दमक, ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोग गरेको उनले जनाए ।