यही पौष १६ गते हुने सहकारीको छाता सङ्गठन राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक समिति सदस्य खुल्ला तर्फ हरिबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

दर्जनै सङ्घ संस्थाहरूको नेतृत्वदायी पदमा रहेर काम गरेका  खड्का  गण्डकी प्रदेशबाट एक्ला उम्मेदवार हुन् । उनी एक दशकदेखि शुभकामना बहुउद्देश्यीय सहकारी संस्था दुलेगौँडाको सञ्चालकको रूपमा आबद्ध रहेका छन् ।

खड्काले सहकारी विकासका लागी उत्पादनसँग जोड्न अपरिहार्य रहेको भन्दै त्यसका लागि  महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भएकाले आफूले उमेदवारी दिएको बताएका छन् । उनले उमेदवारी दिएसँगै सहकारी बैङ्कको बिस्तार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउन, आर्थिक सुशासन तथा पारदर्शिता कायम गर्न, सहकारी अभियानलाई सुदृढ बनाउन, सहकारी तथा सहकारी कर्मचारी स्थायित्वका लागि र राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारीलाई बलियो खम्बाको रूपमा स्थापित गर्न जस्ता योजनाहरू अघि सारेका छन् । 

सहकारीको दिगो विकासकालागि आफूले सारेका योजनाहरू आजको समयमा अपरिहार्य रहेको भन्दै  ती योजनाहरूलाई कार्यान्वयन चरणमा पुर्‍याउन आफूलाई मत दिएर जिताउन प्रदेश १ का सहकारीका प्रतिनिधिहरू समक्ष अपिल समेत गरेका छन् । देश भरका १६ हजार बढी सहकारीकाे लगानीमा स्थापित बैँककाे संञ्चालक समितिकाे छनाेट गर्दा अाबद्ध रहेका सहकारीकाे  प्रतिनिधिहरूले भाेट गर्ने  खड्काले बताए । उनका अनुसार प्रदेश १ का लागी विराटनगर निर्वाचन हुने छ ।

बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । सचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन जना महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिलाको आरक्षण गरिएको छ ।

खड्का ढोरबाराही एफ.एम. प्रा.लि.को सञ्चालक समितिका सचिव समेत हुन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ खड्का एसोसियट अफ प्राइभेट हेल्थ इन्स्टिच्युड अफ नेपालको केन्द्रीय उपाध्यक्ष, तनहुँ सेवा हस्पिटलका अध्यक्ष, पश्चिमाञ्चाल प्राविधिक शिक्षालयका अध्यक्ष र बाल विद्या मन्दिर माध्यमिक विद्यालयको सञ्चालक हुन् ।

खड्का अधिकृत विक्रेता सङ्घ तनहुँको अध्यक्ष, तनहुँ उद्योग वाणिज्य सङ्घ, पूर्व–एसोसियट सदस्य, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको पूर्व उपाध्यक्ष, लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटीका पूर्व अध्यक्ष र रोटरी क्लब अफ लेखनाथको चार्टर सेक्रेटरी समेत हुन् ।

खड्काले आफू आबद्ध संस्थाहरूको पद अनुसार सफल नेतृत्व र भूमिका निर्वाह गर्दै आएका छन् । व्यावसायिक क्षेत्रमा सफल खड्काले युनिक डिपार्टमेण्टल स्टोर प्रा।लि, युनिक मल्टी एग्रो प्रा।लि, युनिक ट्रेडर्स, युनिक इन्टरप्राइजेज, युनिक ट्रडिङ कन्र्सन र युनिक सप्लायर्सको सञ्चालक हुन् ।