विजयपुर । जावलाखेल ग्रुप अफ कम्पनीले काला पत्थर नामक ह्विस्की बजारमा ल्याएको छ ।
कम्पनीले उपभोक्ताको लागि नयाँ उत्पादन प्रिमियम ह्विस्की ब्रान्ड ‘काला पत्थर’ बजारमा ल्याएको हो । काला पत्थर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की नभएको कम्पनीले जनाएका छ ।
कम्पनीका अनुसार हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्यान्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको हो । वाल्र्ड अर्चर्ड फ्रूट र टफीको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रण रहेको कम्पनीको भनाइ छ । ह्विस्की ७ सय ५० एमएल, १ सय ८० एमएल र ९० एमएलका बोतलमा बजारमा उपलब्ध छ ।