प्रतिनिधि सभाकाे सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा भएकाे मतदानमा सत्ता साझेदार दलकाे लर्फवाट उमेदवार बनेका घिमिरेले १६७ मत प्रप्त गर्दा नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने सय मत प्राप्त गरेकी छन् । 

 घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए । भने, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए ।