Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • गैरीगाउँ हत्या प्रकरण :रायसहितको प्रतिवेदन बुझाइयो

गैरीगाउँ हत्या प्रकरण :रायसहितको प्रतिवेदन बुझाइयो

alt
  • असोज २४, २०८०
  • ब्लाष्ट खबर

काठमाडौँ/काठमाडौँ महानगरपालिका वडा नम्बर –३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।

अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

“प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ। उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले भने। बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका उनले बताएका छन्। अनुसन्धानका क्रममा प्रहरीले ब्रेन म्यापिङ (दिमागी अवस्था परीक्षण) गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिएका छन्। सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिएका छन्।अध्ययनपछि अभियोजन दर्ता हुने उनको भनाइ थियो। “प्रहरीले भने उनलाई जन्म कैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ,उनले भने। आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन्। राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो । भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर –३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल,उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

यो पनि - नगरप्रमुख र वडाध्यक्ष जोड्ने रसायन यो पनि - शिक्षामा अकर्मण्य धरानः सनकको भरमा कर्मचारी सरुवा गरिंदा २ सय ९१ शिक्षकको कार्यसम्पादन मूल्यांकनको समय घर्क्यो यो पनि - धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन यो पनि - अध्यक्षसहित चार सञ्चालकलाई कारबाहीको माग यो पनि - घूस रकमसहित तीन पक्राउ यो पनि - चार उद्योगविरुद्ध मुद्दा दायर यो पनि - सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर यो पनि - झापामा हात्ती मृतावस्थामा फेला यो पनि - टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती यो पनि - आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा
सम्बन्धित समाचार
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह :पूर्वराष्ट्रपति भण्डारी

मोरङ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स् ...

डिपो स्कुलमा खुला व्यामशालाको उद्घाटन

धरान।  धरान १८  स्थित डिपो स्कुलमा खुला व्यामशाला निर्माण गर ...

भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छःअध्यक्ष दाहाल

काठमाडौँ।सङ्घीय संसद् प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह :पूर्वराष्ट्रपति भण्डारी
डिपो स्कुलमा खुला व्यामशालाको उद्घाटन
भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छःअध्यक्ष दाहाल
माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनःमहामन्त्री थापा
अधिकृतद्वारा ठगी घटनाः वारेसमार्फत् लिइन् दुई महिनाको तलब
उमागौरी सहकारी प्रकरणः अनुकूल न्यायाधीश खोज्न सुनुवाइ सारेको सार्यै
लागूऔषधसहित धरानबाट एक पक्राउ
शृङ्खलाबद्ध चोरीमा संलग्न तीन पक्राउ
जातीय भेदभावको अन्त्य व्यवहारमा होस्
आजको राशिफलः २०८२ साल जेठ २३ गते शुक्रबार
वातावरणमैत्री विकासमा जोड दिन आग्रह
मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन
पर्यटक पथ प्रदर्शकका समस्या सरकारले समाधान गर्ने
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved