प्रा.डा. बद्रीविशाल पोखरेल /
के.पी. शर्मा ओली झापाbadri विद्रोहको oooपृष्ठभूमि र त्यसको आरम्भसँगै  नेपाली कम्युनिष्ट आन्दोलनको उँचाइमा आरोह गर्न थाल्नुभएका नेता हुनुहुन्छ । उहाँमा स्व.रामनाथ दाहालको कम्युनिष्ट आदर्शको गहिरो प्रभाव परेको देख्न सकिन्छ । पार्टी र सरकारको शीर्षस्थ नेतृत्वमा नहुँदा पनि ओलीको राप, ताप र प्रताप पार्टीव्यापी मात्रै होइन, राष्ट्रिय स्तरको देखिन्थ्यो । हिजै नेपालको संविधान २०७२ जारी गर्ने बेलामा भारतीय विदेश सचिव एस.जयशङ्करले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भन्दा एमाले अध्यक्ष ओलीसँगको भेटलाई प्राथमिकता दिएको कुराबाट यसको पुष्टि हुन्छ । ओलीविरोधी मत र मान्यता भएर पनि प्रधानमन्त्री हुनेबित्तिकै उहाँलाई भारतीय सरकारले भ्रमणको औपचारिक निम्ता दियो । विगतका कति नेपाली प्रधानमन्त्रीले भारत भ्रमणको अदम्य चाहना राख्दा पनि निम्तो पाउन सकेनन् । जसरी विगतका दिनमा मदन भण्डारी र सी.पी.मैनालीका बीच नेतृत्वको प्रत्यक्ष वा परोक्ष अस्वस्थ टक्कर देखिन्थ्यो । आम कार्यकर्ता जादुगरी भनेर प्रचार गरिएका तत्कालीन माले नेता सी.पी. मैनालीलाई यही लेखकलगायत धेरैले आफ्नो शिरभन्दा एक हातमाथि राख्थे, सम्मान गर्थे । तर व्यवहारका कसीमा घोट्ता मदन भण्डारीका अगाडि मैनाली सबै हिसाबले कमजोर साबित भए ।
१४ वर्ष नख्खुजस्तो कालकोठरी लाग्ने कष्टकर जेल जीवन व्यतीत गरेर धुकधुकी मात्र बाँकी रहेका ओलीसित संगठन सञ्चालनको धेरै अनुभव नभएको बताइन्छ तर भूमिगतकालपछि पनि युवा सङ्घको संस्थापक अध्यक्ष हुँदै पार्टी र मोर्चाका अनेक निकायका सांगठनिक कामको सफल अनुभव हासिल गर्नुभएका ओलीसँग सांगठनिक अनुभव र क्षमता नभएको मान्नै सकिन्न । ओली राजकीय वा राजनीतिक आपूmले जिम्मा लिएका जुनसुकै काममा सफल देखिनुहुन्छ । समग्रमा ओली मदनपछिका अब्बल एमाले नेता मानिनुहुन्छ । मदन भण्डारीको निधनपश्चात् विराटनगरमा सम्पन्न पूर्वाञ्चलव्यापी अगुवा कार्यकर्ताका बीच पाँच घण्टा धाराप्रवाह रोचक र घोचक पारामा विश्व र नेपाली कम्युनिष्ट आन्दोलनका आरोह–अवरोहको ओली व्याख्यानले मदनको निधनपछि पनि अर्का मदन पार्टीमा जीवित रहेको यस लेखकलाई अनुभव भएको थियो ।
तुलनात्मक रुपमा अन्य नेताका सापेक्षतामा हेर्दा हरक्षेत्रमा ओली उँचाइ त्यति बेलै अग्लो देखिन्थ्यो । माओवादी मूल्याङ्कनलगायत धेरै कुरामा ओलीको दृष्टिकोण र विचार दूरदर्शी ठहरिएको पाइन्छ । अरु नेताको जस्तो छिनछिनमा फुट्ने पानीको फोकाजस्तो अस्थिर विचार उहाँको हालसम्म पाइएको छैन तर ओली नेतृत्वका सकारात्मक पक्षलाई प्रत्यक्ष वा परोक्ष रुपमा सार्वजनिकीकरण गर्दा पार्टीको तत्कालीन संस्थापन पक्षको कोपभाजनमा पर्ने खतरा रहन्थ्यो । विगत कालमा ओलीविरोधी मत र मान्यता पार्टीकै केही उपल्ला नेताले तल्ला तहमा प्रायोजित रुपमा पैmलाएको यस लेखकसित तीतो अनुभव रहेको छ । अभैm पनि पार्टीका तल्ला तहमा यस कुराले घर गरिरहेको अनुभव हुन्छ । यही रणभुल्लमा लामो काल अलमलिए पनि एउटा कम्युनिष्ट हुनु र त्यसको समर्थक हुनु भनेको घुमिफिरी पश्चगामी राजनीतिक संस्कृतिको दास हुनु होइन भन्ने जोशपूर्ण होश पलाएपछि पार्टी नेतृत्वका सकार र नकारलाई लेखमार्पmत् उजागर गर्न थालिएको हो ।  
ओलीले झापामा व्यक्ति सफायाका शुरुआतमा यस खालको उग्रता र अतिवादको रचनात्मक विकल्पको खोजमा पार्टी कमिटीमा विचार व्यक्त गरेको पाइन्छ । उहाँले अमूक देशको सोझो नक्कल गरेर व्यक्ति हत्याजस्तो कथित क्रान्ति गर्नु जाती नभएको बैठकमा उठाउनुभएको  देखिन्छ । २०३६ सालको जनमत सङ्ग्रहलाई पार्टी विचार, सिद्धान्त र राजनैतिक जागरणको अभियानका लागि भए पनि उपयोग गर्ने खालको लामो पत्र तत्कालीन पार्टी नेतृत्वलाई दिनुभएको उहाँ बताउनुहुन्छ । यिनै र यस्तै बहसको परिणाम २०४२ सालमा जनपक्षीयका नाममा रापस र स्थानीय निकायको चुनावमा भाग लिने माले पार्टीको निर्णयमार्पmत् अगाडि बढ्ने बाटो प्रशस्त हुन सकेको हो । ओली जबजको बीज, बीजारोपण र वृद्धिकरणका बेलादेखि नै जननेता मदन भण्डारीलाई निःशर्त दृढता साथ समर्थन गर्दै यसको समृद्धिका खातिर अविचल रुपमा लागिरहनुभएको पाइन्छ । उहाँले जबजलाई सत्ता, शक्ति र सुविधाजस्ता अवसर प्राप्तिको दाउ कहिल्यै बनाएको पाइएन । बरु पार्टीको मियो नभए पनि त्यसको वरिपरि रहेर भए पनि जबजअनुकूलको पार्टी संगठनात्मक सोच र मान्यता उहाँले नै ल्याउनुभएको थियो । तर पार्टीमा घनीभूत रहेको चरम् अवसरवादी प्रवृत्तिका कारण उहाँले सुझाएको जनवादी लोकतान्त्रिक वा अध्यक्षीय पार्टी कमिटी प्रणाली सातौँ पार्टी महाधिवेशनमा निकृष्ट आरोपसहित निषेध गरियो, गराइयो । तर ओलीको त्यही जनवादी साङ्गठनिक मान्यता आठौँ महाधिवेशनमा पहिले कटु आलोचना गर्ने नेताहरुले नै अत्यन्त उत्कृष्ट भनी धुँवाधार प्रशंसा गरी पारित गरियो ।
पुरातन सुस्त, शिथिल र सेवा भावना क्षयोन्मुख रहेको कर्मचारी संयन्त्रभित्रको गम्भीर कमजोरीका कारण ओली सरकार जनराहतका काम गर्न पछि परेको देखिन्छ र यस कुरालाई स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएको पाइन्छ । अनेकथरीको गठजोडमा बनेको ढलपल सरकारको स्थितिका कारण पनि कर्मचारीको जाँगर र मनोभाव अलमलिएको हुनसक्छ । नेपालको अस्थिर सरकारका कारण आर्थिक–भौतिक दूरगामी सन्धि र सम्झौतामा चीन आपैmँ चिन्तित बनेको पाइन्छ । यस्ता कमजोरीका कारण देशले गति लिन नसकेको हो ।    
कमजोरीका अतिरिक्त ओलीको प्रधानमन्त्रीय राप, ताप स्पष्ट देखिन्छ । ठूलो विनाशकारी भूकम्प, निर्माण हुन नसकेको पुनःनिर्माणको नीति र कार्यक्रम, नेपालको संविधान २०७२ जारी भएपछिको मधेश आन्दोलन, भारतीय नाकाबन्दीजस्ता चौतर्फी सकसका बीच सरकारको नेतृत्व सम्हाल्न पुग्नुभएका ओलीको स्थितिलाई अधिकांश लेखकले निष्पक्ष रुपमा चर्चा गरेका छन् । नीलाम्बर आचार्यले ओलीको राष्ट्रिय अडानको खुलेर तारिफ गरेका छन् । (नयाँ पत्रिका, बुधबार, १ वैशाख २०७३, पृ.४) । प्रा.पीताम्बर शर्माले पनि ओलीको चीन भ्रमणबाट महत्वपूर्ण तथा ऐतिहासिक सम्झौता भएको ठहर गरेका छन् । (प्रा.पीताम्बर शर्मा, हामीले खेल्ने नेपाल कार्ड मात्र खेल्ने हो, कान्तिपुर, आइतबार, २१ चैत्र २०७२) । नेपाली काङ्ग्रेसका युवा नेता चन्द्र भण्डारीले ओली सरकारका केही कमजोरी उल्लेख गरे पनि उहाँले विदेश भ्रमणका बेला पाएको सम्मान, उहाँको वाक्पटुता र अडानको प्रशंसा गर्दै ओलीले भ्रमणका क्रममा राष्ट्रिय अडान र दृष्टिकोण प्रस्तुत गरेकामा आपूmले अत्यन्तै ठूलो गौरवपूर्ण नजरले हेरेको भण्डारीले बताएका छन् । (नयाँ पत्रिका, आइतबार, २८ चैत्र, २०७२) । प्रसिद्ध लेखक कृष्णमुरारी भण्डारीले भारत र चीनको औपचारिक भ्रमण गरेर त्यहाँ गरिएका राष्ट्रहित र अडानसहित गरिएका सन्धि र समझदारीका कारण ओली एमाले नेताबाट राजनेतामा परिवर्तित भएको बताएका छन् । (कृष्णमुरारी भण्डारी, चीन भ्रमणपछि ओलीका पच्चीस चुनौती, अन्नपूर्ण पोस्ट, बुधबार, १७ चैत्र २०७२) तर राष्ट्रिय पहिचान बनाएका कतिपय एमाले नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीका सकारात्मक पक्षको समुचित चर्चा पनि खुल्ला दिलले गर्न हिच्किचाइरहेको देखिन्छ । अझ उल्टो भीमदत्त नगरपालिका, कञ्चनपुरमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद्को उद्घाटन समारोहमा एक एमाले उपाध्यक्षले अन्तिम वक्तव्यका क्रममा अमूक एमाले वरिष्ठ उपाध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्रीको नामनामेसी चारपटकसम्म दोहो¥याउँदै उनले पश्चिम नेपाल र देशका लागि उल्लेख्य काम गरेको बखाने । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका राष्ट्रवादी अडानका बारेमा प्रमको नामानामेसीसहित यथोचित चर्चा गर्नसम्म पनि पर्याप्त कोढ्याइँ गरे ।
केन्द्रीय सदस्य तथा बुद्धिजीवीका सहइञ्चार्ज चुँडालले ओलीविरोधी मनोगत फतुर आरोप अनौपचारिक रुपमा यही लेखकसित गरे । केही एमाले वरिष्ठ र केन्द्रीय नेताले ओलीलाई नै अहिले पनि गुटगत सङ्कीर्ण सोच र क्रियाकलाप गरेको भनेर आरोपित गरिरहेको देखिन्छ । यस कुरालाई केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय समितिको बैठकमा खुलस्त पारेका छन् । विगतमा आपैmँ वा आफ्नो गुटले सुनियोजित रुपमा पार्टीमा माथिदेखि तलसम्म काँक्रा चिरेभैmँ दुई फ्याक पारेको र त्यसलाई अहिले पनि मलजल गरिरहेको चटक्कै बिर्सिएर ओलीलाई पार्टीमा गुटगत क्रियाकलापमा संलग्न भनी अनावश्यक आरोप लगाएको देखिन्छ । विगतमा लिङ्ग र पहिचान नभएको पार्टी भनेर चिनिएको एमाले नवौँ महाधिवेशनपछि ओलीका कारण लिङ्गीय पहिचान जताउन सक्ने भयो । ओलीको जबर्जस्त उदयपश्चात् एमाले राष्ट्रिय राजनीतिमा दर्बिलो मियो बनेको छ ।
यस्ता कुरा देखीदेखी ओली व्यक्तित्वका सकारात्मक पक्षको चर्चासम्मलाई लक्षित गर्दै नेतृत्वको देवत्वकरण गर्न खोजिएको भन्नु इष्र्याजन्य अभिव्यक्ति मात्र हो । अन्य पार्टीका तुलनामा ओलीले सबै हिसाबले सकेसम्म सन्तुलित रुपमा पार्टीलाई व्यवस्थित तथा पुनःसंयोजित गरेको कुरा केही दिनअघि स्वतन्त्र विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.ले एक टी.भी.कार्यक्रममा बताएका थिए । ओली आपैmँले आफ्नो फाउ जीवन देश र जनताका खातिर लगाउने उद्घोष गर्नुभएको छ र अहोरात्र खटेर देश र जनताको उत्थानमा लाग्ने प्रण र प्रतिज्ञा उहाँमा देखिन्छ । सिङ्गो राजनीतिक र राजकीय संयन्त्र एक चित्तका साथ लागिपर्ने हो भने ओली सपना पूरा नहुने कुरै छैन तर अनेक खालको छोटो र खोटो मनोविज्ञानका कारण ओलीजस्ता परिवर्तनकारी तथा दूरदर्शी व्यक्ति शुरुमा एक्लाजस्ता लाग्छन् । पार्टी जीवनमा उनी कतिपय सवालमा पहिले एक्लो हुनुभएकै हो । जीवन र जगत्को भलो चिताउनेहरुले विष त पान गर्नुपरेको छ भने न्यून चेतनाको राजनयिक तथा राजकीय पुरातन संस्कारको संयन्त्रका अगाडि ओली आलोचित हुनु कुन आश्चर्यको कुरा भयो र ? तर दूरदर्शी मानवहरुमा आफ्नो अवसानपछि पनि आपूmद्वारा प्रतिपादित विचार, दृष्टिकोण र मान्यतालाई लागू गराउने क्षमता हुन्छ । यस्ता व्यक्तित्व शुरुमा कसैका हुँदैनन् तर समयक्रममा सबैका हुन्छन् । त्यसमा पनि मृगौला प्रत्यारोपण गरेर दीर्घ जीवन प्राप्त गरेका प्रशस्त उदाहरण यस धर्तीमा पाइन्छ ।