सलाम  प्रेरक प्रचारशैलीलाई
धरान आफै आज नेकपा एमालेको ऐतिहासिक सातौँ नगर अधिवेशनमा व्यस्त छ । राष्ट्रका कार्यकारी प्रमुखसमेत रहेका पार्टी अध्यक्ष केपी ओली धराने जनताको सम्मान गर्दै अधिवेशन उद्घाटननिम्ति यहाँ उपस्थित छन् । एमालेजन मात्र नभएर समग्र धरानेहरू यस बेला गर्वानुभूbhimति गरिरहका छन् ।
उसो त एमाले स्थानीय नेतृत्वले धरानबाट आप्mना अध्यक्षमार्पmत् यसपटक यौटा नवीन सन्देश समग्र एमाले वृत्त र देशभरि सम्प्रेषण गर्न खोजेको छ, जुन स्वाभाविक र प्रशंसायोग्य छ । दलीय राजनीतिमा अडिएको हाम्रोजस्तो मुलुकमा एमाले धरानको यो स्तुत्य प्रयासलाई स्वयं अध्यक्षले पार्टीका स्थानीय र राष्ट्रियस्तरका तमाम सम्मेलन र अधिवेशनहरूमा अनुकरण गर्न पार्टी पङ्क्तिलाई प्रेरित र निर्देशित गर्ने कलिलो अपेक्षा यहाँका एमालेजनमा जागेको छ । खासगरी यसपटकको नगर अधिवेशनको मुख्य विशेषता भन्नु नै यही देखियो । अधिवेशन प्रचारका लागि अनेकन तुल–ब्यानर, पर्चा र खासगरी नगरको सौन्दर्य नै बिगार्ने भित्तेलेखन र इन्द्रेणी पोस्टरमय परम्परालाई एमाले धरानले जनसरोकारका कार्यक्रमद्वारा विस्थापित गरेको छ ।
यस क्रममा धरानका वडावडामा सरसफाइको कार्यक्रम सम्पन्न भयो । जनतासम्म एमालेको सातौँ नगर अधिवेशनको सुन्दर सूचना पु¥याउन धरान–१५ को आधारभूत बस्तीमा एकदिवसीय निःशुल्क दन्त शिविर सञ्चालन भयो । झन्डै डेढ सय जनताले दाँत परीक्षणकाट लाभ लिए । यसरी नै पत्रकार र पार्टी क्षेत्रीय कमिटीबीच मैत्रीपूर्ण फुटबल गराएर अधिवेशनको सूचना सञ्चारजगत्लाई निमन्त्रणासहित पु¥याइयो । शान्त पाराले एमाले धरानले आज आप्mनो सातौँ अधिवेशन गरिरहेको छ । प्रचारको यो सफा, शान्त र नवीन शैली अन्य दलहरूले समेत अनुकरण गर्नुपर्दछ । यो धराने जनताको अपेक्षा हो । आदरण्ीय प्रधानमन्त्रीले मुलुकलाई आफ्नै लोकप्रिय दलका माध्यमले यस्तो प्रचार–प्रवृत्तिलाई परम्पराको रूपमा अघि बढाइदिए हाम्रो सम्मान सम्झने छौँ ।
प्रचारशैलीजस्तै
चुस्त बनोस् अधिवेशन
एमालेभित्र सैद्धान्तिक विवादको लेश पनि छैन । जनताको बहुदलीय जनवाद एमालेजनको एकमना अभीष्ट कार्ययोजनाको आधार हो । तर, लोकतन्त्रका सकारात्मक प्रवृत्तिसँगै दाइजो आएका कतिपय नकारात्मक प्रवृत्तिले एमालेजनमनमा पनि कोटेरा–गुँड बनाएको देखिन्छ । पठन, लेखन र सैद्धान्तिक चिन्तनभन्दा सस्तो हुन्छ– पद, पैसा र पाखुराको विज्ञापन । अरुले गरेका राम्रा कामको सिको गर्ने र नराम्रा कामबाट शिक्षा लिएर सचेत बन्ने बानीको विकास आवश्यक छ । सैद्धान्तिक क्षयीकरणले नेता र कार्यकर्तामा भूकम्पले भन्दा बढी क्षति हुँदै गएको छ । कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरू स्वयं धर्म, परम्परा र संस्कृतिजस्ता कुरामा स्पष्ट नहुनु गरीबी नै हो । सांस्कृतिक परम्पराको बचाउका नाममा अन्धविश्वास, धामीपथ, द्यौतेशपथ र विकृतिपूर्ण अमानवीय जातीय छुवाछुतमा विश्वास गरिरहने हो भने एमाले हुनुको कुनै सार्थकता देखिन्न । त्यसैले अबको स्थानीय नेतृत्वको चयनमा सुदृढ, एकताबद्ध, सैद्धान्तिक र व्यावहारिक रूपले सक्षम, अध्ययन र चिन्तनमा दक्ष, जनसरोकारका विषयमा स्पष्टताजस्ता आधारहरू बनून् । एमालेमा सर्वत्र देखिएको बालकोट, कोटेश्वर, डल्लु आदि सुपरस्टेसनका सुपरिस्टिसन यहाँ नपसून् । एमाले मात्र रहून् सबै । पार्टी अध्यक्षलाई पनि यसले सकारात्मक कोसेली नै हुने छ । योग्यता, क्षमता र कामको आधार बनोस् नेतृत्वचयनमा, नबनोस् अन्य बकम्फुसे बोली र नेताका सर्ट–फरियाका आधार । होस् बहस विगत कामहरूको, आओस् निष्कर्ष धरानलाई सुन्दर, शान्त र समृद्ध बनाउने फर्मुला बनेर । एमाले लगातार धरानको सारथी बनिरहेको छ । समृद्धिका पूर्वाधारहरूको निर्माणमै हामी वर्षौंदेखि लागिरहे छौँ । पानी नपाएर काकाकुल भएका धराने एडिबीलाई पर्खेर बसेका छन् । बसपार्क व्यवस्थित छैन । उडीगाडीको कथा त हामीलाई अध्यक्षका बेलाबेलाका उखान भएको छ । त्यसैले अबको एमाले धरानको नेतृत्वले यस नगरको समृद्धिका लागि एउटा गतिलो अभियान हाँक्ने सङ्कल्प गर्नुपर्ने छ । त्यसैले यसपटकको शपथ धरानको समग्र विकासमा समर्पित भएर लाग्ने शपथ पनि होस् ।
के यसो हुन सक्छ ?
धरान एमालेले अधिवेशन तयारीमा शालीन स्वरूप देखाएर धरानवासीलाई आश्वस्त पा¥यो कि हामी फोहोर प्रवृत्तिलाई अब समाप्त गरेर अघि बढ्ने छौँ । उसो भए एमाले स्थानीय नेतृत्वले अब यसरी देशकै अब्बल नेतृत्वको दृष्टान्त बनेर देखाउन सक्छ ?
औपचारिक सार्वजनिक सभा, समारोह र कार्यक्रमहरूमा मद्यपान र धूमपान निषेध मात्र हैन, यी जीवनकै घातक वस्तुको उपभोगमा पार्टीले स्थानीय नेतृत्व तहमा पूर्ण प्रतिबन्ध लगाउने र बिस्तारै संगठित सदस्यहरूसम्म अभियान लैजाने । परम्परागत संस्कारका नाममा बारम्बार पार्टी नेताहरूलाई बद्नाम गरिने परम्पराको जरो उखेल्ने र नवसंस्कृतिको प्रारम्भ गर्ने अर्थात् भौतिकवादी नेताको सचेत आदर्शलाई जीवनशैली बनाउन अभियान चलाउने । कम्तीमा नगर नेतृत्वका सबैले ईश्वरीय आदर्शका ठाउँमा मानवीय आदर्शलाई ससम्मान स्थापित गर्ने । अध्ययन, लेखन र सिद्धान्त विमर्शमा स्थानीय बौद्धिक व्यक्तित्वहरूका साथ साप्ताहिक बहस प्रारम्भ गर्ने । पार्टीको पुस्तकालय यथाशीघ्र स्थापना र सञ्चालन गर्ने । स्वास्थ्य र सामाजिक जीवनका सांस्कृतिक पक्षहरूमा वडागत विमर्श प्रारम्भ गर्ने तथा कला, साहित्य र सङ्गीतको सुन्दर माध्यमको महत्व बताएर सांस्कृतिक रूपान्तरणबारे जनचेतना बढाउन अभियान चलाउने । समग्रमा कम्युनिष्टहरू भौतिकवादी परम्पराका अनुयायी मात्र हैनन्, यिनले नवीन परम्परा पनि कायम गर्न–गराउन सक्छन् भन्ने उदाहरण आवश्यक छ ।
शुभकामना नया“ नेतृत्वलाई
अबको युग प्रविधिमैत्री हो भन्ने यथार्थ आत्मसात् गरेर धरान एमालेले आपूmलाई नयाँ ढङ्गले अघि बढाउने सङ्केत देखाएको छ अधिवेशन तयारीको क्रममा । अब नयाँ सोचका साथ नवनेतृत्वले पनि राजनैतिक–वैचारिक प्रतिस्पर्धामा एमालेलाई अब्बल बनाउने आत्मबलका साथ जबजको वैचारिक हतियारले धरानको मुहार बदल्ने इच्छाशक्ति बोकेर अघि बढ्ने छ भन्ने धराने जनताको विश्वास र शुभकामना ।
(लेखक जनसाहित्यिक मञ्चका केन्द्रीय उपाध्यक्ष तथा मदन भण्डारी साहित्य कला प्रतिष्ठानका पूर्वाञ्चल संयोजक हुन् ।)