शेखरनाथ जोगी,
एसएलसी उत्तीर्ण भएपछि धेरै विद्यार्थी अलमलमा पर्छन् । उच्च अध्ययनका लागि चाँडै रोजगार मिल्ने विषय नै छनोट गर्नुपर्छ भन्ने लाग्छ । धेरै व्यावहारिक, थोरै सैद्धान्तिक विषय विद्यार्थीका लागि सजिलो पनि हुन्छ । यस्तै व्यावहारिक तथा प्राविधिक शिक्षातर्पm धेरै विद्यार्थी आकर्षित पनि छन् । प्राविधिक शिक्षातर्पm ‘क्रेज’ बढ्दो छ । पूर्व पनि शैक्षिक गन्तव्यका रुपमा परिचय बनाउँदै गएको ठाउँ हो । केही वर्षयता प्राविधिक विषयमा अध्ययन गर्नेको सङ्ख्या बढेको छ । अधिकांश विद्यार्थी प्राविधिक शिक्षालयमा भर्नाका लागि आवेदन दिएर बसेकाहरु भेटिन्छन् । विशेषगरी स्टाफ नर्स, एचए, कृषि तथा इञ्जिनियरिङ, सब–इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स, होटल म्यानेजमेण्ट, अमिन आदि । पूर्वमा नर्सिङको पढाइ हुने कलेजहरु मात्र एक दर्जनभन्दा बढी छन् । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको महत्व बढ्दै गएको छ । प्राविधिक शिक्षा र व्यावसायिक तालिमले रोजगारीका अवसरहरु सिर्जना गर्नुका साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत मद्दत गरिरहेको छ ।
शैक्षिक संस्थाहरु र तालिम केन्द्रहरुले प्राविधिक तथा व्यावसायिक तालिमको महत्व ग्रामीण क्षेत्रसम्म पु¥याउन मद्दत गरेका छन् । बढ्दो बेरोजगारीका माझ युवाको आकर्षण पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्रति बढेको पाइन्छ । त्यसमा पनि अलिकति लगानी गर्न सक्ने वा सापटी लिन सक्ने सामथ्र्य भएका निम्न तथा मध्यमवर्गीय परिवारका युवाको आकर्षण प्राविधिक शिक्षाप्रति अझ बढिरहेको छ । सिकेको सीप व्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आप्mनो पेशा र रोजगारको सिलसिलामा प्रयोग भइरहने भएकाले पनि प्राविधिक र व्यावसायिक शिक्षाप्रति युवाको आकर्षण बढेको पाइन्छ । नेपालमा प्राविधिक शिक्षालाई अझ व्यापक रुपमा वृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ । वैदेशिक रोजगारका निम्ति मुलुकबाट बाहिरिने दैनिक करीब २ देखि ३ हजार युवा जनशक्तिलाई दृष्टिगत गर्दा त्यो झन् जरुरी देखिन्छ किनभने खासगरी खाडी देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । जोसँग प्राविधिक सीप छ, उनीहरु खाडीमा मात्र होइन, युरोपेली देशहरुमा समेत सहज कामको अवसर पाएको र राम्रो आम्दानी गर्ने गरेको पाइन्छ । त्यसैले पनि प्राविधिक शिक्षाको विस्तार हुन जरुरी छ । प्राविधिक र व्यावसायिक सीप लिएका युवाले आपैmँ रोजगारी सिर्जना गर्न सक्ने, अन्य रोजगारदाताकोमा काम गर्दा पनि राम्रो पारिश्रमिक पाउने, सिर्जनशील र मेहनती हुने भएकाले पनि यो शिक्षाको महत्व बढ्दै गएको हो ।
निम्न र मध्यमवर्ग मात्र नभई सबै वर्गले प्राविधिक तालिम प्राप्त गर्ने अवसर प्रदान गर्नेतर्पm सरोकारवाला निकाय सबैको ध्यान पुग्न जरुरी छ । माध्यमिक, प्रवेशिका अनुत्तीर्ण तथा प्रवेशिका उत्तीर्ण गरेपछि आर्थिक स्थिति कमजोर भएका युवाको प्राविधिक र व्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दो छ । त्यसैले प्राविधिक र व्यावसायिक शिक्षाको विकासका लागि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन हुनुपर्ने देखिन्छ । प्राविधिक शिक्षामा सबै वर्ग र भूगोलका मानिसको पहुँच पु¥याउन सक्नु अहिलेको टड्कारो खाँचो हो । विशेषगरी यसमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच पु¥याउन सके ग्रामीण विकासमा समेत ठूलो भूमिका खेल्न सक्ने देखिन्छ । वर्तमान विश्वको मान्छे प्रविधिविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेको छ । प्रविधिविनाको मान्छेको संसार कल्पनाभन्दा बाहिरको कुरा हुने भइसकेको छ । अर्थात् प्रविधि र मान्छे वर्तमान विश्वमा एक–अर्काका पूरक भइसकेका छन् । कला, सीप र दक्षता कसैको कसैसँग पनि तुलना हुन सक्दैन । अर्को शब्दमा भन्ने हो भने मानिसको समृद्ध जीवनको आधार प्राविधिक शिक्षा हो । पढेर भन्दा परेर जानिन्छ भन्ने नेपाली लोकोक्तिले पनि प्राविधिक शिक्षाको महत्व मानिसको जीवनमा कतिसम्म हुन्छ र राख्छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ । यसको अर्थ आजको विज्ञानको युगमा मात्र नभएर परम्परागत युगमा पनि हाम्रो समाजलाई समृद्ध बनाउनका लागि प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका निभाउँदै आएको रहेछ भन्ने बुझाउँछ ।
धरानमै ८ कक्षा पासः सिभिल
इञ्जिनियरिङ र इलेक्ट्रिकल
सामान्यतः इञ्जिनियरिङ पढ्न एसएलसी वा प्लस टु उत्तीर्ण गर्नैपर्छ तर अब यो बाध्यता रहेन । कÔा–८ पास गरेपछि सिभिल इञ्जिनियरिङ पढ्न पाइन्छ । नेपाल सरकार शिक्षा विभागद्वारा स्वीकृति लिएर धरानको शिक्षा निकेतन उमाविमा सिभिल इञ्जिनियरिङ विषयमा पढाइ शुरु गरेको हो । निकेतनले नेपाल सरकारले लागू गरेको प्राविधिक धारअन्तर्गतको शैÔिक कार्यक्रमले स्कुल तहदेखि नै विद्यार्थीहरुलाई प्राविधिक शिÔा अध्ययन गराइरहेको छ । प्राविधिक धारअन्तर्गत शिक्षा निकेतनले कÔा ९ मा सिभिल इञ्जिनियरिङको पढाइ २०६९ सालमा शुरु गरेको हो । प्राविधिक धार पढ्ने विद्यार्थीहरुले एसएलसी परीÔा दिइरहनुपर्ने छैन । विद्यालयका अनुसार यो विÈय अध्ययन गर्न विभिन्न जिल्लाबाट कÔा ८ पास गरेका विद्यार्थीहरु आएका छन् । ४८ जनाको कोटामा शुक्रबारसम्ममा यहाँ ४३ जनाले भर्ना लिइसकेका छन् । ‘५ जनाका लागि फेरि हामीले आह्वान गरेका छौँ’, प्रधानाध्यापक राजकुमार श्रेष्ठले भने ।
‘धेरैले थाहा नपाएर अघिल्लो वर्ष कोटा पुगेको थिएन तर बुभ्mदै गएपछि यसपालि कोटा पुग्नेजस्तो देखिन्छ ।’ प्रधानाध्यापक श्रेष्ठले भने । शिÔा विभागले सरकारी विद्यालयहरुमा प्राविधिक विषय पढाइ गर्ने योजना अघि सारेपछि धरानको शिÔा निकेतनले विभिन्न पाँच प्राविधिक विÈयमध्ये सिभिल इञ्जिनियरिङ छानेको थियो । यो पूर्र्णतया निःशुल्क शिÔा हो । चालू आर्थिक वर्Èमा यो विÈयबाहेक प्राविधिक विषयअन्तर्गत पशु विज्ञान, बाली विज्ञान, इलेक्ट्रिकल र कम्प्युटर साइन्स विभिन्न सरकारी विद्यालयमा पढाइ भइरहेको छ ।
विद्यार्थीहरुलाई रोजगारमुखी शिÔा दिलाउने उद्देश्यले सरकारले २०६९ सालदेखि स्कुल तहदेखि नै सीपमूलक शिÔा दिन थालेको जनाएको छ । सिभिल इञ्जिनियरिङअन्तर्गत कÔा–९ का विद्यार्थीले मेशन, कार्पेन्टर, प्लम्बिङ, वायरिङको काम सैद्धान्तिक एवम् व्यावहारिक रुपमा पढ्छन् । कÔा ९ र १० पढिसकेपछि उनीहरु स्वतः सब–ओभरसियर र प्लस टु सकेपछि ओभरसियर हुनेछन्’, सहायक प्रधानाध्यापक रेवत पौडेलले भने, ‘प्लस टुपछि बी.इ.पढ्न पाउँछन् ।’ विद्यालयले सिटिईभिटीबाट छोटो अवधिका विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्ने योजना तयार गरेको जानकारी दिएको छ । प्राविधिक विषयको पढाइमा विद्यार्थी तथा अभिभावकहरुको अत्यधिक चासो भए पनि खर्च धेरै हुने भएकाले सरकारले केही समयलाई सहयोग गर्नुपर्ने विद्यालयको भनाइ छ । अघिल्लो वर्ष अनुत्तीर्णले पनि फारम भर्न पाउने उनले बताए ।
यस्तै, धरान–१२ स्थित पब्लिक उच्च माविमा प्राविधिक शिक्षातर्पm इलेक्ट्रिकल विषय पनि अध्ययन गर्न सकिनेछ । कक्षा–८ नै उत्तीर्ण विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने प्राचार्य इन्द्रमोहन झाले बताए । उनी नेपालमा विशेष गरेर निम्न तथा मध्यमवर्गका विद्यार्थीलाई अनिवार्य रूपमा प्राविधिक शिक्षा आवश्यक भएको बताउँछन् । आगामी दिनमा प्राविधिक शिक्षा हासिल नगरेका कुनै पनि विद्यार्थीले रोजगारीका अवसर प्राप्त गर्न नसक्ने उनको भनाइ छ । अहिले धरानमा बढी प्राविधिक विषय अध्यापन हुने भएकाले विद्यार्थीको आकर्षण बढेको उनी बताउँछन् । ‘प्राविधिक शिक्षा सीपमूलक तथा जीवनोपयोगी हुन्छ । प्राविधिक शिक्षा हासिल गरेपछि सहजै रोजगारीको अवसर पाइन्छ । कम लगानीमा आफै पनि स्वरोजगार व्यवसाय गर्न गर्न सकिन्छ । पछिल्लो समयमा राज्यबाट पनि प्राविधिक विषयमा सयौं संख्यामा रोजगारीका अवसर सृजना भएकाले विद्यार्थीहरू यसतर्फ आकर्षित भएका हुन् ।’ उनी थप्छन्, ‘प्राविधिक विषयको अध्ययन पूरा गरेका विद्यार्थी बेरोजगार बस्नुपरेको छैन । उनीहरूले स्वदेश र विदेशमा सजिलै रोजगारी पाउन सक्छन् । अहिले प्रविधिको युग हो । प्रविधिविनाको संसारको कल्पना गर्न सकिँदैन । अबको दशकपछि नेपालमा पनि प्राविधिक शिक्षा हासिल नगरेकाहरू बजारमा बिक्न सक्दैनन् । हामीले भविष्यलाई हेरेर अहिले देखि नै आम विद्यार्थीलाई सीपमूलक व्यावसायिक तथा प्राविधिक शिक्षा दिन जरुरी ठानेका छौं ।’