नितिशा खड्का,
एसएलसी परीक्षापछि नर्सिङ अध्यनका लागि खुलेका तयारी कक्षा संचालन गर्ने निजि शिक्षण संस्थामा युवतिहरुको थामीन सक्नुको भिड छ । उनिहरुमा नर्सिङ अध्ययन गर्न नपाईने हो कि भन्ने मानशिक चिन्ता र त्रास पनि त्यतिकै छ तर ति युवति मध्ये अधिकांस यो क्षेत्रभित्र रहेका विकृति र शोषणका वारेमा जानकार छैनन् । सेतो , सफा र आकर्षण पहिरनमा देखिने नर्सहरुलाई जो कोहीलाई आकर्षण हुनु सामान्य पनि छ । ३ वर्ष अध्यन गर्ने वित्तिकै नर्स वन्न सकिने सपनामा एसएसली दिएर वसेका हरेक युवतिको दिमागमा नर्स वन्ने सपना पलाउनु सामान्य नै वनिसकेको छ । आज अन्तराष्ट्रिय मजदुर दिवश नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । ति कार्यक्रम मार्फत समान ज्याला र श्रमको सम्मानका पक्षमा चर्का कुरा हुन्छन् तर विडम्वना नेपाली नर्सहरु भने सवैभन्दा वढि पिडीत र प्रताडित छन् । अध्यन पछि तुरुन्तै काम र अवसर पाईने लोभमा होमिएका र होमिने युवतिलाई त्यतिवेला मात्रै पीडा हुन्छ जति वेला उनिहरुले आफै पिडीत वन्नुपर्छ या त आफ्ना आखाले पिडीत वनेका नर्सका दुख सुन्न र देख्न पर्छ ।
नर्सिङ अध्यन थाल्दा सुरुमा जुन जोस , जागर र सुन्दर भविष्यको सपना हुन्छ त्यो त्यति वेला टुट्छ जतिवेला प्रयोगात्मक कक्षा आरम्भ हुन्छ । त्यसवेला प्रत्यक्ष अनुभव गर्न अथवा देख्न र सुन्न पाईन्छ ती सुकिला सेता पहिरन भित्र लुकेको पिडा र वेदना । करोडौ रुपैया लगानिमा सेवाका नाममा नाफा कमाउन खडा गरीएका निजि अस्पताल र नर्सिङ होमहरुमा प्रयोगात्मक कक्षाका लागि जादाँ त्यहा भित्र लुकेको श्रम शोषण देख्न , सुन्न र अनुभव गर्न पाईन्छ । मासिक लाखौ रुपैया मुनाफा कमाउने अस्पतालहरुले भोलेन्टियर र अनुभवका नाममा सित्तैमा काम लगाएर व्यापार गरीरहेको सुनाउँदा र सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य तितो र अप्रिय हुन्छ तर सत्य सत्य नै हो । विना पारीश्रमिक महिनौ दिन रात नभनि काम गर्ने नर्सहरुको पिडा देख्ने कस्ले ? अस्पताल संचालकहरुले तिनै भोलेन्टियर नर्सहरु लाई काम लगाएर पैसा लिने अनि ति नर्सहरुलाई निशुल्क काम गर्न विवश वनाएर गर्ने श्रम शोषण गरेको वुझिदिने कस्ले ? आज मे दिवशका दिन देशभर हाम्रा नेता र अधिकारवादीहरुले समान ज्याला र श्रम को सम्मानका पक्षमा चर्का कुरा गरीरहेको रेडियो ,टेलिभिजन , अनलाईन र पत्रपत्रिका मार्फत सुन्दा र देख्दा आश्चर्य लाग्या छ । वर्षमा एक दिन चर्का कुरा गर्ने हरुले नेपाली नर्सहरुमाथि वर्षौवाट भईरहेको श्रम शोषण र विभेद किन देखेनन् ? उनिहरुका आखा किन परेनन् श्रम शोषण र विभेदको सिकार वनेका नर्सहरु ? विना पारीश्रमिक र ज्यालामा हुने भेदभाव लुकाएर दिन रात नभनि मानिश वचाउने काममा खटिएका नर्सको पिडा,दुख र वेदना कस्ले वुझिदिन्छ ? देशले प्रजातन्त्र , लोकतन्त्र ,गणतन्त्र हुदै संघिय गणतन्त्र र नयाँ संविधान समेत पाईसकेको छ तर नेपालका नर्सले भने कुनैपनि परीवर्तनवाट लाभ अनुभुति गर्न सकेका छैनन् । नेपालमा रोजगारीमा रहेको विभेद र शोषणकै कारण शिक्षित वनिसकेका नर्सहरु वाच्न र जिउनका लागि विदेशिन विवश वनेका छन् । शिक्षित वनिसकेको पुस्ताका मान्छेहरु निरन्तर देश नै छाडेर पलायन हुदा त्यसले कालान्तरमा पार्ने प्रभाव के होला ? त्यो कुराको लेखा जोखा राज्य चलाउने र अधिकारका पक्षमा पैरवी गर्नेहरुले गर्न पर्छ कि पर्दैन ? म आफै नर्सिङ तेस्रो वर्षको विध्यार्थि भएकाले मैले केही कुरा नलुकाईकन भन्नै पर्छ , समस्या हामीमा पनि छन् हामीले पनि सच्चिन जरुरी छ। जागिर खाने लोभमा भोलेन्टियरका रुपमा काम गर्न हामी तयार नभईदिने हो भने अस्पताल चलाउने स्वास्थ्य क्षेत्रका व्यापारीहरुले पारीश्रमिक विना काम लगाउने मौका पाउने थिएनन् तर हामी चुक्यौ जसको फाईदा उनिहरुले उठाईरहेका छन् । काम गरेको ठाँउमा नियुक्ति पत्र रप्रचलित कानुन वमोजिम सेवा सुविधा नदिदा हामीले प्रतिवाद गर्ने र कानुनी वाटोवाट आफ्नो हक र अधिकार रक्षा गर्ने साहस र हिम्मत गर्नु पर्छ । राष्ट्रपति , सभामुख र प्रधानन्याधिष तिनै जना महिला हुन् भनेर गर्व गर्ने नेपाली नर्षहरुले उनिहरुले देखाएको संघर्ष र अधिकार प्राप्तिको वाटोवाट शिक्षा लिन सक्नु पर्दछ । मे दिवश नेपाली नर्समाथिको श्रम शोषण र ज्यालामाथिको विभेद अन्त्यका लागि एउटा खुड्किलो वन्न सकोस् र अधिकारको पैरवी गर्नेहरुका आँखा शोषण र विभेदको सिकार वनेका नेपाली नर्समाथि पर्न सकोस् ।
( लेखिका विराटनगर स्थित नर्सिङ कलेज प्रविणता प्रमाणपत्र तह कि विध्यार्थी हुन् )