आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । विश्वमा प्रेसको अवस्थालाई अवलोकन गर्न, प्रेसलाई आत्मनिर्भर बनाउन, प्रेसमाथि हुने आक्रमणमाथि रोक लगाउन एवं विगतका दिनमा व्यावसायिक गतिविधिका कारण शहादत प्राप्त गरेका पत्रकारहरुको सम्झनामा rosanमनाइँदै आएको मे ३ को स्वतन्त्रता दिवसले केबल पत्रकार जगत्लाई मात्र नभइ विश्वका सम्पूर्ण मानव जगत्का लागि पनि उत्तिकै महत्व राख्दछ ।
लोकतन्त्रमा सञ्चारमाध्यमलाई राज्यको चौथो अङ्ग पनि भन्ने गरिन्छ । यसो भन्नुको प्रमुख कारण जनताको आवाज लोकतन्त्रमा साह्रै महत्व हुन्छ भन्नु हो । जनताको आवाजलाई मुखरित गर्ने सशक्त माध्यम भनेको सञ्चार जगत् नै हो । सञ्चार माध्यमको स्वतन्त्रता र संरक्षण जनताको हित
लुकेको हुन्छ ।
समस्त विश्वमा शान्ति, न्याय, समानता र विकास जस्ता सुशासन एवं मानवअधिकारका गहन पक्षमा निरन्तर कलम चलाउँदै प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्तको पहुँचलाई जनसमक्ष पु¥याउँदै आएको पत्रकारिता जगत् स्वयंले भने हरपल जोखिम र खतरा
व्यहोर्दै आएको तथ्य विश्वसामु उदाङ्गो छ ।
नेपालमा पनि माओवादीको कथित जनयुद्धमा समाचार लेखेका कारण थुप्रै निर्भिक पत्रकारहरुले ज्यानको आहुति दिनु प¥यो । प्रेस सुरक्षाको जतिसुकै ग्यारेन्टी दिएपनि व्यावहारिक रुपमा नेपाली प्रेसको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । समाचार लेखेकै र नलेखेकै भरमा पत्रकारले कुटाइ खानुपर्ने र मारिनुसम्म परेका घटना सार्वजनिक भएका छन् । पत्रकारमा यस्ता मानसिक यातना, धम्की, कुटपिट, गाडी तोडफोड, पत्रिका दहन जस्ता निन्दनीय काम भइरहेकै छन् । मुलुक लोकतान्त्रिक एवं गणतान्त्रिक युगमा छ, तर नेपाली मिडियाले प्रेस तथा अभिव्यक्तिको उपभोग र पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको अनुभूति गर्न पाएको छैन । राज्यको दायित्व हो, कानुनले दिएको वैधानिक प्रावधानलाई कार्यान्वयन गर्न सहजीकरण र सहयोग गर्नु । पत्रकारिता जगत्ले मानवअधिकारका विविध अवयवहरुलाई आमजनमानससम्म पहुँचका लागि गरेको सहजीकरणलाई केन्द्रविन्दुमा राख्दै पत्रकारितामाथि भएका मानवअधिकार हनन्लाई कानुनी दायरामा ल्याएर विधिको शासनलाई प्रश्रय दिनु आवश्यक छ । नयाँ संविधानमा प्रेस स्वतन्त्रतालाई अझ बढी महत्वका साथ प्रत्याभूत गराउनु जरुरी छ भने व्यावहारिक धरातलमा प्रेस स्वतन्त्रताको प्रतिबद्धताका निम्ति अहोरात्र प्रयास गरिनु अपरिहार्य छ ।