जनकऋषि राई(चाम्लिङ)
गत साता किरात याक्थुङ चुम्लुङ (कियाचु) ले किरात प्रदेशको माग उठाउँदै आएको किरात राई यायोक्खा (किराया) लाई आन्तरिक भेटघाट र छलफलका लागि हार्दिक निमन्त्रणा दियो । कियाचुको हार्दिकताले दुई फरक तर एउटै भूगोलभित्र रहेका जातीय सङ्गठनबीच सम्बन्धको नयाँ आयाम थपेको छ । अघिल्ला दिनहरुमा मुद्दा विशेषको कुरा वा औपचारिक बसाइबाहेक अन्य समान्य अवस्थामा मौन रहने गरेका दुई सङ्गठनबीचको आपसी भेटघाटले साङ्गठनिक रुपमा एकआपसमा हार्दिकता पनि बढाएको छ । यो हार्दिकतालाई रचनात्मक बनाउँदै पहिचानसहितको सङ्घीय राज्य प्राप्तिको मोर्चामा प्रयोग गर्न सकिने सम्भावना पनि खोलिदिएको छ । पूर्वमा पहिचानवादी आन्दोलन उठान हुन कियाचु र किराया दुई सङ्गठन एकीकृत भएर आउनु जरुरी छ । लिम्बूवानको आन्दोलनसँग जोडिएको कियाचुसँग कुशल नेतृत्व र लडाकू कार्यकर्ता छन् भने किरात प्रदेशको मुद्दा उठान गरिरहेको किरायासँग सङ्गठन र जनशक्ति छ । यी दुई पाटाहरु एक ठाउँमा आउनु नै आन्दोलनले उँचाइ लिनु हो । यो समयमा कियाचुले देखाएको हार्दिकतालाई भविष्यमा एकीकृत आन्दोलन गर्न सकिनेसम्मको प्रारम्भिक विन्दु स्वीकार गर्दा दुई मत नहोला ।
पहिचानसहितको सङ्घीय राज्य सिंहदरबारभित्र कैद भएकाले अहिले सङ्घीयवादीहरुको संयुक्त गठबन्धनले सिंहदरबार घेराउ गरिरहेको छ । यस्तो परिस्थितिमा कुनै पनि सङ्घीयवादीहरु एउटै कित्तामा उभिनु आवश्यक छ । कियाचु र किराया आपैंmमा पहिचानवादी र सङ्घीयवादी शक्तिको प्रतिनिधि हुँदाहुँदै पनि अघिल्ला केही समयमा यी शक्तिहरुलाई फुटाउन खुबै जोड गरिएको थियो । पहिचानवादीको आवरणमा केही शक्तिले दुई सङ्गठनबीच भड्काव ल्याउन हदैसम्मको षड्यन्त्र गरेका पनि थिए । यसो गर्नुको मुख्य कारण थियो, पूर्वमा पहिचानवादी शक्तिलाई आपसमा भिडाएर पहिचान र सङ्घीयताको मुद्दालाई समाप्त पार्नु थियो । पहिचानवादी वा सङ्घीयतावादीको अनुहारमा देखिएका शक्तिहरुले यति तल्लो हदसम्मको गतिविधि गरे कि सरकारले घोषणा गरेको प्रदेश क्रमाङ्क–१ लाई किरायाले ‘किरात प्रदेश’ घोषणा गरिनुपर्ने माग राख्दा अर्काे कुनै ‘पहिचानवादी सङ्गठनविरुद्धको माग भयो’ भनेर निकै भड्काए । किरात राज्य पक्षधरहरुले त्यसरी गलत अफवाह पैmलाउनेहरुको पृष्ठभूमि, चरित्र र प्रवृत्तिलाई राम्रोसँग अध्ययन, विश्लेषण र संश्लेषण गरेका हुनाले कुनै अप्रिय घटना हुन पाएन । वास्तवमा, किरायाले किरात प्रदेशको माग गर्नु अर्काे कुनै राज्यको विरोध गर्नका लागि थिएन र होइन पनि । तर, खेल्न चाहने र सङ्घीयतालाई भड्खालोमा लान चाहनेहरुले पहिचानवादी र सङ्घीयवादी अन्य शक्तिसँग किरायाको दुरी बढाउने प्रयास गरिएका थिए । किराया आपैंm पनि पहिचानको खोजी गरिरहेको र सङ्घीयताको पक्षधर रहेको हिसाबले सबै खाले पहिचानवादी वा सङ्घीयतावादी आन्दोलनमा आप्mनो पक्षधरता देखाउने शक्ति हो । कियाचुले हार्दिकताका साथ किरायालाई आन्तरिक छलफल र भेटघाटका लागि निमन्त्रणा गर्नु यही अर्थमा नयाँ आयाम हो । कियाचु र किरायालाई फुटाउन खोज्ने शक्तिहरुविरुद्धको खबरदारी पनि हो ।
पहिचान र सङ्घीयता खोजिरहेको जुनसुकै शक्ति पनि मित्र शक्ति हुन् । ती शक्तिहरुसँग ऐतिहासिक, भौगोलिक वा सांस्कृतिक सन्दर्भहरुलाई आधार बनाएर राज्य माग्ने आ–आप्mना माग र मुद्दाहरु रहेका छन् तर यसको अर्थ के होइन भने कुनै पहिचानवादी शक्तिले उसको ऐतिहासिक पृष्ठभूमिको आधारमा राज्य माग्दैमा उसको माग अरु कुनै पहिचानवादी वा सङ्घीयवादी शक्तिविरोधी हुन्छ । एउटै भूगोलमा फरक मुद्दा भए जुन ठाउँसम्म पहिचान वा सङ्घीयताका लागि सँगै जान सकिन्छ, त्यो ठाउँसम्म जाने दूरदर्शिता वा रचनात्मक नेतृत्व शैली देखाउन सक्नुपर्छ । पहिचानवादी र सङ्घीयवादी शक्तिहरुमा यो दूरदर्शिताको अभाव भएकै कारणले पहिचानवादी शक्तिको आवरणमा आएका पहिचानविरोधीहरुले खेल्ने ठाउँ पाउने प्रशस्त सम्भावना रहन्छ । यो खेल अघिल्लो समयमा कियाचु र किरायाको बीचमा पनि खेलिएको थियो तर नेतृत्वमा भएको रचनात्मक क्षमताका कारण पाँचबुँदे सहमति गरेर एउटा निकास दिइएको थियो । इतिहासको सन्दर्भमा यस्ता घटनाहरुलाई हेर्ने हो भने किसान आन्दोलन थालेर सामन्ती र भूमिपतिविरुद्ध दीर्घकालीन जनयुद्धको शुरुआत गरेका माओ त्से तुङले जापानी साम्राज्यवादी सेनासँग पनि युद्ध गर्नुपरेको थियो । एकातिर च्याङ काइ सेकको घरेलु सामन्तवादी शक्ति र अर्काेतिर साम्राज्यवादी शक्ति दुईतिर एकसाथ युद्ध गर्नुपर्ने स्थिति हुँदा माओ त्से तुङले घरेलु शक्ति च्याङ काइ सेकसित मिलेर साम्राज्यवादी जापानी सेनाविरुद्ध लडाइँ गरेका थिए । यसको अर्थ के भने हामी पहिचान र सङ्घीयताको स्वार्थमा जहाँसम्म सँगै हिँड्न सक्छौँ, हिँड्नुपर्छ । यदि माओ त्से तुङले घरेलु सामन्तवादी शक्ति च्याङ काइ सेकसँग जापानविरोधी युद्ध गर्नका लागि हात अगाडि नबढाएका भए यो बेला चीनको इतिहास अहिलेकोजस्तो समृद्ध हुन नसक्ने अनुमान गर्न सकिन्छ । घरेलु सामन्तवादीलाई साम्राज्यवादी शक्तिविरुद्ध ओराल्नु आपैंmमा चुनौतीपूर्ण कदम थियो । माओ त्से तुङले प्रयोगमा ल्याएको यो कदमलाई पहिचानवादी वा सङ्घीयवादी भनेर आपूmलाई चिनाउन चाहनेहरुले नजिकबाट बुभ्mन जरुरी छ ।
विभिन्न हत्कण्डा गरेर पनि जुधाउन नसकेको कियाचु र किरायाको साङ्गठनिक शक्ति यो बेला आपैंm हार्दिकता साट्न अग्रसर हुनु पहिचानवादी र सङ्घीयतावादी शक्तिहरुका लागि खुसीको विषय हो । यो राम्रो शुरुआतले अरु नदेखिएका राम्रा सम्भावनाका ढोकाहरु पनि खोलिदिएको छ । माओ त्से तुङले नेतृत्व गरेको जनयुद्धमा जसरी क्रान्तिकारी आवरणमा आएकाहरुलाई गद्दार घोषित गर्दै साङ्गठनिक रुपमा दस्तावेजीकरण गरिएको थियो, सोही शैलीमा कियाचु र किरायाको प्रवृत्ति पनि अगाडि बढ्नु आवश्यक छ । किनकि साङ्गठनिक शक्तिहरु बाहिरका दुश्मनसँग सजिलै जोगिन सक्छन् तर आपैंmभित्रका गद्दार साथीलाई पहिचान गर्न सक्दैनन् । आप्mनै ठानिएकाहरुबाट मार खानुपर्ने अवस्था आउनुअघि नै यस्ता विषयहरुमा पनि घनिभूत छलफल चलाउनु आवश्यक छ ।
जभतअजबपगउउब२नmबष्।िअयm