सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पसका ने.वि.संघ पुर्व सभापती तथा सुनसरी जिल्ला उप–सभापती करुणा शंकर राइ (विज्ञान) हाल कोरीयामा छन् । करिब पाचँ वर्षको इकाई सभापति को विद्यार्थी राजनितीलाई छाडेर राइ कोरीया प्रस्थान गरेका हुन । पटक पटक को स्ववियू चुनावको समय पनि बेतुकको हुनु र ने.वि.संघ को महाधिवेशन पनि अनिश्चित झै भएकाले राजनिती भविष्य सुन्दर नदेखेर विदेशिनु परेको राई बताउछन् । स्ववियु र सगंठन अनिश्चित भएपनि जिन्दगीलाई निश्चित बनाउन विदेशीनु परेको राई को तर्क छ । अनेरास्ववियु धनकुटा जिल्ला सह–सचिव ध्रुव दाहाल र जिल्ला उपाध्यक्ष गोविन्द दाहाल भर्खरै जापान पुगेका छन् । यतिका वर्ष राजनैतिक स्थिरताको bbहुने र पर्याप्त सम्भावनाहरु खूल्ने  आशमा बसेका यूवाहरु केहि नलागे पछि करीयर बनाउन बिदेश छिरेको उनिहरु बताउछन् । त्यतै ने.बि संघका सुनसरी जिल्ला उप–सभापति संजिव पौडेल डिभि भिसामा हाल अमेरीकामा छन् । 
     यि त प्रत्यक्ष देखिएका प्रतिनिधी उदाहरण मात्र हुन् । यसरीनै दिनानू दिन बिदेशीने हरुको सूचिमा कहि न कहि राजनैतिक धरातल जोडिएका यूवाहरु वर्तमान राजनैतिक संस्कार लाइ दोश लगाउदै सपना र पछुतो बोकेर बाहिरीरहेका छन् ।सामान्यत क्याम्पस पढ्दाको जोसीलो उमेरमा राजनैतिक संगठनमा लागेर समय व्यत्तित गर्ने अनी सामाजीक तथा पारिवारिक दबाब सिर्जना भएपछी वैकल्पिक मार्ग अपनाउन विद्यार्थी नेताहरु बाध्य छन् । पछिल्लो समय राजनैतीक वृतमा देखीएको अस्थिरता र मैलाएको व्यापारिकरण को प्रवृती ले गर्दा युवाहरु विचलीत देखिन्छन् । राजनैतीक आचरसंहीताको खडेरी ले गर्दा राजनीक दल तथा त्यसका भातृ संगठनलाई हेर्न दृश्टिकोण समेत नकरात्मक बन्दै गएको छ । स्वयम विद्यार्थी संगठन हरु पनी राजनिति लाइ गलत तरिका बाट मुल्याङ्कन गर्न थालेका छन् ।
  समय अनूसार संगठनलाइ गतिशील बनाउदै लैजानू पर्ने अवस्थामा दिशाहिन गन्तब्यको यात्रा मा वर्तमान बिद्यार्थी राजनिति फसेको पाइन्छ । खास एजेण्डा नभएझै झिना मसिना बिषयमा कूहिरोको कागझै अलमलीएको देखिन्छ । बाजेले घ्यू खाएका थिए त्यसैले म दह्रो छु भनेझै इतिहासका मिठा गफ गरेर वर्तमानमा स्वाद लिने काम भइरहेकोछ । माउ पार्टीको प्रत्यक्ष हस्तक्षप हुनु र संगठनमा टिके प्रथा हाबी हूदाको परीणाम स्वरुप यूवा तथा बिद्यार्थीमा राजनैतिक स्खलन बढ्दै गएको पाइन्छ । इमान्दार कार्यकर्ता बिस्थापित हूने अनी टिके तथा गणेश प्रवृतिका कार्यकर्ता मात्र संगठनमा रहदा बिद्यार्थी राजनितीको ऐतिहासीक गरिमा गुम्ने देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयले पटक पटक तोकेको स्ववियु चुनावको मिति बेकाम बन्दै गएका छन् । विद्यार्थी भर्ना तथा संगठनले गरेका असभ्य गतीवीधी लाई वाहाना वनाउदै स्ववियु चुनाव हुनसकिरहेको छैन । विद्यार्थी संगठनहरु विश्वविद्यालयले आफ्नो निश्चित क्यालेण्डर प्रकाशित गर्न नसक्दा यो अवस्था आएको बताउछन् । विश्वविद्यालय पनि विद्यार्थी नेताहरुलाइ क्याम्पसको आम्दानीको केही श्रोत खर्च गर्न दिने र मुख बुझो लगाउन उद्धत देखीन्छ । चुनाव गराउने झन्झट बेहोर्नु भन्दा ठुला विद्यर्थी नेताहरुलाई क्याम्पसको टेण्डर दिने र आर्थीक गतीवीधी मा सामेल गराउने गरेको स्पश्ट देख्न सकिन्छ । बरु विद्यार्थी संगठन संग चिया तथा भट्टी पसलमा कुरा मीलाउने र चुनावको जोखीम नमोल्ने विश्वविद्यालयको रणनीती छ । विद्यार्थी संगठनहरु विद्यार्थीका मुद्धाहरु संग भन्दा पनि शैक्षीक संस्थाका मालीक, कर्मचारी अनी आफ्ना कार्यकर्ता संग बढी निकट हुदै आइरहेका छन् । जसले गर्दा विद्यार्थी को मौलीक अधीकारमाथी कुठाराघात भइरएको अवस्थामा बिद्यार्थी संगठन चुपलागेर बस्नु लज्जास्पद मानिन्छ । समय अनुसार शैक्षीक केन्द्रलाई परिस्कृत गर्दै लैजानु सम्पुर्ण सरोकार वालाको कर्तव्य हुन जान्छ । विकशित मुलुकमा आजभन्दा एक शताब्दि अगाडी सुरु भएको शिक्षा निती भन्दा नेपालको शैक्षीक निती अझ पछाडी रहेको छ । त्रिवि ले ल्याउन लागेको सेमिस्टर प्रणाली तयारी नपुगेको भन्दै विद्यार्थी संगठनहरुलेनै लागु हुन् दिएनन् । शैक्षीक गुणस्तरीयता भन्ने तर कस्तो गुणस्तरीयता भन्ने विषमा स्पश्ट धारणा वनाउन नसक्ने अशुरदर्शी नेतृत्व ले गर्दा विद्यार्थी संगठनको गरिमा खुम्चिदै गएकोछ । संगठनमा लागेपछि र राजनीती गरेपछि सबैकुरा छुटहुन्छ भन्ने मानसिकताको विकास भए सँगै संगठनीक इमान्दारीतामा हा्रस उत्पन्न भएकोछ । नितीगत र व्यावहारीक पक्षको भन्दा पनि आदर्श र सस्तो प्रचारवाजी प्रवृती हावी हुदैँ गएको छ । भखरै मात्र पनी त्रिवीले स्ववियु चुनावको घोषणा गर्न विषयमा अलमल गर्दै गर्दा उमेरहदलाई विवादको विषय बनाइयो अन्तत स्ववियु चुनाव नहुने निश्चित नै भइसकेको छ ।
विद्यार्थी संगठन आफैमा एकजुट हुन नसक्नु र आफ्नै संगठन भित्र पनी गुटगत रोग मौलाउनु ले विद्यार्थी संगठनको गरीमा माथी धब्बा लाग्न थालेको छ ।राजनैतिक भविश्यको प्रमुख खुड्किलो मानीने विद्यार्थी राजनीती को सुरुवात नै गलत तरिका बाट भएपछि देशको विकास परिवर्तन लाई संस्थागत गर्न गाह्रो पर्ने स्वभावीक देखीन्छ । २००७ साल देखी २०६२÷०६३ को जनआन्दोलन सम्मका आन्दोलन तथा नयाँ सविधान जारी गर्दाको अवस्थामा पनी विद्यार्थी संगठनको भुमीका उल्लेखिय देखीयो । पार्टीको सैदान्तिक धरातल अनुसार व्यावाहार गर्ने विद्यार्थी संगठनहरु आफ्नो खास एजेण्डा मा चुकेको आभास हुन थालेको छ ।
 विद्यार्थी हक हितको तथा शैक्षीक गुणस्तरीयता का विषयमा स्वतन्त्र रुपले काम गर्ने भनेर विद्यार्थी संगठनलाई मानिन्छ । विद्यालयदेखी विश्वविद्यालय सम्म हुने शैक्षीक गतिविधीलाई सुक्ष्म ढंगले अवलोकन गर्ने र त्यहाँ भएका विकृती र विसंगतीका विरुद्धमा खरो उत्रनु विद्यार्थी संगठनको दायीत्व हुन जान्छ । पार्टीको मुखपत्र बन्ने अनी आफ्नो पार्टीको सरकार भए विरोध नगर्ने तर अरुको पार्टी लाई खैरो खन्ने प्रवृती हावी हुदै गर्दा राजनैतीक संस्कार माथी प्रश्न चिन्ह खडा हुन थालेको छ । विद्यार्थी संगठन भित्रका यावत नकारात्मक गतिविधीले गर्दा सांगठनीक धारासयीता बढ्दै गइरहेको छ । जसको प्रयत्क्ष असर स्ववियु चुनावमा परेको छ । ३६ सालको विद्यार्थी आन्दोलनको महत्वपुर्ण उपलब्धीको रुपमा रहेको स्ववीयु अहीले आएर धरमरको अवस्थामा पुगेको छ । क्याम्पस प्रशासनको मनोमानी को भागीदार बनेको विद्यार्थी संगठनहरु सरकारी विद्यालयमा पुस्तक अभाव हुदाँ चासो नदीने तर निजी विद्यालयले घर घरमा पुस्तक पु¥याउदाँ चिच्याउने गरेका छन् । स्कुल क्याम्पसमा मासिक शुल्क तिर्न नसकेर बिचैमा पढाइ छाड्न बाध्य बिद्यार्थी अनि तुइनमा नदि पार गरेर बिद्यालय जादा बेलुका घर फर्कने हो या हैन भनेर ढुक्क हुन सक्ने अवस्था रहेको यस परिस्थिती प्रति बिद्यार्थी संगठन आफै बेखबर बनेका छन ।
स्ववियु चुनावका सन्दर्भमा ने.वि संघ सभापती रन्जित कर्ण त्रिभुवन विश्वविद्यालय धेरै दोशी त्यसमा वामपन्थि  विद्यार्थी संघले पनी हुननदीएको आरोप लगाउछन् । त्रिभुवन विश्वविद्यालयले उमेर हदको बखेडा झीकेर स्ववीयु हुन नदिएको उनको भनाई छ । २८ वर्ष माथीकाले स्ववीयुको उमेद्दवार हुन पाउदैन भने क्याम्पसले ति विद्यार्थीलाई पढ्न रोक्नुपर्ने कर्णको तर्क  छ । अनेरास्ववियु का महासचीव ऐन महर भने त्यो मान्न तयार छैनन । युवा तथा विद्यार्थी हुने उमेर सम्मको व्यक्ती मात्र उमेद्दवार बन्न पाउनु पर्ने महर बताउछन् । अखील क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपाने उमेरहद नै स्ववीयुको वाधक वनेको दाबि गर्छन । तर त्रिभुवन विश्वविद्यालयका उपकुलपती तिर्थराज खनीया विद्यार्थी संगठनको हठ प्रवृति र प्रधानमन्त्रि (कुलपती) को कार्यव्यस्थताका कारण सिनेटको बैठक बस्न नसके पछि  समय व्यवस्थापन गर्न नसक्दा स्ववीयु अनिश्चित भएको खनिया बताउँछन ।
बर्षौ सम्म चुनाव गराउन नसक्ने त्रिवि र सानो सानो कुरामा बार्गेनिङ्ग गर्ने बिद्यार्थी संगठनहरुको दिग्भ्रमित चरित्रले गर्दा शैक्षिक क्षेत्रमा विकृती मौलाइरहेकोछ । शिक्षा सेवा भन्दा व्यापार केन्द्रित बन्दै जानु लज्जास्पद देखिन्छ । शिक्षा क्षेत्रका माफियाहरु संग गला मिलाउदै नाफाको भागिदार बन्न खोज्नु निर्लज्जपूर्ण देखिन्छ । अब पनि यसरीनै बिद्यार्थी संगठनहरु आफ्नो सांगठनिक हैसीयत लाइ नबूझी हचुवाका भरमा पुरानैशैलिमा राजनिती गर्नुको खास औचित्य नहोला । बाकि दिन हरुमा बिद्यार्थी संगठनको आन्तरिक तथा बाह्य एकताको जरुरी देखिन्छ । त्रिबि संग मिलेमतो गर्ने भन्दा पनि बिद्यार्थीका माग र आवश्कताका बिषयमा गम्भिर हुदै स्ववियू चूनाव गराउनु प्रमूख दायित्व हुुन जान्छ । जसले गर्दा बिद्यार्थी संगठन माथि लागेका आरोप क्षम्य हुने देखिन्छ ।