basu२०४५ सालको भूकम्पपश्चात् धरानलाई ‘मृत शहर’ भनियो । भूकम्पले घरहरु ध्वस्त भए । सम्पन्न धरानेहरु बसाइँ सरे । रातारात कार्यालयहरु सारिए । ब्रिटिस क्याम्प उठेकै थियो । पूर्वाञ्चलका पूरै पहाडी जिल्लाको प्रवेशद्वारको रुपमा गुलजार धरान सिउ“दो पुछिएकी नवविवाहिता युवतीजस्तै भयो ।
प्रकृतिले सक्दो प्रहार गरे पनि धरान बनेरै छाड्यो । धरान बनाउने धरानवासीको चाहना, वीपी प्रतिष्ठान र पहाडी व्यापारिक केन्द्रका कारण धरान त्यस्तो अवस्थामा पनि विचलित भएन । धरानलाई गुलजार बनाउन स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रतिष्ठान उपहार दिएर गए । पहाडी व्यापारको केन्द्रका रुपमा यसले आप्mनो साख जोगाएर राख्यो । यी कुराहरुले धरानलाई मृत शहरबाट गुलजार शहरका रुपमा पु¥याएको छ ।
धरानका ‘नेताहरु’ यसलाई शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्वाधारयुक्त व्यापारिक शहर बनाउने भन्छन् । यो नारा तय भएको १८ वर्ष हुन लाग्यो । नारामा लेखिएका उपलब्धि हासिल गर्न कहीँ कतैबाट देखिने प्रकारको प्रयास भएको पाइएको छैन । सामान्य समयअनुकूल हुने प्रगतिबाहेक देखिने प्रगति केही छैन । ठूल्ठूला पूर्वाधारमा राज्यको लगानी छैन । तालतलैयामा करोडौँ रुपैयाँ लगानी गर्ने सरकार धरानको पर्यटनमा माखो मार्न चाहँदैन र यहा“का नेताहरुमा सरकारी लगानी भित्र्याउने हैसियत पनि देखिँदैन ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपर स्पेशियालिटी सेवा थप हुन सकेको छैन । प्रतिष्ठानबाहेक अन्य पूर्वाधारहरु थपिएका छैनन् । यद्यपि भर्खरै निजी क्षेत्रबाट विजयपुर हस्पिटल शुरु भएको छ । स्वास्थ्यमा निम्न वर्गका नागरिकको पहु“च अभैm पुग्न सकेको छैन । अभैm धेरै धरानेहरु लाइसेन्स नै नभएका मेडिकल पसलेहरुको सल्लाहमा औषधि किनेर खान्छन् र अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन् ।
धरानको शिक्षामा आकर्षण घट्दो छ । कुनै बेला पहाडी जिल्लाका विद्यार्थीहरुको एकोहोरो आकर्षण थियो, धरान । त्यो आकर्षण छिमेकी नगरहरुले तानिसकेका छन् । बोर्ड प्रथम, चौथो हुने र विश्वविद्यालय टप गर्ने धराने छवि खिइसकेको छ । राष्ट्रिय प्रतिस्पर्धामा आउन सक्ने विद्यार्थी धरानमा उत्पादन हुन सक्दैनन् भन्ने दाग धरानलाई लागेको छ । स्वयं धरानेहरुको विद्यालय छाड्ने प्रतिशत पनि राम्रै छ । यसले पनि शैक्षिक केन्द्र बन्ने धराने रहर ‘रहर’ मै सीमित भएको मान्न बाध्य हुनुपरेको छ । भएकाबाहेक अन्य पर्यटकीय पूर्वाधार थप हुन सकेका छैनन् । पर्यटनका आकर्षणहरुमा लगानी बढ्न सकेको छैन । १८ वर्षमा एउटै तारे होटल धरानमा खुल्न सकेको छैन । वास्तवमै भन्ने हो भने सिक्किम, दार्जिलिङ र पाथीभरा आउने पश्चिमका आन्तरिक पर्यटकहरु एकपटक हेरौँ न त भन्ने उद्देश्यले धरान आएको देखिन्छ । भेडेटारको आकर्षणले बाहिरबाट आउने आन्तरिक र भारतीय पर्यटकलाई रात बिताउने गरी तान्न सकेको छैन । श्रावणको बोलबमबाहेक धरानको पर्यटनमा देखिने गरी पर्यटक आगमन हुन सकेको छैन । यसरी पर्यटन केन्द्र बनाउने धराने नेतृत्वको नारा पनि नारामै सीमित देखिएको भन्दा उहा“हरु पक्कै रिसाउनु होला तर कटुयथार्थ यही देखिन्छ ।
आधिकारिक तथ्याङ्क नभए पनि धरानको आर्थिक वृद्धिदर सन्तोषजनक छैन तथापि आशा गर्ने ठाउँहरु छन् । खानेपानीको परियोजना चालू छ । यसले धरानमा विकासको तगारो पन्छाउने आँकलन गरिएको छ । (पानीकै अभावमा धरानमा विकास हुन नसकेको अथ्र्याइने  गरेको छ ।) किमाथाङ्का–जोगबनी राजमार्गको अवधारणालाई मूर्त रुप दिन लागिएको छ । दमक, लेटाङ हुँदै हेटौडालाई जोड्ने सडकको पनि अवधारणा आएको छ । यसको केन्द्रविन्दु पनि धरान बन्ने सभ्भावना छ । कोशीमा पुल बनेको छ र धरान–गाईघाट बाटोको स्तरोन्नति धमाधम भइरहेको छ । तमोर करिडोरको विषय उठेको छ जसको प्रारम्भ विन्दु धरान नै हुने छ । अर्को, रा“के, रविबाट सिधै धरान आउने बाटो पनि तयार हँुदैछ । यसले पनि धरानको विकासलाई अभैm उठाउने आँकलन गर्न सकिन्छ । यी सबै कुराले धरानको भविष्य उज्ज्वल देखिए पनि केही धरानवासीको स्वार्थका कारण यी सबै सपना चकनाचुर हुने अवस्था भने टड्कारो रुपमा देखिएको छ ।
हाम्रो मुलुकमा अभ्यास के छ भने जुन शहरलाई राजमार्गले बीच भागबाट चिरेर जान्छ, त्यो शहर गुलजार हुन्छ । त्यहा“ व्यापारिक केन्द्र स्थापना हुन्छ । त्यसले पर्यटकीय नगरीका रुपमा आपूmलाई स्थापित गर्छ । त्यो शहर वरपरका क्षेत्रहरुको आर्थिक केन्द्र बन्ने गरेको छ । राजमार्गले शहर चिरेर जा“दा बाटो चौडा गर्नुपर्ने हुन्छ । बाटो चौडा गर्दा धेरैका घरहरु भत्किने र कैयौँ नगरवासी बेघर हुने सम्भावना रहन्छ । यो त्रासका कारण केही शहरले राजमार्गलाई शहर छिर्न दिँदैनन् । उनीहरुको तर्क रहन्छ– ‘हाईवे’ त बाइपास हुनुपर्दछ तर हाम्रो अभ्यास त्यस्तो हैन । बाइपास रोड भएको शहर गाउ“मा परिणत भएका छन् । धरानलाई पनि गाउ“मा परिणत गर्न खोजिँदैछ । कोशी राजमार्गलाई पनि धरानमा बाइपास बनाउने षड्यन्त्र हुँदैछ । यसो भएको खण्डमा यसको आर्थिक गतिविधि धरानभित्र मात्र केन्द्रित हुने छ । धरान धरानेहरुका लागि मात्र रहने छ ।
हामी उदाहरणका रुपमा हेर्न सक्छौँ । बाइपास रोड बनाएर सुकेका बजारहरु धनकुटा, धुलाबारी, दमक, इलाम, इनरुवा, परासी आदि । पूर्वको पर्यटकीय नगरी भईकन पनि इलामले पहाडी जिल्लाहरुका व्यापारबाट कुनै उपलब्धि हासिल गरेको छैन । ताप्लेजुङ र पा“चथरको सम्पूर्ण व्यापार बिर्तामोडमा केन्द्रित छ । बरु फिक्कलको आर्थिक करोबार बढ्दो छ । धनकुटा बजारलाई हिलेले खाइदियो । धनकुटा त बजारमै बस्नेहरुका लागि मात्र भएको देखिन्छ । धुलाबारी कुनै दिन पूर्वकै व्यपारिक केन्द्र थियो । आज व्यापारमा धुलाबारीको नामोनिशान छैन । बिर्तामोड र इटहरी पूर्वका गुलजार व्यपारिक केन्द्र हुन् जब कि यी दुवै क्षेत्र सामान्य गाउ“ मात्र थिए । यी दुवै स्थानको विकासको मुख्य कारण यहा“बाट चौतर्फी गएको राजमार्ग नै हो । टाउन प्लानिङ गरी बसाइएको शहर राजविराज गाउ“मा परिणत भएको छ । पहिले गाउ“ मात्र भएको लहान मधेशको गुलजार शहरमा परिणत भएको छ । राजमार्गकै कारणले यस्तो भएको हो ।
कोशी राजमार्गले उठीबास लगाउ“छ भन्नेले के बुभ्mनु जरुरी छ भने राजमार्ग बन्दा आज जति घाटा हुन्छ, व्यापार–व्यवसाय विस्थापित भएर शहर गाउ“मा परिणत भएपछि उनीहरुका सन्तानले बेहोर्ने घाटा वर्तमानभन्दा हजारौँ गुणा बढी हुन्छ । हाम्रो वर्तमान सन्ततिका लागि समर्पित छ । हामी बच्चाहरुका लागि काम र मेहनत गरिरहेका छौँ । धरानलाई मृत शहर बनाएर हामी उनीहरुकै भविष्यलाई निमोठ्ने काममा लाग्न खोजिरहेका छौँ । यसमा धरानवासी सचेत हुनुपर्छ । यतिका धेरै सडकहरु बनिने कुरा सुन्दा आनन्द आउ“छ तर उत्तर–दक्षिण चिर्न नदिएपछि पूर्व–पश्चिम पनि चिर्न दिन सम्भव छैन । त्यसपछि पूर्व–पश्चिम राजमार्ग पनि जङ्गल छेउछेउ जाने छ । दुवै बाटोले धरानलाई किनारा लगाएपछि धरान टापुमा परिणत हुने छ । यो भयानक अन्धकार भविष्यतर्पm अघि बढ्ने निश्चित छ ।
कसै–कसैको तर्क के छ भने नारायणगढमा बाइपास छ, के त्यो गुलजार छैन ? गोंगबुमा बस पार्क सर्दा काठमाडौँ सुक्छ भन्थे, त्यस्तो भयो ? यी शहर र धरानको प्रकृति फरक छ । नारायणगढमा बाइपासले शहरलाई झन बढाएको छ । पूर्व–पश्चिम राजमार्ग कहा“ बाइपास छ ? पश्चिमबाट काठमाडौँ जाने सडक कहा“ बाइपास छ । त्यहाँ त तीनवटा मुख्य सडक शहरका तीन मुख्य मार्ग भएर गएका छन् । त्यसैले त्यहा“को विकास बढ्दो छ । काठमाडौँ अन्तिम गन्तव्य हो । त्यहा“बाट यात्रा शुरु हुन्छ र त्यही टुङ्गिन्छ । त्यस्ता शहरलाई राजमार्ग या बसपार्क कहा“ राख्ने भन्ने कुराले कुनै प्रभाव पार्दैन । जस्तैः का“कडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, महेन्द्रनगर, नेपालगञ्ज । अर्कोतर्पm काठमाडौँ र नारायणगढको विस्तारमा लामो माओवादी जनयुद्ध र मधेश  आन्दोलनको प्रभाव पनि हो । जति बेला माओवादी द्वन्द्व उत्कर्षमा पुग्यो, सारा जनता राजधानी ओइरिए । गोर्खा, तनहु“, बन्दीपुरका नागरिकको सुरक्षित थल्लो भयो– नारायणगढ । यसबाट त्यहा“को जनसङ्ख्या ह्वात्त बढ्यो र विकास पनि बढ्यो ।
धरानको प्रकृति फरक छ । यो अन्तिम गन्तव्य होइन, बाटो यहा“ भएर जाने हो । जातीय आन्दोलनको उद्गम र उर्वर भूमिका रुपमा यो अघि बढ्दो छ । त्यसो हु“दा यहा“बाट नागरिकको पलायनको खतरा अभैm छ जुन हिजो पनि थियो । यसले पनि धरानमा बाइपास भयो भने धरान अभैm सुनसान हुने छ । अन्ततः यो मृत शहरमा परिणत हुने छ तर बाइपास भए पनि एउटै कुराले सबै समस्याको निराकरण भने अवश्य गर्ने छ । यदि धरानलाई पूर्वी प्रदेश (किरात प्रदेश वा लिम्बूवान) को राजधानीका रुपमा विकास गर्ने हो भने धरान बजारलाई मुख्य राजमार्गको आवश्यकता पर्ने छैन । राजमार्ग जताबाट बाइपास गरे पनि हुन्छ । धरानवासीले यसतर्पm भने सोच्न र पहल थाल्न अत्यन्त जरुरी छ ।