नयाँ बर्ष २०७३ सालको सुरुवातीमा पुर्व राजा ज्ञानेन्द्रले नेपालीहरुलाई नयाँ बर्षको शुभकामना दिदै भनेका थिए –‘स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।’ राजगद्धि छाडेको १३ बर्ष पछि राजा ज्ञानेन्द्रले घुमाउरो पारामा अब आफु राजनितीमा सक्रिय हुने संकेत दिएका थिए । देशबासिलाई शुभकामना सन्देश दिदै उनले भनेका थिजए –मुलुकलाई ‘अगस्ति नेतृत्व’ को विकल्प चाहिए छ अब देशभक्तहरुलाई एक भएर अघि बढ्नुपर्ने अबश्यक्ता छ । ‘राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ति नेतृत्वको तृष्णावीचको फाटो नोक्सानदायी भैसकेको छ ।’ भन्दै उनले शुभकामना दिएका थिए । त्यस लगत्तै पुर्व राजा ज्ञानेन्द्र सहित ‘राजाबादी’हरु शक्ति सञ्चयमा जुटेको अनुमान गर्न सकिन्छ । गत फागुनमा एक महिना थाईल्याण्ड बसेर आएका ज्ञानेन्द्र बैशाख १६ गते अचानक भारत गएका थिए । बिषेश कारण देखाएर उनी भारत गएको भएपनि उनले राजनैतिक भेटवार्ता गरेको भारतीय सञ्चार माध्ययमहरुमा जनाइएको छ । उनी भारतबाट आउन साथ बुहारी हिमानी चिनको भ्रमणमा गएकी छिन् । उनले चिनमा राजनैतिक भेटमा ब्यस्त रहेको जनाईएको छ । नेपालका बर्तमान राजनैतिक शक्तिहरुलाई घुमाउरो पारामा चेतावनी दिदै उनले ‘दक्षिण एशियाको शक्ति सन्तुलनमा हेक्का राख्नसमेत आग्रह गरिसकेका छन् ।’केहि हप्ता अगाडि एक जना बहालवाला मन्त्रिले देशमा राजतन्त्र स्थापित हुन पर्छ भनेपछि उनलाई सरकारले मन्त्रि पदमाबाट हटाएको थियो । बर्तमान राजनैतिक शक्तिमा रहेका दलहरुको प्रबृतिका कारण जनतामा राजनैतिक दलहरुप्रति बितृष्णा पैदा भएको निष्कर्ष निकाल्दै राजतन्त्र पक्षधरहरुले अहिले गतिबिधीहरु ग्रिरहेको देख्न सकिन्छ । हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा रहेको दल राप्रपा नेपाल अहिले नेपालको चौथो ठुलो दलको रुपमा संसदमा छ ।पछिल्लो समय पुर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणका नाम विभिन्न जिल्लामा आफ ूनिकटहरु संग भेट्दै हिड्ने गरेका छन् । भारतको नयाँ दिल्लीबाट फर्केर आउन साथ पुर्व आएका राजा ज्ञानेन्द्र आफ्नै स्वामित्वमा रहेको झापाको हिमालयन टि स्टेटमा बस्दै आएका छन् । ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभु शमशेर राणालाई पनि बोलाए अर्थपुर्ण योजना बनाई रहेको श्रोतको भनाई छ ।