[caption id="attachment_3417" align="alignleft" width="150"]dalmardan         दलमर्दन कामि[/caption]

१०३ बर्षे राणा शासनको अन्त्य, ३० बर्षे पञ्चायत,बहुदलीय प्रजातन्त्रको अन्त्य हुदै २५० बर्षे जहानीय राजतन्त्रको अन्त्य गरि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान-२०७२ लाइ जनताले पाइ सकेकाछन तर नेपालमा रहेको जातीय, बर्गिय, सामाजिक, भाषिक, क्षेत्रीय, धार्मिक, लैङ्गिक, सांस्कृतिक लगायत समस्या जस्ताको तस्तै छ भने अर्को तर्फ नेपालको एक चौथाई जनघनत्वमा रहेका दलित भनिने (शिल्पी) समुदायका जनता अझै पनि हिन्दुधर्मका आडमा अछुत रहेर जीवन जिउन बाद्यछ्न ।

सरकार भनेको त्यस देशको जनताको अभिभावकहो। आफ्नो देशका आम जनताको अभिभावक होभने उसले सबै जनताको उन्नती,प्रगति स्वास्थ्य,सिक्षा,रोजगार,गास बास कपास देखि लिएर उसको जीवन रक्षा को समेत ग्यरेन्टी अर्थात सर्बाधिकार सम्पन्न बनाउनु उसको कर्तव्य हो,नेपालि राजनीतिमा धेरै परीवर्तन आए राज्य सरकारहरु एक गरि अर्को फेरीए, एउटा युगको अन्त्य भै अर्को युगको सुरुवात भएझै भो । नेपाली राजनीतिमा यसो हुनुमा आम जनताको त्याग तपस्या र बलिदानले हो तर जनताले सेवा र सुभिदा प्राप्तिका बिषयमा भन्ने हो भने"हात्ती आयो हात्ती आयो फुस्स" भनेझै भाको छ । हिजो परिवर्तनका ठुला ठुला भासण गर्ने हरु सत्ता र सक्तिको परिचालन गर्ने निकायमा रहेको भएता पनि उत्पिडित जनताले खासै राहतको महसुस गर्न पाएनन । जनता लाइ राहत र रास्ट्रको विकासका गतिविधिलेनै जनताको सार्वजनिक जीवन लाइ परिवर्तन र राष्ट्रको बिकास गर्दछा । हरेक देशको प्रशासन ,सामाजिक, राजनैतिक, आर्थिक तथा सांस्कृतिक ,भाषिक,धार्मिक पर्यावरणले बिकासको ढोका खुल्दछ ।

नेपालको बर्तामान समस्या सार्वजनिक प्रशासनको पर्यावरण ,राजनैतिक स्थिरता, सबल नेतृत्व, क्षमता बिकाश,चिन्तन र चेतनाको विकास आवश्यकछ । नेपालको सार्वजनिक प्रशासनको ०६३ पछि भने ऐतिहासिक पृष्ठभूमि ताजैछ कि हिन्दुधर्म ग्रन्थ बेद,पुराण, मनुस्मृती, महाभारत, रामायणजस्ता शास्त्रहरुमा उल्लेख गरिएको नीति नियम संग सम्बन्धित रहेकोछ । नेपालको संबिधान-२०७२ ले धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र भएको छ । तर त्यसको अबशेसा ले झन झन् नेपाली जनतालाई पिरली रहेको छ ।नेपालको राज्य संरचना दुईसय चालिस बर्ष देखि नै हिन्दु ब्राह्मणबादका आधारमा शासनसत्ता चल्यो भने त्यसैको सेरोफेरोमा अहिलेसम्मका राजनीति पार्टी, संघ सङ्गठन त्यही हिन्दुब्राहमणबादको संरक्षणका लागि राजनीति गरेजस्तो गरि एउटै जाति, एउटै बर्ग, एउटै लिङ्गको र एउटै धर्मका व्यक्तिहरुको नेतृत्व राज्यसत्तामा पुग्यो र राज्यसत्ता सञ्चालन गरि नै रह्यो । र आज २१ औ शताब्दीमा पनि नेपाली समाज बिभेदबाट मुक्त हुन सकेन जसकारण आज यो समाजमा छुत र अछुत, निच्च र उच्च, तल्लो र माथिल्लो जात जस्तो कुप्रथामा रहनु परेको छ । नेपाली जनताले अहिलेसम्म धेरै पटक लडाइ लडे । हजारौं नेपाली उत्पीडित जनताले साहदत प्राप्त गरे । हजारौं हजार घाइते, हजारौं हजार बेपत्ता भए । हजारौं हजार अन्धा अपङ्गता भए तर के पाए ? १० बर्षे जनयुद्व तपाईले नेतृत्व गरेको पार्टीले के परिवर्तन दियो प्रस्न यावत यावत छन् ? नेपाली उत्पीडित जनताले के को महसुस गरे ? भन्ने प्रस्नानै प्रस्न ।
राजनीतिक परिवर्तन संगै समाजले जनताले नयाँ सामाजिक मूल्य–मान्यताको विकास साथै जनताको आस्था ,आवश्यकता र आकांक्षामा पनि तीब्र परिवर्तन होस भन्ने चाहान्छन यानिकी कुनै मनपरेको नेता वा आफ्नो पार्टी को नेताको मात्र होइन । त्यसैले जनताको आशा अपेक्षा र वास्तविकता लाइ पुरा गर्नु आजाको आवश्यकता हो । यसकालागी राजनैतिक प्रतिबद्धताको, नेतृत्व प्रतिबद्दता, नीति निर्माण र कार्यान्वयन क्षमतामा बफादारिता लगनशीलता उत्तरदायित्व, पारदर्शीता अधिकार प्रत्यायोजन, सर्वसाधारणप्रति वास्ता र सम्बेन शिलाता कर्यनायानामा पारदर्शीत को आवश्यताहो ।
बर्सौ नेपाली राजनीति नेता र कर्मचारी हरुको आफ्नो पुरातन कार्यशैली र परिवेशले मुलुकलाई अग्रदिशा दिन सकेन । यहा सबै सबैको कार्यदक्षता,दक्षता,लगनशीलता,इमान्दारिता जनउत्तर दाइत्यो लगायतका बिषयमा परिवर्तन आजको आवश्यकता हो । यो सबै समस्याको जटिलताको  बिषय राजनीतिक दलहरुको तथास्तुमा भर्ति भएका उनका आसे पासे र दलहरुको आवश्यकता पुरा गर्न बनेका कर्मचारी परिचालन भएका कारण हुन् ।

यहा एउटा प्रश्न उठाउन जरुरी छ । अब नया शक्ति नेपालले अहिले सम्म भएको राजनीति नेता कार्यकर्तामा भ्रस्ट र गैर राजनीतिक चरित्रको अन्त्य गर्दै सरकारी,गैरसरकारी सस्थाहरु,प्रहरी प्रशासन, कर्मचारी,शिक्षक, सबै सबै प्रकारका सस्थान कर्मचारीहरुको कार्यशैली परिवर्तन गरि सुशासन प्रत्याभूत गर्न गराउन सक्ने सम्भव छ ? के जनसेवाको पक्षमा कार्यशैली निर्माण गर्न सकिन्न ? यावत प्रस्न हरुको बिचमा निर्माण हुन लागेको चा नया शक्ति । अवश्य सकिन्छ । तर यसको सुरुवात नया शक्ति नेपालका नेता कार्यकर्ताले पुरानो ढर्रा लाइ गैर राजनीतिक चरित्रको अन्त्य ढाक धम्कि लोभलालचको अन्त्य गर्दै स्वइच्छा र स्वतन्त्रता तरिकाले आ-आफ्नो जिम्मेवारीमा काम गर्ने परिपाटीको सुरुवात गरि हामि र हाम्रो भन्ने सस्कार र सस्कृतिको थालनी सरकारी,गैरसरकारी सस्थाहरु,प्रहरी प्रशासन, कर्मचारी,शिक्षक, सबै सबै प्रकारका सस्थान र संरचनामा जोडदार लागु गर्दै गराउदै नयाँ कार्यशैलीको विकास सुरुवात गरि आमूल परिवर्तन ल्याउन सक्छ । पुरानो चिन्तन बिचार र कार्यसैली,पुरानो सोच, नीति सिद्धान्तले अब समस्याको समाधान हुन शक्तैना अर्थात नेपालि राजनीति र नेपालको राजनैतिक र सरकारी प्रशासन र उत्पिडक हरुको कार्य शैलीले उत्पीडित नेपाली जनताको मुक्ति सम्भब छैन भने समृद्ध नेपालि समाजको परिकल्पना गर्न गरोछ ।

नयाँ शक्ति नेपालको चुनौति अहिले सम्म भएको राजनीति नेता कार्यकर्तामा भ्रस्ट र गैर राजनीतिक चरित्रको अन्त्य गर्दै समानुपातिक समावेशी, न्यायपूर्ण, हिंसारहित, समतामूलक, लोक कल्याणकारी र समृद्ध राज्य निर्माण पहिलो प्राथमिकता नै हो। अरु भन्दा साचिकै फरक नाम ,काम,सोच चिन्तन,सिदान्त, रणनीति, कार्यनीति र कार्यकौसलाताका हिसाबले नया हुनु जरुरि छ  पार्टी संरचना केन्द्र देखि स्थानीयस्तर सम्म लोकतान्त्रिक पद्दतिको आधारमा पूर्ण समानुपातिक, समावेशीको ग्यारेन्टी हुनुपर्छ यहि नीतिका आधारमा भोलिका दिन हरुमा पनि पार्टी र सरकारमा  प्रतिनिधित्योको नीति लिनु पर्क्ष भने एकल व्यक्ति र एकल जातिको एकल नेत्रित्यो र निर्णयबाट सन्किको भरमा पार्टी र राज्य चल्ने परिपाटीको अन्त्य गर्न नयाँ शक्ति अगाडि बढ्न पर्दछ यसले मात्र सबैको भलो हुनेछा समृद्ध नेपाल र नेपाली समाजको निर्माण हुनेछ ।

नयाँ शक्ति बैकल्पिक राजनीतिक पार्टी निर्माण हुन र समृद्ध नेपाल र नेपाली समाजको निर्माण  गर्नका लागि उत्पीडित वर्ग समुदायको नेतृत्व लोकतान्त्रिक प्रतिस्पर्धाको आधारमा पुग्न सक्ने ग्यारेन्टी पार्टीको नीति आम नेपाली जनताले छर्लङ्गै देखिने गरि ग्यारेन्टी गरि सरकारी गैरसरकारी लगायतका निकायका सम्पूर्ण कर्मचारी संयन्त्रमा समेत लोकतान्त्रिक पद्दतिको आधारमा पूर्ण समानुपातिक, समावेशीको ग्यारेन्टी व्यबस्थाको तर्जुमा नयाँ सक्तिले गर्न पर्दछ भने नयाँ शक्ति निर्माण हुन र गर्न सबै अभियान्ता हरुको त्याग, तपस्या र बलिदानको आवश्यक्ता लक्ष्य,उदेस्य र रणनीति लिनु जरुरि छ ।

नया सक्ति नेपालले तथास्तुमा व्यक्ति चुन्ने र चुनिने  कुराको अन्त्य गरि लोकतान्त्रिक पद्धति का आधारमा पूर्ण समानुपातिक, समावेशीको ग्यारेन्टी व्यबस्थाको तर्जुमा गरि क्षमताको प्रतिसपर्धा समेतको अधिकारमा निर्माण गर्नु पर्दछ । यसले राजनीति सरकारी निकाय सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसरि सबै कुराको आधार को ग्यारेन्टी गर्नुनै नयाँ शक्ति पार्टी उत्पीडित जनताको मसिह हो भन्ने आधार बन्ने छ। यसले उत्पीडित दलित शिल्पी, आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायतका उत्पीडित जनता न्यायपूर्ण लाइ सम्बोधन अहिले सम्मको राजनीति आन्दोलनको माग लाइ पुरा गर्न सकिन्छ भन्ने हो ।नयाँ सक्ति पार्टी साचिकै नयाँ बैकल्पिक राजनीति पार्टीका हिसाबले अगाडी बढ्न नामका हिसाबले नया,कामका हिसाबले नया,सोच चिन्तनका हिसाबले नया,सिदान्त र रणनीतिका हिसाबले नया, कार्यनीति र कर्यकौसलाताका हिसाबले नया अनि मात्रै नया भै  गम्भीरतापूर्वक यसलाई  आत्मासाथ गरि पार्टी संरचना केन्द्र देखि स्थानीयस्तर सम्म लोकतान्त्रिक पद्दतिको आधारमा पूर्ण समानुपातिक, समावेशीको ग्यारेन्टी गरि अगाडि बढ्ने होभने नयाँ शक्ति निर्माणमा उत्पीडित वर्ग समुदायको नेतृत्व र  आम नेपाली जनताले आत्मा साथ गरि यो अभियानमा साथ दिनेछन नया सक्ति निर्माणका अभियान्ता चेतना भया ।

लेखक नयाँ शक्ति नेपाल का केन्द्रीय परिसद सदस्य  हुन