राम्रो फिल्म निर्माण गरे निर्माता र कलाकारका लागि गाडी र काठमाडौंमा घर किन्नु अहिले सामान्य बनिसकेको छ । यस्तै, यसै बर्ष प्रदर्शनमा आएको चलचित्र ‘६क्का पन्जा’ ले चलचित्रकी निर्देशक एवं निर्मात्री दीपाश्री निरौलालाई नयाँ गाडी किनिदिएको छ । हुनत, उनले यसअघि गाडी नकिनेकी होइनन् तर उनले चलचित्र ‘६क्का पन्जा’ हिट भए नयाँ कार किन्ने सपना बुनेकी थिइन । जस्तो सपना देखेकी थिइन दीपाको त्यो पुरा पनि भयो । प्रदर्शनको सय दिन मनाउँदा १६ करोड ग्रस कलेक्शन गरेको ‘६क्का पन्जा’ ले निर्देशक एवं निर्मात्री दीपाश्री निरौलालाई पुरानो ‘सेन्ट्रो’ कार छोड्न लागएर ‘आई ट्वान्टी एक्टिभ’ कार किनिदिएको छ ।
उनले खरिद गरेको यो कारको मुल्य ३७ लाख छ । यसबाट के पनि थाहा हुन्छ भने दीपाश्रीले चलचित्र ‘६क्का पन्जा’ बाट १ करोड माथी हात पारेकी छिन् । यसअघि काठमाडौंमा १ करोड मूल्यको घर किनिसकेकी अविवाहित दीपा अब भने विवाह गर्ने तयारीमा रहेको नयाँ कार किनेपछि मिडियाहरुलाई बताइन ।