
बुधबार राजधानीमा आयोजित एक प्रेस भेटघाटमा वाग्लेले भने, 'पछिल्लो पुस्ताका दर्शक, योङ्स्टारले मात्रै फिल्म हेरिदिँदैमा मेरो फिल्मले रिलिजको २१ औं दिनमा नै छक्का पञ्जाको रेकर्ड तोड्छ ।' सिधा, प्रस्ट र आक्रोशित बोलीका कारण अमेरिकाका पछिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाली उपमा (नेपाली डोनाल्ड ट्रम्प) पाएका वाग्लेले आफ्नो निर्माणमा बनेका आधा दर्जनबढि फिल्ममा अहिलेसम्मकै उत्कृष्ट फिल्म 'लुट २' बनेको समेत दाबी गरे ।
कलाकार र निर्माता बनिसकेका वाग्लेले भोलीका दिनमा आफु निर्देशनमा समेत हात हाल्ने भन्दै सबै कामको अनुभव लिईछाड्ने बताए । 'लुट २' नेपाली फिल्म उद्योगमा अहिलेाम्मकै उत्कृष्ट फिल्म बनेको वाग्लेको अर्को दाबी छ ।