लभस्टोरी चलचित्रमा सबैभन्दा बढी रुचाइएका नायक आर्यनले ‘क्लासिक’ रिलिजपछि अब आफ्नो होम प्रोडक्शन बाहेकका चलचित्रभन्दा बाहिर काम नगर्ने घोषणा गरेका थिए । तर, एक बर्षदेखी ठूलो पर्दाबाट टाढा रहँदा यति बेला उनको विषयमा अनेकथरी गसिपहरुले नेपाली सिनेवृत तात्दै आएको छ ।
कतै आर्यनको स्टारडम सकियो त कतै आर्यनलाई निर्माताहरुले नपत्याएको खबरहरु बाहिर आउँदै गर्दा केही दिन अगाडी आर्यनले चलचित्र ‘ईण्डलेस लभ’ साइन गरेको खबर पनि बाहिरिएको थियो । निर्देशक सजन श्रेष्ठसँग आर्यनले स्क्रिप्ट बोकेको तश्वीर बाहिर आएपछि यस्तो हल्ला चलेको थियो बजारमा । तर, यस विषयमा अहिलेसम्म निर्माणपक्षले भने कुनै जानकारी दिएको छैन ।
हालैमा आर्यनले आफ्नो आधिकारीक फेसबुक एकाउण्टमा भने एक तश्वीर पोष्ट गरेका छन् । तश्वीरमा उनले कुनै क्याप्सन लेखेका छैनन् तर उनको गालामा बढेको दाह्रीले भने कतै आर्यन चलचित्रको तयारीमा त छैनन् भन्ने कौतुहलता निम्ताउँछ । यो त उनैलाई थाहा होला कि आर्यन चलचित्रको तयारीमा छन् वा छैनन् तर एकबर्षसम्म नेपाली चलचित्रमा नदेखिँदा दर्शकहरु भने आर्यनको चलचित्र हेर्न लालहित भइसकेका छन् ।