धरान/संघीय गठबन्धनले जेठको १८ र १९ गते गर्ने भनिएको आम हड्ताल स्थगित गरेको छ । चुनावको विषयमा असन्तुष्ट भएर आमहड्ताल गरेका थिए । तर, चुनावी माहौल बनेपछि आमहड्ताल स्थगित गरेका हुन् । आमहड्ताको लागि राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । राजपाका महासचिव मनिष सुमनले आन्दोलनको कार्यक्रम स्थगित भएको बताए । सरकारले राजपालाई पनि चुनावमा सहभागी गराउने उद्देश्यले नै चुनाव असार १४ गतेको लागि सारेको छ ।