श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र ७ गते बिहीबार, २३ अगस्त २०१८ । श्रावण शुक्लपक्षको द्वादशी तिथि ८ः३३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वषाढा २९ः९ बजेसम्म, उप्रान्त उत्तराषाढा अहोरात्र, चन्द्रमाराशि धनु, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः३३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय सामान्यखालको छ । दबाव र तनाव बढेको महसुस हुनेछ । अनावश्यक काममा फसिएला । शरीर आलश्य हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा हर्ष र उमङ्ग छाउला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष रुची बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला । गन्यमान्य तथा प्रसिद्ध व्यक्तिहरुसित भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय उत्तमखालको छ । नजिकका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । राजनैतिक क्षेत्रमा विशेष स्थान रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठन–पाठनमा लेखन कार्यमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचारले मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । अनावश्यक भ्रमणमा परिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो आम्दानी होला । अवरोध कामजातहरु सुचारु हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरुसित रमाइलो भेट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मिक तथा राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) औजारसम्बन्धी काममा रुची बढ्नेछ । नया“ कामको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । राजनैतिक क्ष्ँेत्रमा प्रभुत्व जमाउन सकिएला ।