श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र ९ गते शनिबार, २५ अगस्त २०१८ । श्रावण शुक्लपक्षको चतुर्दशी तिथि १४ः२७ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र श्रवण १०ः२१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)ः समय राम्रो छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्ष्ँेत्रको काममा विशेष लाभ मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । पारिवारिक सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्नमा आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । घरपरिवारमा नया“ सदस्यको आगमन होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः जल तथा कृषिस“ग सम्बन्धित काममा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोगमा नया“ कार्य व्यवसायको शुभारम्भ होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसियाली छाउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नया“ स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः समय उत्तमखालको छ । वैदेशिक यात्राको काममा सफलता मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः समय सामान्यखालको छ । आफूलाई कमजोर भएको अनुभूति ेला । अनावश्यक काममा धन खर्च हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइ तथा आफन्तको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । परिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलोस“ग दिन बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः धार्मिक तथा राजनैतिक निकायमा मन जानेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नया“ रोजगारीको अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।