श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १२ गते मङ्गलबार, २८ अगस्त २०१८ । भाद्र कृष्णपक्षको द्वितीया तिथि १८ः५७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वभाद्रपदा १६ः४६ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) शरीरमा आलस्यता बढ्नेछ । अप्रिय समाचार सुन्नुपर्ला । मनमा अशान्ति बढ्नेछ । आर्थिक क्षेत्र फितलो रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक परोपकारजन्य कार्यमा धेरै समय बित्नेछ । यश, प्रतिष्ठामा वृद्धि हुनेछ । धेरैको सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) महत्वपूर्ण सामान हराउन सक्छ । मुद्दा– मामिलामा पराजय भोग्नुपर्ला । शत्रु पक्षले प्रतिष्ठामा आँच पु¥याउन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिक विकास हुनेछ । तपाईको विचारको धेरैले प्रशंसा गर्नेछन् । व्यावसायिक क्षेत्रमा ठूलो प्रगति हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ स्थान प्राप्तिको योग छ । भूमि, वाहनको व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । आयआर्जनको नयाँ स्रोत थपिने योग रहेको छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्र राम्रो रहेको छ । अध्ययन अध्यापनका लागि लामो यात्रा फलदायी हुनेछ । आय आर्जनमा वृद्धि हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक वादविवादमा मुछिनु हुनेछ । खराब संगतले गर्दा आपूmले पनि दुःख पाउनु पर्नेछ । भैंझगडा हुन सक्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन सामान्य रहनेछ । पुराना कार्यहरु सामान्य रुपले चल्नेछन् । नयाँ योजना संचालन गर्ने बेला छैन । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यात्रा झंझटिलो रहनेछ । अप्रिय समाचारले मन खिन्न तुल्याउनेछ । व्यापार व्यवसायमा लाभ हुने छैन, सामान्य रहनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भाग्योदयको योग रहेको छ । प्रतिष्ठित व्यक्तिबाट महत्वपूर्ण कार्यमा सहयोग मिल्नेछ । महत्वपूर्ण पद प्राप्ति हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यावसायिक भ्रमणको योग छ । मान–सम्मान मिल्नेछ । समाजमा प्रशंसा होला । आयआर्जनको नयाँ स्रोत मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) स्वास्थ्यमा सुधार आउनेछ । आफन्तका सहयोगले नयाँ योजनामा सफलता मिल्नेछ । आयआर्जनमा वृद्धि हुनेछ ।