श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १३ गते बुधबार, २९ अगस्त २०१८ । भाद्र कृष्णपक्षको तृतीया तिथि १९ः३५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरभाद्रपदा १८ः६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२६ मा हुनेछ ।
ज्यो.पंः हरि प्रसाद पौडेल
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । विद्या र बुद्धिको विकास हुनेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यव्यस्तताले परिवारमा समय दिन नपाइएला । आरम्भ गरेको काममा विघ्न बाधा आइपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । अनावश्यक कामको झन्झट आइपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा पशुचौपायादिको व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । नया“ तथा रमणीय स्थानको भ्रमण हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ । व्यापार–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय उत्तमखालको छ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सफल भइएला । छोटो यात्राको अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुनचा“दी तथा औजारसम्बन्धी काममा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । अनावश्यक काममा धनराशि खर्च होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् । परिवारमा सहयोग प्राप्त भइरहला । रमाइलो वातावरणमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अध्ययन–अध्यापनमा रुची बढ्नेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।