श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १७ गते आइतबार, २ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको सप्तमी तिथि १७ः११ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र कृतिका १८ः३२ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः२२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण हुनेछ । बिछोडिएका साथीभाइसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय सामान्यखालको छ । सरकारी निकायको भय रहला । अनावश्यक कामको झन्झटमा फसिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खेलकुद तथा मनोरञ्जनतात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । दिदीबहिनीको सहयोगले नया“ कामको शुभारम्भ होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुची बढ्नेछ । वैदेशिक यात्राको अवसर प्राप्त होला । मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दूरीको लाभदायी यात्रामा सरिक भइएला । प्रेमसम्बन्ध विस्तार हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय उत्तमखालको देखिन्छ । धन आर्जनका नया“ स्रोतहरु फेला पर्नेछन् । अतिथि सेवासत्कार गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक तथा सामाजिक कार्यमा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । नया“ तथा रमणीय स्थानको भ्रमण होला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय सामान्यखालको छ । आरम्भ गरेका काममा बाधा आइपर्न सक्ला । अर्काकै भरमा कुनै पनि काम नछोड्नु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।