श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज २ गते मङ्गलबार, १८ सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको नवमी तिथि २१ः०३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मूल १०ः३ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । आफन्त तथा मित्रवर्गको सहयोगले महत्वपूर्ण कामको शुभारम्भ होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । बिछोडिएका साथीसित रमाइलो भेटघाट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । कार्य–व्यसायमा केही समस्या आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । शुभकार्यको चर्चा चल्नेछ । रमणीय स्थान भ्रमण गर्ने अवसर प्राप्त होला । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्ला ।