बिर्तामोड/ नेवाः पासा मुना पुचः बिर्तामोडले फुड फेस्टिवल गर्ने भएको छ ।

रजत जयन्ती तथा यमरी पून्ही (धान्य पूर्णिमा) को अवसरमा पुष ७ गते फुड फेस्टिवल गर्ने बिहीबारको पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पुचः बिर्तामोडले विभिन्न १४ वटा कार्यक्रममध्ये फुड फेष्टिवल पनि एक रहेको फेस्टिवलका संयोजक हिमाल श्रेष्ठले बताए ।

फेस्टिवलमा नेवारी विशेष परिकार यःमरी, वफ मःम, हाकु छोयला, बारा, अण्डा बारा, लाःबारा, चटामरी र नेवारी खाजासेटहरू रहने उनले बताए । रजत जयन्तिमा न्ह”दँया भिन्त’ना, एक करोड २० लाखको लागतमा निर्माणधिन २ तले नेवाः छँ को भवन मङ्सिर १३ गते शिल्यान्यास गरिएको संस्थाका बिर्तामोडका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।

सामूहिक वनभोज, सामूहिक वेलविवाह तथा व्रतवन्ध, स्वास्थ्य शिविर, रक्तदान, वृद्धाश्रममा भोजन, नगर सरसफाई, पाँचौ सामुहिक क्वाँटी पून्ही, अनाथ आश्रममा भौतिक सहयोग र इन्द्रजात्राको अवसरमा रक्तदान कार्यक्रम रहेको मुना पुचः बिर्तामोडकी अध्यक्ष ईश्वरा श्रेष्ठले बताइन् ।

पाँचसय घरपरिवार आवद्ध रहेको बिर्तामोड मुना पुचःमा १० घरपरिवारमा नेवारी भाषा बोल्न सक्ने सल्लाहकार प्रमेश हलवाईले बताए ।