धरान/ धरान–१४ स्थित नमूना टोल विकास तथा सुधार समितिले विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरको प्रचारसँगै विजयपुर बनाउन कम्मर कसेर लागेका छन् ।

आन्तरिक तथा वाह्य पर्यटकलाई आर्कषण गर्नका लागि समितिले सफाइ अभियान थालेको छ । विजयपुरको इतिहासलाई जीवन्तता राख्न सूचना केन्द्र सञ्चालन गर्न लागेको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । पर्यटकलाई आकर्षित गर्न सरसफाइमा जुटेको उनले बताए ।

विजयपुरलाई नमूना क्षेत्र बनाउनकै लागि समिति गठन गरिएको अध्यक्ष शम्भुप्रसाद खनालले बताए । धरान १४ विजयपुरमा पिण्डेश्वर बाबाधाम समिति, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभराको मन्दिरलगायत छन् ।

अहिले विजयपुर वरपर मन्दिर दर्शनमात्र हैन वनभोज खानेको समेत भीड लाग्न थालेको छ ।