धरान / मंसिर पूर्णिमा अर्थात किरात समुदायले बनाउने उधौली र नेवारी समुदायले मनाउने योमरीको अवसरमा प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गरेका छन् ।
भौगोलिक तथा सांस्कृतिक विविधताले भरी पूर्ण प्रदेश १ मा विभिन्न जातजाति तथा समुदायका चाडपर्वहरुले हामीमा भातृत्व, सद्भाव र एक आपसमा समानता कायम गरेको भन्दै सभामुख भण्डारीले प्रदेशवासीमा उल्लासमय पूण चाढ सम्पन्न होस भन्दै शुभकामना व्यक्त गरेका छन् ।
उनले सांस्कृतिक पर्वहरुले प्रदेशको सामाजिक, सांस्कृतिक पक्षलाई उजागार गरेको बताउदै यसले प्रदेशको सम्वृद्धिको यात्रामा सहयोगी हुने विश्वास समेत व्यक्त गरेका छन् ।
यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पनि शुक्रबार नै विज्ञप्ति जारी गरि शुभकामना व्यक्त गरेका छन् ।
उनले उच्च हिमाली भेगबाट न्यानो ठाउँमा बसाई सराई गर्ने पर्वको रुपमा किरात समुदायले र अन्नपूर्ण भगवानको पुजा अर्जना गरि योमरी पूर्णिमा मनाईने यो विशेष मंसिरे पूर्णिमाको अवसरमा सुख सम्वृद्धिको शुभकामना व्यक्त गरिएको छ ।